साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गिताङ्गे डाँडा बोल्दैछु…

उहिलेका नेताहरूले मेरो यो छाती (मञ्च) लाई राजनीतिको पवित्र स्थल ठान्थे। तर मेरै छातीमा उभिएर ढाँट चिच्याउँदा....चिच्याउँदा, हावाका कुरा गर्दागर्दा मेरो पवित्रता दिनदिनै मासिँदै गएको छ भन्ने मलाई लाग्छ ।

Nepal Telecom ad

गिताङ्गे डाँडाको नाउँ नसुन्ने विरलाकोटि पाइएलान् । टिष्टा-रङ्गीत-बालासनबाट पानी बगेर कहाँ पुगिसक्यो तर म भने जहीँको तहीँ यथावत् छु। डाँडै-डाँडाले ढाकिएको यो शहरको मुटुमै गजधम्म भएर बसेको युगौं बितिसक्यो। यहाँ अपरिचिता गोर्खाल्याण्ड डाँडै-डाँडाले ढाकिएको यो शहरको मुटुमै गजधम्म भएर बसेको युगौं बितिसक्यो ।

माथि टुप्पोमा महाकाल डाँडा । महाकाल डाँडामा भक्तहरू जान्छन्। गिताङ्गे डाँडामा नेताहरू बाह्र बत्तीसका भाषण छाँट्छन्। भक्तहरू महाकाल बाबालाई वरदान, आशिष माग्छन्। गिताङ्गे डाँडामा उभिएर जनता जनार्दनलाई भोटको आशिष माग्छन् ।

मेरा वरिपरि म्युनिसिपलले उहिले निर्माण गरेका बिल्डिङै बिल्डिङ छन् । जुन बिल्डिङलाई सरकारी खाता कलममा म्युनिसिपल बिल्डिङ भने पनि यहाँको कथ्य भाषामा मिन्सिबल बिल्डङ भनेको सुनिन्छ । बिल्डिङको पनि फेरि एकेकवटा नाम छ । जस्तो- मिन्सिबल बिल्डिङ ए, मिन्सिबिल्डङ बी आदि आदि। म चाहिँ ठिक मिन्सिबिलको डी बिल्डिङ र मिन्सिबिलको ई बिल्डिङको माझमा छु । डी र ई बिल्डिङ हिँड्नको निम्ति पुल बनाइएको छ ।

दार्जिलिङ म्युनिप्यालिटीका तत्कालीन इञ्जिनियर जी पी रोबर्टसनको देखरेखमा निर्माण गरिएको हो । ब्रिटिशहरूका पालामा स्वतन्त्रता आन्दोलनको निम्ति यहाँका नेताहरूले मेरै छातीमा उभिई स्वतन्त्रता आन्दोलनबारे भाषण छाँटथे । ममाथि उभिएर नेताहरूले भाषण दिएका हुनाले यस भाषण दिने ठाउँलाई पण्डित धरणीधर कोइरालाले गिताङ्गे नाम दिएका हुन् ।

सुनुँ सुनुँ लाग्ने….भाषण सुन्न तल कमान-बस्ती, शहर बजारबाट ग्वारग्वार्ती मानिसहरू आउँथे ।

म गर्वित छु…मेरो छाती अर्थात् यो गिताङ्गे डाँडाको छाती उभिएर यहाँ (दार्जिलिङ) का बडे-बडे नेताहरू जस्तै डम्बर सिंह गुरुङ, रणधीर सुब्बा, रुपनारायण सिंह, टी मनेन, रतनलाल ब्राह्मण (माइँला बाजे), गणेशलाल सुब्बा, आनन्द पाठक, मायादेवी छेत्री, रेणुलिना सुब्बा, देवप्रकाश राई, प्रेम थापा, गुमानसिंह चामलिङ, अगमसिंह गिरी, जगत छेत्री, सुवास घिसिङ, दावा बम्जन, नरबहादुर भण्डारी मदन तामाङ, गजेन्द्र गुरुङ, इन्द्रबहादुर राईले साह्रै मिठा-मिठा भाषण दिन्थे ।

सुनुँ सुनुँ लाग्ने….भाषण नसकियोस् जस्तै हुने। यी नेताहरूको भाषण सुन्न तल कमान-बस्ती, शहर बजारबाट ग्वारग्वार्ती मानिसहरू आउँथे ।

मेरो छातीमा टेकेर भाषण दिनेहरू रातारात महान् नेताहरूमा परिणत भए । कुनै नेताले विरोधीको खोइरो खन्दैन थिए । तर हिजोआज मेरो छातीमा टेकेर नेताहरू आफ्नो रणनीतिको कुरो होइन विरोधीहरूको खोइरो खनेर समय फुर्मास गर्छन् ।

मेरो यो छातीमा बङ्गालका बडे-बडे नेताहरू आएर भाषण दिएका छन् । तर जब यी बङ्गाली नेताहरू भाषण दिन मेरो छातीमा टेक्नअघि आफ्नो शिर निहुराएर ढोग गर्छन् । तर हाम्रा नेताहरूले मेरो छातीमा टेकेर ढोग गर्नु त कुरै छोडौं….माइकमा चिच्याउनु पाएर बोल्ने कुरा पनि बोल्छन्….नबोल्ने कुरा पनि बोल्छन् ।

