साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गजल मञ्च मकवानपुरको १९४औं गजल यात्रा

शनिबार जनज्योति मा.वि. हेटौंडा १४ मा भएको सो कार्यक्रममा कक्षा ११/१२ का ६ जना विद्यार्थीहरूले ११ तथा विभिन्न साहित्यकारहरूले विविध गजल वाचन गर्नु भएको थियो ।

Nepal Telecom ad

२०७९ भाद्र ४, हेटौंडा । गजल मञ्च मकवानपुरले १९४औं नियमित गजल यात्रा कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार जनज्योति मा.वि. हेटौंडा १४ मा भएको सो कार्यक्रममा कक्षा ११/१२ का ६ जना विद्यार्थीहरूले ११ तथा विभिन्न साहित्यकारहरूले विविध गजल वाचन गर्नु भएको थियो ।

नवपुस्तालाई साहित्य सिर्जनामा लाग्न उत्प्रेरित गर्ने तथा लेखनलाई अझ परिस्कृत बनाउने उद्देश्यले सो कार्यक्रम सम्पन्न गरिएको हो ।

गजल मञ्चका अध्यक्ष केशव समर्पणको सभाध्यक्षता तथा निमेष निखिलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा उहाँले यस्ता कार्यक्रमहरू नयाँ पुस्ताको माझमा अर्थात् विद्यालय, कलेजमा सञ्चालन गर्दा उपयुक्त हुने बताउनु भयो ।

कार्यक्रममा देवराज तिवारीले नवसर्जकका सिर्जनामाथि संक्षिप्त समीक्षा गर्नु भएको थियो भने विशिष्ट अतिथी तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र ढुंगानाले आउँदा दिनमा यस्ता कार्यक्रम संयोजन गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने, प्रलेस केन्द्रिय सदस्य मसान उपासक, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबी बर्तौला लगायत पुरुषोत्तम आचार्य, यश लामा, लक्ष्मण पौडेल, सुवास सजल, चिरञ्जिवी लामिछाने आदि सर्जकहरूको उपस्थिति तथा गजल वाचनले कार्यक्रम सुन्दर बनेको थियो ।

गजल मञ्चका उपाध्यक्ष सञ्जित श्रेष्ठले स्वागत गर्नु भई सचिव हरि पौडेलले सञ्चालन गर्नु भएको सो कार्यक्रममा संप्रस पौडेलको हास्यव्यङ्ग्य प्यारोडी भजन वाचन गरिएको थियो ।

कार्यक्रमका भिडियोहरू सिस्नुपानी नेपाल मकवानपुरको युट्युब च्यानलमा हेर्न र सुन्न सकिनेछ ।

०००

– संप्रस पौडेल, हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x