सुलसुलेसाहित्य संगमले हेटौंडा साहित्य महोत्सव आयोजना गर्ने
संगमले प्रदान गर्दै आएका सम्मान पनि महोत्सवकै अवसरमा प्रदान गर्ने भएको छ । पत्रकार सम्मेलनमा प्रदान गरिने सम्मान पनि सार्वजनिक गरिएको छ ।

हेटौंडा । मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुर मकवानपुरले साहित्य महोत्सवको आयोजना गर्ने भएको छ । आगामी वैशाखमा हेटौंडा साहित्य महोत्सव-२०८० आयोजना गरिने संगमले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
साहित्यसहित हेटौंडाका विविध पक्षमा बहस तथा छलफलका लागि महोत्सवमा आयोजा गरिएको संगमकी अध्यक्ष अनिता न्यौपानले जानकारी दिइन् । हेटौंडा उपमहानगरपालिका कार्यालयको आर्थिक सहयोगमा आयोजना गरिने महोत्सवका लागि नेपाल प्रज्ञा प्रतिष्ठानसहितका संस्थासँग सहकार्यका लागि छलफल भइरहेको उनले बताइन् । महोत्सव वैशाखको ८ र ९ गते आयोजना गरिने भएको छ ।
महोत्सवमा साहित्यिकका विभिन्न पक्षमा, हेटौँडाको विकासको बहस, कविता वाचन, गजल महफिल, मुक्तक वाचन, पुस्तक प्रदर्शनी, चित्रकला प्रर्दशनी, आदिवासी जनजातिका कथा लगायतका विषय रहेको अध्यक्ष न्यौपानले जानकारी दिइन् । मकवानपुरे साहित्यमा २०४४ सालदेखि क्रियाशिल संगमले पहिलो पटक साहित्यिक महोत्सव आयोजना गर्न लागेको हो ।
महोत्सवमा वागमती प्रदेशसहित देशका विभिन्न स्थानबाट साहित्यकारहरूको सहभागित रहने जनाइएको छ । महोत्सव सम्पन्न गर्नका लागि ५ लाख लाग्ने अनुमान गरिएको छ । संगमले प्रदान गर्दै आएका सम्मान पनि महोत्सवकै अवसरमा प्रदान गर्ने भएको छ । पत्रकार सम्मेलनमा प्रदान गरिने सम्मान पनि सार्वजनिक गरिएको छ ।
संगमले मकवानपुुर साहित्य श्री सम्मान २०७९ का लागि मकवानपुरमा रहि साहित्यकार/गीतकार शम्भु बास्कोटालाई प्रदान गरिने भएको छ । जसको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । यो सम्मान तत्कालिन जिविस मकवानपुरले दुुई लाख राशीको अक्षयकोष मार्फत् स्थापना गरिएको थियो । यस्तै, हास्यव्यङ्गयकार भैरव अर्याल परिवारको सहयोगमा साहित्य संगम मकवानपुरले दुई लाख पचास हजारको अक्षयकोष स्थापना गरेको भैरव अर्याल स्मृति सम्मान २०७९ साहित्य लेखन, पत्रकारिता, व्यङ्ग्य र बज्जिका भाषामा निरन्तर साधनारत सञ्जय साहलाई प्रदान गरिने भएको छ । यसको राशी २१ हजार १ सय ११ रुपैयाँ रहेको छ ।
यसैगरी,हास्यव्य्ग्यका आरसी रिजालले आफ्नो आमाको स्मृतिमा स्थापना गरेको अणकुमारी स्मृति साहित्य पुरस्कार यसवर्ष ज्ञानदीप शिक्षा निकेतनकी उपासना थापालाई प्रदान गरिने भएको छ । जसको राशी ५ हजार रुपैयाँ रहेको छ । यो पुुरस्कार ९ देखि १२ कक्षामा अध्ययनरत छात्राहरू बीच चित्रकला प्रतियोगिता गराइ छनोट गरी प्रदान गर्न लागिएको हो । प्रत्येक वर्ष साहित्य तथा कलाका फरकफरक विधामा प्रतियोगिता गराइ यो पुरस्कार प्रदान गरिदै आइरहेको छ । यस्तै शिक्षासेवी डेण्डीजंग शाहले आफ्ने दिवंगत छोराको स्मृतिमा स्थापना गरेको शेषजंग स्मृति कथा पुरस्कार यसवर्ष बालजागृति सेकेन्डरी बोडिंग स्कुलकी छात्रा कृषाङ्गी अर्याललाई प्रदान गरिने भएको छ । जसको राशी ५ हजार रुपैयाँ रहेको छ । सो पुरस्कार ९ देखि १२ कक्षामा अध्यययनरत छात्रछात्राहरू बीच कथा प्रतियोगिता गराइ छनोट गरी प्रदान गर्न लागिएको हो । प्रत्येक वर्ष साहित्यको कथा विधालाई यो पुरस्कार प्रदान गरिदै आइरहेको छ ।
