साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सङ्कल्प

मन्त्रीज्यूको छड्के आँखा त्यो लामो लिस्टमा सरर दौडियो । बिस्तारै त्यो उज्यालो मुखमण्डल भय मिश्रित मलीन हुँदै गयो । बादल मडारिएझैँ अनुहार निलो -कालो हुँदै गएको प्रस्ट देखिन्थ्यो ।

Nepal Telecom ad

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस भव्य रूपमा मनाउँदै थियो सरकार ।

एउटा गोष्ठीमा भ्रष्टाचारविरुद्धको अभियानमाथि प्रकाश पार्दै मन्त्रीज्यूले भन्दै हुनुहुन्थ्यो- “भ्रष्टाचार समाजको एक कलङ्क हो । एउटा महारोग हो । आर्थिक अपराध हो । सामाजिक र राजनीतिक प्रणालीलाई नै ध्वस्त पार्छ । विकासको गतिलाई अवरोध गर्छ । शान्ति र सुव्यवस्थामाथि नै आक्रमण गर्छ ।”

– म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ । सुशासन र भ्रष्टाचारमुक्त समाज बनाउने दृढ सङ्कल्पका साथ आफ्नो मन्तव्य समापन गरेर अगाडिको उच्च आसनमा आएर बस्नुभयो ।

त्यहाँ अगाडि टेबुलमा आजका दैनिक अखबारहरू लहरै राखिएका थिए । अखबारहरूमा ठूल्ठूला अक्षरमा आजसम्म भएको भ्रष्टाचारहरूको बारेमा खोज – अनुसन्धानमूलक लामो लेख छापिएको रहेछ ।

भ्रष्टाचार गरेर कुनकुन मन्त्री नेताहरूले के कति कसरी अकुत सम्पत्तिहरू कमाए भन्ने बारेमा एउटा लामो नाम लिस्ट र विवरणहरू पनि लेखिएको रहेछ ।

मन्त्रीज्यूको छड्के आँखा त्यो लामो लिस्टमा सरर दौडियो । बिस्तारै त्यो उज्यालो मुखमण्डल भय मिश्रित मलीन हुँदै गयो । बादल मडारिएझैँ अनुहार निलो -कालो हुँदै गएको प्रस्ट देखिन्थ्यो ।

मन्त्रीज्यू आसनबाट जुरुक्क उठेर हतार भएको सङ्केत गर्दै अर्को भ्रष्टाचारविरुद्धको गोष्ठीमा सहभागी हुन दौडिनुभयो ।

०००
हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नियति

नियति

किशन पाैडेल
झोला

झोला

किशन पाैडेल
कमरेडहरू

कमरेडहरू

किशन पाैडेल
ख्याल गर्नुस्

ख्याल गर्नुस्

किशन पाैडेल
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
छ हाइकु

छ हाइकु

किशन पाैडेल
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x