साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन झड्का

तपाईं आउँदा ग्यास र मट्टीतेलको जो हो आफैले गरेर आउनु होला, बाँकी व्यवस्था त म मिलाईहाल्छु नि !

Nepal Telecom ad

१.
नाकाबन्दी

भारतले नाकाबन्दी गरेपछि नेपालमा कृत्रिम अभाव सिर्जना भयो ।

यस्तो अवस्थाबाट गुज्रिदै गर्दा आँबुखैरेनीका आत्मीय मित्रले मलाई फोन गर्दै भने- यस्तो नाकाबन्दीको बेलामा तपाईं कहाँ के पाहुना लाग्न आउनु ! मैले ठट्टाको भाषामा हाँस्दै भने- आउनु न आउनु, केही फरक पर्दैन । तपाईं आउँदा ग्यास र मट्टीतेलको जो हो आफैले गरेर आउनु होला, बाँकी व्यवस्था त म मिलाईहाल्छु नि !

मेरा कुरा सुनेर मित्र मज्जाले हाँसे ।

२.
प्रमुख अतिथिबाट

वाजुरा, हुम्ला, मुगु, कालिकोटमा रहेका विपन्न वर्गका लागि लुगा संकलन गर्दा मैले दाताहरूलाई नच्यातेको, नफाटेको, एकचोटी प्रयोग गर्न मिल्ने, भित्री लुगा बाहेकका लुगाहरू मात्र दिनुहोला भनेर पटकपटक भनेर माग्थेँ । दाताहरूबाट सहयोग पनि राम्रै पाउँथे ।

तिनै दाताहरूले दिएका लुगाहरू लिएर एकपटक म हुम्ला पुगेँ । प्रमुख अतिथिको हातबाट लुगा हस्तान्तरण गर्दैगर्दा म यहाँ छु भने जस्तो गरि पेन्टी माथि बसेर हाँसिरहेको थियो । त्यो देखेर सबैजना हाँस्यौँ । तर मलाई भने मनमा औडाहा भयो ।

३.
राहतको अनुहार

कोरोना संक्रमण होला भनेर सरकारले वन्दावन्दी गर्‍यो । जनसमुहबाट कालिमाटी चोकमा निमुखा, गरिब र असहायहरूको निम्ति भनेर राहत सहयोग वितरण गर्‍यो ।

गाउँघरकी गुरूङ थरकी एउटी महिला पनि लाइनमा बसिन् । जब तिनले राहत लिनै आँटेकी थिइन्, त्यहीबेला पुलिस आएर उनलाई घोक्राउँदै लाइनबाट निकाल्यो र भन्यो- राहत लिन आउँदा पनि झपक्कै गहनाले ढाकिएर आउनुपर्छ त ? यो राहत तपाइँले पाउनुहुन्न, जानुस् ! तपाईंको लवाई हेर्दा झुक्किएर यहाँ आउनु भए जस्तो लाग्यो !

पुलिसको कुरा सुनेर ती महिलाले भनिन्- हामी गुरूङहरूको भेषभुषा नै यस्तो छ त मैले के गरूम् !
तिनले यति बोलेपछि राहत पनि पाइन् । अरू ट्वाँ परेँ ।

०००
सरस्वतीनगर, चावहिल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x