साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य चौतारीले सम्झियो राष्ट्रकविलाई

साहित्य चौतारीको सभाहलमा चौतारीले एक सभ्य र भव्य कार्यक्रमका बिच राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई सम्झिएको छ ।

Nepal Telecom ad

झापा, विर्तामोड स्थित होटल हिकोला हेरिटेजमा रहेको साहित्य चौतारीको सभाहलमा चौतारीले मिति २०७९/०५/०४ गते एक सभ्य र भव्य कार्यक्रमका बिच राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई सम्झिएको छ । राष्ट्रकविको द्वितीय स्मृति दिवसको अवसरमा चौतारीले राष्ट्रकविलाई सम्झिएको हो ।

उक्त कार्यक्रममा चौतारीका संस्थापक संरक्षकद्वय देवीभक्त श्रेष्ठ र उर्मिला विमली श्रेष्ठको जेठी छोरी मनिता श्रेष्ठको जन्मदिन र होटल हिकोला हेरिटेज प्रा.लि विर्तामोडको ८ औँ वार्षिक उत्सवलाई समेत जोडेर कार्यक्रम गरिएको हो । कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि, विशेष अतिथिहरू एवम् उपस्थित महानुभावहरूले मनिता श्रेष्ठलाई अविरटीका, माला तथा खादा लगाएर जन्मदिनको शुभकामना अर्पण गरेका थिए ।

कार्यक्रममा राष्ट्रकवि माधव प्रसाद घिमिरेको कृतित्व र व्यक्तित्वका वारेमा चौतारीका सल्लाहकार कृष्णप्रसाद पौडेलले प्रकाश पारेका थिए । गायकहरू युवराज पोर्तेल र खगिन्द्रा खुसीले माधव प्रसाद घिमिरेद्वारा लिखित मालती मङ्गले गीतिनाटकबाट केही पङ्तिहरू गीतको रुपमा प्रस्तुत गरेका थिए । गायक चेतन चुडालल र सरगम तिवारीले राष्ट्रकवि माधव प्रसाद घिमिरेद्वारा रचित “तिम्रो माया पैले हो कि मेरो माया पैले” बोलको गीत गाएर दर्शक स्रोताको मन जित्न सफल भएका थिए । यस अघि गायक चेतन चुडाललाई चौतारीको तर्फबाट माला,खादा, अवरटीका तथा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो। कार्यक्रममा बालबालिकाहरू बिच कविता, गायन र नृत्यकलामा प्रतियोगिता समेत गराइएको थियो ।

कार्यक्रममा कवि लीला अनमोलको विशेष प्रस्तुति कविता वाचन पनि रहेको थियो । उनले पहिलो प्रस्तुतिका रुपमा छन्दमा लेखिएको ‘आमा’ शीर्षकको कविता वाचन गरेकी थिइन् । उनले दोस्रो प्रस्तुतिको रुपमा ‘भावनामा म’ तेश्रो प्रस्तुतिको रुपमा ‘देश भनेको को हो ?’ वाचन गरेकी थिईन् । यसैगरी चौथो प्रस्तुतिको रुपमा गजल वाचन गरेकी थिईन् भने पाँचौँ तथा अन्तिम प्रस्तुतिको रुपमा ‘म अमृता विश्वकर्मा’ शीर्षकको कविता वाचन गरेकी थिइन् । बालबालिकाहरू (१५ वर्ष उमेर समुहबाट) बिच हुने विभिन्न विधाको प्रतियोगिताको नियमका बारेमा चौतारीका संगीत तर्फका उपाध्यक्ष दीपक रायामाझीले प्रकाश पारेका थिए ।

गायनतर्फ पहिलो प्रस्तोताको रुपमा एन्जेल गजमेर देखा परे मञ्चमा । उनले ‘नेपाली हामी रहुँला कहाँ नेपाल नरहे’ बोलको गीत गाएका थिए । अर्का प्रतियोगी सयुुजा सिटौलाले ‘दुईटा फूल देउरालीमा…’ को गीत गाएका थिए । तेस्रो प्रतियोगी प्रिया अधिकारीले ‘लोलाएका ठूला आँखा… बोलको गीत गाएकी थिईन् । रिया राजवंशीले ‘टुग्नाले डम्फु बजाउँदै….’ बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् । आराध्य लुईंटेलले ‘आमा’ शीर्षकको कविता वाचन गरेका थिए । यसैगरी प्रितीमा ढुङ्गेलले ‘उदास मेरो जीवन कथा कसैलाई भनिन’ बोलको गीत गाएकी थिईन् । रक्षा तिम्सिनाले ‘नेपाली हामी, रहुँला कहाँ नेपालै नरहे’ बोलको गीत गाएकी थिईन् । अनुकुल निरौलाले ‘झिरमा उनिनु एउटा कुरा’ बोलको गीत गाएका थिए । इशिता मुखियाले ‘लहनाले जुरायो कि बहनाले भेट्टायो’ बोलको गीतमा आकर्षक नृत्य गरेकी थिइन् । यसैगरी निष्ठा पराजुली र मनिता भण्डारीले ‘च्याङ्वा हौ नाचौँ कम्मर भाचौँ’ बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए । गृष्मादेश प्रसाईँले ‘आमा’ शीर्षकको कविता वाचन गरेका थिए । रिदम चौहानले ‘नौ महिनासम्म कोखमा राखी’ बोलको गीत गाएकी थिइन् । अर्पण सिटौलाले ‘आँखाको निद खोसी लाने’ गीत गाएकी थिइन् । बृन्दा रिमालले ‘नमाग मसंग’ बोलको गीत गाएकी थिइन् । मेघा निरौलाले ‘फेरि कहिले आउँछ र यो बालापनको उमेर’ बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् । रोसिका शिवाकोटीले ‘डाँफे झैँ नाच्ने हिमाल झैँ हास्ने नेपालकी छोरी हुँ म’ बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिईन् । रिया राजवंशीले ‘आमा’ शीर्षकको कविता वाचन गरेकी थिईन् । कविशा माझीले ‘नेपालीको छातीमा….’ बोलको गीत गाएकी थिईन् ।

