सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

माला

विपक्षीको गाला सिँगार्ने माला देखेर उसको रिसको पारो चढ्यो । दारा किट्दै टिटेबलको मालालाई जुरुक्क उचालेर धुजाधुजा पार्‍यो र बाहिर फाल्यो ।

Nepal Telecom ad

पार्टीले उम्मेदवारको नामावली घोषणा गर्‍यो । उम्मेदवारको लिष्टमा उसको नाम पनि देखेर ऊ दङ्ग पर्‍्यो । श्रीमतीलाई घरमा फोन गरेर यो शुभसमाचार सुनायो । श्रीमतीले छिमेकी, नातागोता, शुभचिन्तकलाई यही समाचार रिले गरी । छिमेकी, नातागोता, शुभचिन्तक माला लिएर ऊ भएको ठाउँमा आइपुगे । यो लाममा केही कार्यकर्ता पनि थपिए । उसलाई माला लगाई दिनेको तँछाडमछाड चल्यो । घाँटीको माला थाम्न पनि उसलाई हम्मेहम्मे पर्‍यो । एकैछिनमा ऊ मालाले पुरियो । अबिर र मालाले पुरिएको अनुहारको बीचबाट ङिच्च दाँत देखाएर माला लाइदिनेहरूलाई उसले नमस्कार गर्‍यो । अबिर र मालाले पुरिएर ऊ अर्कै संसारबाट यस लोकमा झरेको मनुष्य जस्तो देखिएको थियो ।

चुनाव प्रचारप्रसार गर्न ऊ गाउँ गाउँ पुग्यो । शुभचिन्तक र समर्थकहरूले उसको गलामा अरु पनि माला थपिदिए । माला मात्र होइन भोट दिने अश्वासन पनि दिए । उसलाई लाग्यो, मालाले उसको व्यक्तित्वलाई थप चम्किलो बनाइरहेछ । आफ्नो व्यक्तित्व चम्किलो बनाइदिएकोमा उसले मालालाई मनमनै धन्यवाद दियो ।

चुनाव भयो, परिणाम आयो, ऊ पराजित भयो । परिणाम उसको प्रतिकूल आएपछि हतार हतार उसले आफ्नो घाँटीको माला खोल्यो र हातमा माला बोकेर घरतिर कुलेलम ठोक्यो । हातमा बोकेको माला टिटेबलमा राखेर ऊ सोफामा थचक्क बस्यो ।

उता ऊ घर पुग्दा नपुग्दै उसको विपक्षीले चुनाव जितेको विजय जुलुस निकाल्यो । विजयीको गलाभरि माला ओइरियो । उसकै घरको बाटो हुँदै विजयी जुलुस आयो । उसले झ्यालबाट तल सडकको विजयी जुलुसलाई चिहायो । विपक्षीको विजयी जुलुसमा पहिले उसलाई माला लगाइदिने र भोट दिन्छु भन्नेहरू पनि थिए ।

आफ्नो विपक्षी अर्थात् विजयीको गलाभरि माला देखेर उसलाई खपिनसक्नु भयो । मालादेखि उसलाई रिस उठ्यो । आफ्नै घाँटीबाट भर्खरै खोलेर टिटेबलमा राखेको मालालाई उसले घुरेर हेर्‍यो । मालामा उसले विपक्षीको अनुहार शिवाय केही देखेन । विपक्षीको गाला सिँगार्ने माला देखेर उसको रिसको पारो चढ्यो । दारा किट्दै टिटेबलको मालालाई जुरुक्क उचालेर धुजाधुजा पार्‍यो र बाहिर फाल्यो ।

०००
काठमाडौं
‘फित्कौली’ अङ्क ४० बाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

डा. टीकाराम पोखरेल
मन्त्री-नैतिकता संवादे !

मन्त्री-नैतिकता संवादे !

डा. टीकाराम पोखरेल
स्ट्यान्डर्ड चोर !

स्ट्यान्डर्ड चोर !

डा. टीकाराम पोखरेल
मालदार क्रान्ति

मालदार क्रान्ति

डा. टीकाराम पोखरेल
म मान्छे रहिँन

म मान्छे रहिँन

डा. टीकाराम पोखरेल
अल्छीका अधिकार

अल्छीका अधिकार

डा. टीकाराम पोखरेल
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे