साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छजना स्रष्टालाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान

साहित्य सन्ध्याकोे ४३१ औँ विशेष शृङ्खला भदौ ४ गते शनिबार राजधानीमा आयोजना गरी विभिन्न छजना स्रष्टालाई पुरस्कार तथा सम्मान अर्पण गरियो ।

Nepal Telecom ad

विगत अड्तिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, साहित्य सन्ध्याकोे ४३१ औँ विशेष शृङ्खला भदौ ४ गते शनिबार राजधानीमा आयोजना गरी विभिन्न छजना स्रष्टालाई पुरस्कार तथा सम्मान अर्पण गरियो ।

सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेती उपस्थित हुनुहुन्थ्यो, विशिष्ट अतिथि वरिष्ठ पत्रकार भैरव रिसाल, विशेष अतिथिमा साहित्यकार एवम् पूर्व मन्त्री शान्ता मानवी, नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव प्रा.जगत्प्रसाद उपाध्याय, प्राज्ञहरू प्रा.डा.हेमनाथ पौडेल, लक्ष्मी माली, प्रा.डा.जीवेन्द्र देव गिरी उपस्थिति हुनुहुन्थ्यो । अतिथिहरूमा प्रा.डा.कृष्णप्रसाद घिमिरे, डा.नारायणप्रसाद रेग्मी, प्राज्ञ नमुना शर्मा, प्राज्ञ सुलोचना मानन्धर, राजसां महासङ्घका उपाध्यक्ष आर.सी.न्यौपाने, अर्थविद् डा.रेवतबहादुर कार्की, पुरस्कारका लागि अक्षयकोष स्थापना गर्ने पोषरमण चापागाईँ, डा.राजेन्द्रप्रसाद अधिकारी, जनमत साहित्यिक मासिकका प्रधान सम्पादक मोहन दुवाल, डा.प्रदीप के.सी, डा.जया सत्याल, वरिष्ठ स्रष्टाहरू कणाद महर्षि, अनिल पौडेल, रामबहादुर पहाडी र बेनीबहादुर थापा, यशोदा अधिकारी, प्रकाश सिलवाल र गायत्री लम्साल, विजया स्मृति सत्याल, डा.नारायण चौलागाईँ, देविका तिमिल्सिना, सम्मानित स्रष्टाहरू रेखा सुवेदी, डम्बर पहाडी, विन्दु अधिकारी ढकाल, निशा रोका मगर, नारायणप्रसाद भण्डारी र डा.फणीन्द्रराज निरौला उपस्थित हुनुहुन्थ्यो ।

साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहको समुद्घाटन प्रमुख अतिथिले बिजुली बत्ती बालेर गर्नुभएको थियो । समारोहमा नर्मदेश्वरी सत्यालद्वारा लिखित निबन्धसङ्ग्रह ‘रमेकै छु म’को प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथिले संयुक्तरूपमा लोकार्पण गर्नुभएको थियो र उक्त कृतिमाथि अत्यन्त सङ्क्षिप्तमा रमेश पोखरेलले प्रकाश पार्नुभएको थियो ।

स्रष्टा चयन समितिका संयोजक प्रा.डा.कृष्णप्रसाद घिमिरेले स्रष्टा चयनका आधारका बारेमा प्रकाश पार्नुहुँदै आफ्ना सिर्जनामा कलाचेतना, जीवनचेतना र सौन्दर्यचेतनामा ध्यान दिएर देशैभरिमा साहित्यसिर्जना गरिरहेका स्रष्टाका बारेमा अध्ययन मूल्याङ्कन गरी, रोस्टर तयार पारी चारजनाको नाम सिफारिस गरिएको र दुईजना चाहिँ साहित्य सन्ध्याले वर्षभरिमा आयोजना गरेका बारओटा गोष्ठीमध्ये दशओटामा प्रत्यक्ष सहभागी भई आफ्ना सिर्जना वाचन गर्ने स्रष्टालाई दामासाहीले ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’का लागि सिफारिस गरिएको जानकारी गराउनुभयो ।

सम्मानित स्रष्टा रेखा सुवेदीको व्यक्त्त्वि तथा कृतित्वका बारेमा प्राज्ञ सुलोचना मानन्धरले, साहित्य सन्ध्या-कृबा सम्मान तथा पुरस्कार’द्वारा सम्मानित हुनुहुने नारायणप्रसाद भण्डारीको व्यक्तित्वको बारेमा गोपालकुमार मैनालीले र ‘साहित्य सन्ध्या-हरिप्रिया-हरिप्रसाद चापागाईं पुरस्कार तथा सम्मान’द्वारा सम्मानित हुनुहुने डा.फणीन्द्रराज निरौलाको व्यक्तित्व तथा कृतित्वका बारेमा रमेश पोखरेलले प्रकाश पार्नुभएको थियो ।