त्यसै गरी निसान दाहालले ‘म आउनेछु इन्द्रेणी रंग सँगै’, प्रसुन गुरागाईँले ‘पिठ्युँमा सेउलाको भारी..’ बोलको गीत गाएका थिए । श्रेया पौडेलले आकर्षक नृत्य प्रस्तुत गरेकी थिईन् । प्रतिमा ढकालले कविता वाचन गरेकी थिईन् । अप्रतियोगी सहभागीको रुपमा नौमति वाजा समूहका कलाकारहरूले “गाउँछ गीत नेपाली ज्योतिको पंखा उचाली” बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए । अप्रतियोगी गीत गाउनेहरूमा अप्सरा कार्की (तिमीले त हैन तिम्रा भाकाहरूले…’ सरगम तिवारी र निरज पोखरेलले ‘मन मिल्दा आधा हैन पूरा रैछ माया’), यसैगरी प्रकृति दाहाल, मुना पौडेलले पनि आ- आफ्ना प्रस्तुति प्रस्तुत गरेका थिए । राजकुमार गुरुङले ‘उकाली ओरालीहरूमा.’ बोलको गीतको धुन सेक्सोफोन बजाएर दर्शक स्रोतालाई मनोरञ्जन प्रदान गराएका थिए ।

प्रतियोगितात्मक कविता, नृत्य र गायनको निणर्य सम्वन्धित विधाका निणर्ायकहरूले सुनाएका थिए । कवितातर्फ प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुनेहरूमा क्रमशः गृष्मादेश प्रसाईं, अनुकुल निरौला, प्रजिता ढकाल र रिया राजवंशी थिए । निणर्ायक लीला अनमोलले निणर्य सुनाएकी थिइन् । गायनतर्फ १५ जना सहभागीमध्ये आठौँ स्थानसम्मको नतिजा सार्वजनिक गरिएको थियो । गायनतर्फ क्रमशः एन्जेल गहतराज, अर्पण निरौला, आयुष्मा घिमिरे, दीया अधिकारी, बृन्दा दाहाल, कविशा माझी, अर्पण सिटौला र उत्साह अधिकारी प्रथम, द्वितीय, तृतीय, चतुर्थ, पाँचौँ, छैठौँ, सातौँ र आठौँ भएका थिए । गायन तर्फका निणर्ाय बलराम राजवंशी थिए ।

यसैगरी नृत्य तर्फ इतिशा मुखिया, श्रेया पौडेल, पृसा राई, रिया राजवंशी र कोभिडमणि ओली क्रमशः प्रथम, द्वितीय, तृतीय, चतुर्थ र पाँचौँ भएका थिए । नृत्य तर्फको निणर्ायकमा रिना तामाङ रहेकी थिइन् । तीनवटै विधाबाट छनौट भएकाहरूको आगामी भा्द्र २९ गते बाल दिवसका दिन प्रतियोगिता गराई प्रथम, द्वितीय र तृतीय घोषणा गरिनेछ र सोही अवसरमा पुरस्कार प्रदान गरिनेछ । संगीतकार हरिप्रसाद पौडेलको प्रमुख आतिथ्य, कवि विरही अधिकारीको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा झापा, मोरङ र इलामका कवि, साहित्यकार, गायक, संगीतकार तथा नृत्य नृत्याङ्गनाहरूको व्यापक उपस्थिति रहेको थियो ।

कार्यक्रममा चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ र उर्मिला विमली श्रेष्ठको विशेष उपस्थिति रहेको थियो । संस्थापकहरूकी सुपुत्री मनिता श्रेष्ठ र सुपुत्र गौरव श्रेष्ठको पनि उपस्थिति रहेको थियो । सामुहिक राष्ट्रगान, दिवंगत हुनुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरे लगायत अन्य दिवंगत स्रष्टाहरूप्रति एकमिनेट मौन धारण गरिएको थियो । चौतारीका अध्यक्ष हस्त परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत गीत संरक्षक देवीभक्त श्रेष्ठ लगायत चौतारीका कलाकारहरूले गाएका थिए । स्वागत गीत गाउनुपूर्व संरक्षक श्रेष्ठले मन्तव्य समेत प्रस्तुत गरेका थिए ।

स्वागत मन्तव्य साहित्य विधाका उपाध्यक्ष कृष्ण सुवेदी निराकारले र सञ्चालन सचिव खगिन्द्रा खुसीले गरेकी थिइन् ।

०००
– देवीचरण भण्डारी ‘सरोज’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x