साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असारे भाका

स्बिर खिच्न बीउको मुठो एकैठाउँ गाडेर । चोपल्नू पर्ने बेशर्मी जति नाङ्गेझार पारेर ।

Nepal Telecom ad

गलैंचामाथि बिउका मुठा रमिता बरिलै
कसरी फल्ला धानका बाला नेता पो झरिलै
असार पन्द्र बाजेको पाला भिजेर फाँटमा
छेपेर हिलो बेठीको मेलो असारे भाकामा ।।

न हिलो लाग्छ न भिज्ने डर क्या मज्जा रोपार
फाँटका गरा छन् बाँझै साथी गमला सपार
गुगल खोली नखोजून् भोलि यी बाल बच्चाले
कृषि प्रधान देशको नाम जोगाऊँ सच्चाले ।।

छुपुमा छुपु शब्दका बेर्ना भावना पोखेर
दही चिउरा के खानु साथी शब्दमा जोखेर
सुबिधा छैन मल र पानी बोझिलो असार
रोपार खोज बाउसे खोज बटारौं कसार ।।

आकाश पोख्छ रिसाईकन जलधारा बेसरी
तटबन्ध छैनन् झुपडी आफ्नो जोगाऊँ कसरी
सुकिला नारा थन्काई देऊ विश्वास बोकेर
सजिलो बनोस् त्यो खानेपानी सबै काम रोकेर ।।

रोजगारी छैन महङ्गी बढ्यो चिलगाडी चढेर
बेरोजगार छन् देशमा युवा के गर्नू पढेर
धान झुल्ने खेत कंक्रीट घारी कसरी मौलायो
आयात गर्छन् चामल पिठो पढेर बौलायो ।।

बीउका जरा काटेर माला बेशर्मी लाउँछन्
नाटक गर्दै असारे भाका यिनैले गाउँछन् ।
तस्बिर खिच्न बीउको मुठो एकैठाउँ गाडेर
चोपल्नू पर्ने बेशर्मी जति नाङ्गेझार पारेर ।।

सानोठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x