स्रष्टा रेखा सुवेदीलाई नेपाली प्रगतिवादी साहित्यमा निरन्तर योगदान गर्नुभएको; नेपाली समाजको समग्र रूपान्तरणका लागि सिर्जना, वैचारिक सङ्गठन, समाजसेवा र जनपरिचालनका माध्यमबाट विशिष्ट योगदान गर्नुभएको हुँदा रु.पन्द्र हजार राशिको २०७८ सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरियो । त्यसैगरी नेपाली साहित्यका कविता, नाटक लेखन, अभिनय, गीत लेखन, गायन एवम् सङ्गीतका क्षेत्रमा समर्पित भई नेपाली समाजको रूपान्तरणका पक्षमा उल्लेख्य योगदान गर्नुभएका; डम्बर पहाडीलाई २०७८ सालको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ अर्पण गरियो ।

नेपाली साहित्यका कविता, कथा, निबन्धलेखनका क्षेत्रमा निरन्तर समर्पित भई नेपाली समाजको रूपान्तरणका पक्षमा समेत क्रियाशील रहँदै आउनुभएकी विन्दु अधिकारी ढकाललाइ २०७८ सालको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ अर्पण गरियो । नारायणप्रसाद भण्डारीलाई सामाजिक रूपान्तरणको अभियानमा छ दशकभन्दा लामो सिङ्गो जीवन समर्पण गरी नेतृत्वदायी भूमिकासमेत निर्वाह गरी समाजसेवाका क्षेत्रमा इमानदार, निष्ठावान् व्यक्तित्वका रूपमा आपूmलाई स्थापित गर्नसक्नुभएकोले २०७८ सालको रु.१०,०००।- (दश हजार) राशिको ‘साहित्य सन्ध्या-कृबा (कृष्णचन्द्र-बालकुमारी) पुरस्कार तथा सम्मान’ अर्पण गरियो ।

त्यर्सगरी बाबुआमा भएर पनि परित्यक्त अवस्थामा रहनुभएकी निशा रोका मगरलाइ आशावादी एवम् सङ्घर्षपूणर् जीवनयात्रालाई थप प्रोत्साहित गर्दै सत्कर्मका माध्यमबाट असल नागरिक बन्नसक्नुहोस् भन्ने कामनाका साथ रु.१०,०००।-(दश हजार) राशिको २०७८ सालको ‘साहित्य सन्ध्या-मन पुरस्कार तथा सम्मान’ अर्पण गरियो । डा.फणीन्द्रराज निरौलालाई साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरण अभियानमा विशिष्ट योगदान गर्नुभएकोले रु.दश हजार राशिको २०७८ सालको ‘साहित्य सन्ध्या-हरिप्रिया-हरिप्रसाद चापागाईं नियात्रा पुरस्कार तथा सम्मान’ अर्पण गरियो ।

सम्मानित व्यक्तित्व मध्ये निशा रोका मगर, रेखा सुवेदी नारायणप्रसाद भण्डारी डा.फणीन्द्रराज निरौलाले सम्मानित हुने अवसर पाउनु थप खुसीको विषय भएको बताउनु भयो । विशिष्ट अतिथि वरिष्ठ पत्रकार भैरव रिसालले आजको यो विशिष्ट र सभ्य समारोहमा विशिष्ट अतिथिका रूपमा आमन्त्रण गरिदिनुभयो । म पन्चानब्बे वर्ष लागँे, मुलुकको धेरै खाइयो तर मुलुकका लागि अपेक्षाअनुसार गर्न सकिएन, मुलुकलाई तिर्न सकिएन भन्ने लागेको छ । तपाईँहरूको माया, ममता नै अमूल्य सम्पत्ति हो, अक्षरमा शक्ति हुन्छ र लेखेरै लेखक अमर हुन्छ । यो मान्यतालाई तपाईँ स्रष्टाहरूले आत्मसात गर्नुहोस् र देशका पक्षमा लेख्नुहोस् भन्ने मेरो आग्रह छ । साहित्य सन्ध्या पुरस्कारको राशि पनि बढाउनुपर्छ, यसलाई कम्तीमा पच्चिस हजार पुर्याउन सोचियोस् भन्ने आग्रह गर्नुभयो र आज सम्मानित सबैलाई हार्दिक बधाई दिन्छु भन्नुभयो ।

प्रमुख अतिथि माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले सन्ध्याको अन्तर्यअनुसार नै सहयात्रा गर्न भनी अक्षयकोष स्थापना गर्ने व्यक्तित्वहरूको सत्कर्म अनुकरणीय रहेको बताउँदै सबै योग्य व्यक्ति आज सम्मानित हुनुभएको छ भन्नु भयो । साहित्य सन्ध्याले समाजको गतिलाई अगाडि बढाउने र रूपान्तरणमा गरेको योगदानलाई इतिहासले मूल्याङ्कन गर्ने छ भन्ने धारणा राख्नुभयो ।

गोष्ठीका अध्यक्ष राम विनयले यो विशेष समारोहमा हामीले छजना स्रष्टालाई २०७८ सालका ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा सम्मान गर्यौँ । प्रमुख अतिथि विशिष्ट अतिथि, विशेष अतिथि, अतिथिहरू, सहभागी आदरणीय साहित्यानुरागीहरू सबैमा हार्दिक आभार व्यक्त गर्नुभयो । साहित्य सन्ध्या सदैव आफ्नो उद्देश्य प्राप्तिमा समर्पित भइ नै रहन्छ भन्नुहुँदै गोष्ठीको समापन गर्नुभयो ।

०००

– रमेश पोखरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x