साइबर अपराध सम्बन्धी सचेतना सामग्री

युवाको सपथ ग्रहण कार्यक्रम

एकै छिनपछि तिनै युवा दस्ताका महान परिवर्तन सोच भएका युवाहरू सडकमा आए, तर यत्ति फरक थियो अघि उनीहरू नारा लाउँदै थिए, अहिले पेट बाउँदै छादिरहेका थिए ।

Nepal Telecom ad

देशमा युवाले परिवर्तन ल्याएको भनेर गाउँका बुवाले भनेको सुनेको थिएँ तर प्रधानमन्त्री हालसम्म कुनै युवा बनेको थाहा नै पाएको छैन यो देशमा । हुन त ६० बर्षे मानिस पनि युवा भनिने देश हो । यहाँ युवाको कुनै परिभाषालाई कसैले परिभाषित गर्छ भने त्यो परिभाषा व्यर्थ हुन सक्छ, अनर्थ हुन सक्छ ।

गाउँमा एक पार्टीको भातृ संगठनको भेला हुने भयो । सबै युवाहरू गाउँको चौतारीमा भेला भएका थिए । ६२ बर्षे लक्ष्मीप्रसाद हजुरबाबा पनि युवाको भेला हेर्न आइपुगे । राता, नीला, हरिया, पहेँला झण्डाका ध्वजापताकाले सजाइएको उक्त स्थलमा लक्ष्मीप्रसाद हजुरबाबा अगाडिको कुर्सीमा बिराजमान भएर सबै कुुरा सुन्दै थिए ।

त्यो भेला युवाहरूको नयाँ कार्यसमिति गठन गर्ने काममा लागेको थियो । सर्वसम्मत नेतृत्व चयनको लागि मन्चमा बस्ने ठूला बडा युवाले निर्देशन दिए । भिडको कोलाहललाई युवा पार्टीका अध्यक्षले हातको ट्याटु हल्लाउँदै थोरै भए पनि शान्त गराउँदै कानको कुण्डल मुसार्दै एकहात लामो कपालमा लामा नङ घुसार्दै बोलेः हेर ब्रोहरू हाम्रो महान गौरवशाली संगठनमा अहिले सहमतिमा कार्यसमिति गठन गरौं, आखिर यो वार्डको भेला हो ।

लक्ष्मीप्रसाद हजुरबाबाले बुरुक्क उफ्रिएर भने ः हेर राजा हो, यो भेलाले मलाई अध्यक्ष बनाऊ, म युवाको यो भिडलाई सार्थक बनाउने छु ….. । ओहो, ६२ बर्षका लक्ष्मीप्रसाद हजुरबाबा अविवाहित भएर होला उनी आफूलाई युवा नै भन्ठान्थे । सबै युवाहरूमा उनको कुराले हाँसोको फोहरा उठ्यो । तर लक्ष्मीप्रसाद हजुरबाबा बिस्तारै मन्चमा गए अनि छातीमा भएको ट्याटु देखाए, हातमा कोरिएको ट्याटु देखाउँदै भने ः के ट्याटु चाहिने हो भने मेरो छातीमा नै दश बाह्रबटा ट्याटु छन्, कानमा कुण्डल लाउन पर्छ भने लगाउँला, म किन यो समुहको अध्यक्ष बन्नलायक छैन …. ?

ती हजुरबाबालाई फकाएर भए पनि सल्लाहाकारमा राखेर भए पनि युवा दस्ताको समिति गठन भयो । ५० सदस्यको समिति गठन भयो । मन्चमा भएका बाहेका सबै समितिमा अटाए । सपथ ग्रहणको पालो आयो । हर्कबहादुरले सपथ ग्रहण खाइसकेपछि युवा दस्ताको जिल्लाको ठूला नेतालाई सोधे ः हैन, मान्छे पिट्ने, थर्काउने, हप्ते उठाउने, टेण्डर उठाउन, ठेकेदार बन्न पाइन्छ भनेर सपथ खुवाएको खै …? म त यहि भनेर पो सपथ खाएको त… ।

युवा दस्ताका जिल्ला अध्यक्षले तिनलाई के उत्तर दिए थाहा भएन भिडको हल्लाले सुन्न सकिएन । सबै युवा मिलेर बजारमा युवा दस्ता भन्दै नारा लगाउँदै भट्टी पसल छिरे, केही कुखुरा र केही माछा तत्काल शहिद भए, करिब ३ सय वटा बोत्तलका टाउका मुर्कुट्टा भए । एकै छिनपछि तिनै युवा दस्ताका महान परिवर्तन सोच भएका युवाहरू सडकमा आए, तर यत्ति फरक थियो अघि उनीहरू नारा लाउँदै थिए, अहिले पेट बाउँदै छादिरहेका थिए । तारेमाम् ।

०००
लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धन्यवाद हुजुर

धन्यवाद हुजुर

रामकृष्ण ढकाल
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x