साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँदर खेती

मैले रिसलाई दोब्बर पार्दै सोधें- “के बाँदरले दूध दिन्छ ? के बाँदरको मासु वा छाला काम लाग्छ ? बाँदरपालनको रिन पाइँदैन, जानुस् ।”

Nepal Telecom ad

“सरकारले धेरै सुविधा दिएको छ भनेर सुनेको छु हजुर । कृषि कर्जामा । म पनि कृषि कर्जा लिन चाहन्छु ।” के के कागजपत्रको मुठो लिएर मेरो टुटेको टेबुलमा एक जना मनुवा हाजिर हुँदै भने ।

“याँ त किर्सी कर्जामा के के पाइन्छ भन्नुभन्दा नि, कुन किर्सी कर्जा लिने हो, तो किलियर हुनुपर्छ पैले । तपँैले कुन किर्सी कर्जा लिने ?” अनुहारतिर नहेरी मैले त्यत्तिकै प्रश्नको उत्तरमा प्रश्न गर्दिएँ ।

ट्वाँ परेर हेरे लाटोले केरा हेरेझैँ । बाँदरले झैँ मैले पनि जिउ कन्याउन थालें । अलिकति अपानवायु निकालेँ ।
बदलामा तिनले कोठै थर्किने गरी ढ्याउ गरे । अनि आफ्नो बचाउ गरे- “पशुपालनको लागि कर्जा चाहियो के हजुर । पशुपालन पनि कृषिमा आउँछ होइन र ?”

“नौलो किर्सी गर्ने हो भने यो ब्याङ्कले थुप्रै रिन दिन्छ । हैनभने उही हो, धाको धायै धाको धायै गर्‍यो र अन्तमा साउकहाँ बाउको कमाइकोे खेत बन्धकीमा राखेर रिन लियो । एक लियो तिन दियो ।” स्पष्ट पार्दिएँ ।

“हो हजुर, म बाँदरपालनको लागि ऋण लिन्छु । बिल्कुलै नयाँ, कहीँ कतै कस्सैले नगरेको कृषि । देशमा नाम कमाउँछु, कृषि भेषमा नाम कमाउँछु ।”

अब सुगर लागेको बाठोले पेंडा हेरे झैँ म हेरेको हेर्‍यैँ भएँ । तिनले थप योजना सुनाए- “म बाँदरपालन गरेर आफ्नो घर बनाउँछु, अर्काको घर पनि बनाउँछु । सिकाएर बाँदरलाई घर बनाउने मिस्त्री बनाउँछु । बाँदरले आफ्नो घर पनि बनाउँछ र अर्काको घर पनि बनाउँछ ।”

मैले आफ्नो घर भत्काएर भाइको घर भत्काएको झल्याँस्स सम्झेंँ ।
मैले रिसलाई दोब्बर पार्दै सोधें- “के बाँदरले दूध दिन्छ ? के बाँदरको मासु वा छाला काम लाग्छ ? बाँदरपालनको रिन पाइँदैन, जानुस् ।”

तर्सिएर विस्तारै हट्दै गर्दा उस्को मुखबाट फुत्क्यो- न आफूले केही गर्छ र न अर्कालाई केही गर्न दिन्छ ।

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x