उहिले भाषण हुन्थ्यो अहिले भाषणको नाउँमा मुटु फुटिञ्जेल चिच्याउन थालेका छन् । कतिले मेरो नाम गिताङगे डाँडा नभनेर गिल्ला गर्दै चिच्याउने डाँडा भनेको पनि सुनेको छु ।

अहिले मेरो नाम गिताङ्गे डाँडाबाट बदलिएर सुमेरु मञ्च राखिएको छ। अस्सी दशकसम्म मेरो नाम गिताङ्गे डाँडा नै थियो। अस्सी दशकपछि मलाई सुमेरु मञ्च भनिए पनि धेरैले मलाई गिताङ्गे डाँडा नै भन्ने गर्दछन् ।

अब त मलाई लाज लाग्न थालेको छ….मेरो छाती टेकेर ढाँट बोल्ने बोलि नै रहेका छन् ।

हाम्रा नेताहरूले मेरो छाती टेकेर ठूल्ठूला भाषण दिए….चिच्याउनुसम्म चिच्याए। अहिले पनि चिच्याउने क्रम जारी छ। के केको लागि फलाक्नुसम्म फलाके। पर्वतकी रानी दार्जिलिङलाई पूर्णाङ्ग  दार्जिलिङ बनाउँछु भन्ने हाँक लाएर जनतालाई लट्टाउनु बाहेक वरको सिन्का पर सार्ने सकेको छैन ।

अब त मलाई लाज लाग्न थालेको छ….मेरो छाती टेकेर ढाँट बोल्ने बोलि नै रहेका छन्। उहिलेका नेताहरूले मेरो यो छाती (मञ्च) लाई राजनीतिको पवित्र स्थल ठान्थे। तर मेरै छातीमा उभिएर ढाँट चिच्याउँदा….चिच्याउँदा, हावाका कुरा गर्दागर्दा मेरो पवित्रता दिनदिनै मासिँदै गएको छ भन्ने मलाई लाग्छ ।

म दुःखित छु, लज्जित छु । हाम्रो देश स्वतन्त्र हुनभन्दा अघि मेरो छातीमा टेकेर भाषण छाट्नेहरू कति भए। कति बितिसके। म यथावत् छु। मेरो छातीमा टेकेर अहिले पनि भाषण छाट्ने क्रममा ठ्याम्मै ह्रास आएको छैन। तर मेरो छातीमा टेकेर फलाकेका भाषण खोलाको गीतजस्तै भएको छ ।

कुनै भाषण अद्यावधि काम लागेको छैन । कुनै नताको भाषणले फत्ते पार्न सकेको छैन। मेरो छाती एकअर्कालाई गाली गर्ने, एउटाले अर्कोको खोइरो खन्ने, आफ्नै कमजोरी वमन गर्ने गालीस्ट्याण्ड भएको छ ।

हे महाकाल बाबा! यो मेरो छाती ढाँट बोल्ने मचानबाट कहिले सत्यवचन बोल्ने मचानमा परिणत होला ?

अब त मेरो छातीमा टेकेर चिच्याउनेहरूको कुरा सत्य भए पनि सुन्नेहरूले त्यसलाई ढाँट सम्झिन थालेका छन्। म विचलित छु । बिलखवन्द परेकी छु। कहिले मेरो छातीबाट फलाकेका भाषणहरू सत्य साबित होलान् । कहिले यहाँका नेताहरूले मेरो छातीमा टेकेर सत्य कुरा चिच्याउलान् ।

हिजोआज म आफैलाई ढँटुवी, अपत्यारिली लाग्न थालेको छ । मेरो छातीमा टेकेर यो ल्याउँछु, त्यो ल्याउँछु भनेर गगनभेदी थपड़ीको आवाज सुन्दा मलाई कुरीकुरी लाग्छ। मेरै वरिपरि बसेर गगनभेदी थपडी पडकाउनेहरूले थपडी पड्काएको युगौं बितिसक्यो । थपडी पडकि नै रहेको छ। तर थपडी पडकाएको कुनै नाफा भएको छैन ।

म त जहिले पनि माथि महाकाल डाँडातिर फर्केर महाकालबाबालाई भन्ने गर्छु, हे महाकाल बाबा… ! मेरो छातीमा टेकेर सत्य फलाक्ने दार्जिलिङले कहिले जन्माउला ? मेरो छाती टेकेर बोलेका कुराहरू कहिले सत्य साबित होला । मेरा वरिपरि पड्किने गगनभेदी थपडीका आवाजले हाम्रा दार्जिलिङेहरू माथिको अत्याचार, शोषणको टकटकिएलान् ?

हे महाकाल बाबा! यो मेरो छाती ढाँट बोल्ने मचानबाट कहिले सत्यवचन बोल्ने मचानमा परिणत होला ?

म गिताङ्गे डाँडा बोल्दैछु ….मेरो मनको बह पोख्दैछु। यो मेरो छाती ढाँट बोल्ने, बकम्फुसे कुरा बक्ने ठाउँ होइन ।

०००
सिलिगुडी, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
झण्डी

झण्डी

कृष्ण प्रधान
पाकेटमार

पाकेटमार

कृष्ण प्रधान
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x