यसैगरी, साहित्यकार विशाल अधिकारी (आशुतोष) ले आफ्नो पिताको सम्झनामा स्थापना गरेको भेषनाथ अधिकारी स्मृति छन्द सम्मान यस वर्ष छन्दकवि सुदेश सत्याललाई प्रदान गरिने भएको छ । जसको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । यस्तै, हाल अमेरिका निवासी दीपक मुडभरीले आफ्नो मातापिताको नाममा स्थापना गरेको सुभद्रादेवी- मदन मुडवरी स्मृति सम्मान २०७९ का लागि साहित्यकार पूणर्कला घिमिरेलाई प्रदान गरिने भएको छ । यसको राशी दश हजार रुपैयाँ रहेको छ ।
यस्तै, शिक्षासेवी देवप्रसाद श्रेष्ठले आमाको स्मृतिमा स्थापना गरेको मंगलादेवी श्रेष्ठ स्मृति नारी सम्मान-२०७९ का लागि मकवानपुरमा जन्मेर काठमाडौँ कर्मथलो बनाइ साहित्यमा सक्रिय स्रष्टा विना थिङलाई प्रदान गरिने भएको छ । जसको राशी दश हजार रुपैयाँ रहेको छ । यसैगरी, साहित्यसेवी मुुक्तिगाविन्द वैद्य र उनकी धर्मपत्नी तारादेवी वैद्यले स्थापना गरेको मुक्ति-तारा सम्मान २०७९ का लागि सुत्रकथाकार श्यामकृष्ण ज्ञवाली (एस. के निधन) लाई प्रदान गरिने भएको छ । जसको राशी दश हजार रुपैयाँ रहेको छ ।
यस्तै,हाल अस्टे्रलिया बसोबास गर्दै आएका साहित्यकार जेनन नेपाल र शर्मिला दुुलालले आफ्नो हजुरआमा हजुरबुुबाको स्मृतिमा स्थापना गरेको डम्बर पूणर्माया स्मृति कविता सम्मान २०७९ का लागि साहित्यकार मनुु मञ्जिललाई प्रदान गरिने निणर्य गरेको छ । जसको राशी २२ हजार २ सय २२ रुपैयाँ रहेको छ । यो सम्मान पहिलोपटक प्रदान गर्न लागिएको हो । सङ्गमका संस्थापक मध्येका एक साहित्यकार केशव श्रेष्ठ ‘ज्योति’ ले साहित्य संगम मकवानपुरको नाममा स्थापना गरेको साहित्य संगम मकवानुर स्मृति कृति सम्मान-२०७९ का लागि कथा संग्रह अपरिचित अनुहारका लागि साहित्यकार महेश पौडेललाई प्रदान गरिने भएको छ । जसको राशी २५ हजार रहेको छ । यसै वर्षबाट प्रदान गरिन लागेको यस सम्मानका लागि २०७८ सालभित्र प्रकाशित भएका कथाका कृतिहरूबाट छनोट गरिएको हो ।
यसैगरी, साहित्यकारद्वय ऋषि के.बी र पुुण्यशिला श्रेष्ठले आफ्नो मातापिता/सासुुससुुराको नाममा स्थापना गरेको रामहरि-देवु युवा सम्मान-२०७९ का लागि साहित्यकार/कवि छवि अनित्यको लागि प्रदान गर्ने निणर्य गरेको छ । यस वर्षदेखि प्रदान गर्न लागिएको सम्मानको राशी दश हजार रहेको छ ।
२०४४ सालमा स्थापना भएको संगमले हेटौँडा उपमहानगरपालिकासँगको साझेदारीमा २०५९ सालदेखि पुुष्पलाल स्मृति पुुस्तकालय पनि सञ्चालन गर्दै आइरहेको छ । संगमको हेटौंडामा आफ्नै भवन समेत रहेको छ ।
०००
– हेटौँडाबाट संप्रस पौडेल
Subscribe
Login
0 Comments
Oldest












































