साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ सम्मानित

लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा मासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापाले सम्मान प्रदान गर्नु भएको हो ।

Nepal Telecom ad

काठमाडौं, ०७९ चैत ११ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानले भव्य कार्यक्रमको आयोजना गर्दै साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’लाई लीलाध्वज स्रष्टा सम्मानले सम्मानित गरेको छ ।

वरिष्ठ साहित्यकार तथा पत्रकार हुनुहुन्छ । लामो समयसम्म साहित्यिक पत्रिका मधुपर्कको सम्पादक हुनाकोसाथै उहाँले गोरखापत्र दैनिकको प्रधान सम्पादकजस्तो जिम्वेवार पद सम्हालिसक्नु भएको छ । यसस्वी उपन्यासकार लीलाध्वज थापाको स्मृतिमा पारिवारिक श्रोतमा स्थापना भएको लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा मासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापाले सम्मान प्रदान गर्नु भएको हो ।

सम्मानित हुनुभएका स्रष्टा  श्रीओम श्रेष्ठ ‘रोदनले’ लीलाध्वज थापाजस्तो प्रतिष्ठित साहित्यकारको नाउँबाट सम्मान पाउँदा आफूलाई ज्यादै खुशी लागेको व्यक्त गर्दै सहर देखि टाढा दुर्गम स्थानमासमेत साहित्यको चेतना फैलदै जानुको कारण साहित्य प्रतिको प्रेमले हो । साहित्यकार कहिले बेइमान हुन सक्दैनन् र अमर हुन्छन् भन्ने कुरा इतिहासले प्रमाणित गरिसकेको छ भन्नु भयो ।प्रतिष्ठानले हरेक महिना यस्तै राम्रो कार्यक्रम गर्ने गरेको सुन्दा अत्यन्त खुशी लागेको कुरा व्यक्त गर्दै यसको निरन्तरताको कामना गर्नुभयो ।

उहाँको सुपुत्र विजयजीले पनि आफ्नो पिताको प्रेरणाले कविता,नियात्रा, मुक्तक, गीत लेखेर नेपाली साहित्यको श्री वृद्धि गरेको चर्चा गर्दै सम्मान पुरस्कार भनेको ठूलो सानो हुँदैन, श्रद्धाले गरेको सबै सम्मान ठूलो हुन्छ । लीलाध्वज थापाको नाउँ नै ठुलो हो भन्नु हुँदै पिताजीको नाममा प्रतिष्ठान स्थापना गरेर रचना वाचन तथा अग्रज स्रष्टालाई सम्मान गर्ने कार्यक्रम गर्दै आएकोमा प्रशंसा गर्नु भयो ।

आफूले काम गर्दा कहिले सानो ठुलो,कालो गोरो, आफ्नो अर्काको नभनि सबैलाई समान ब्यबहार गरेको उल्लेख गर्नुभयो । सो कार्यक्रममा अग्रज साहित्यकार रामप्रसाद पन्तले कार्यक्रमका अतिथिहरूलाई स्वागत गर्दै सम्मानित हुनुभएका साहित्यकार श्रीओम श्रेष्ठको बारेमा प्रकाश पार्नुभयो ।

कार्यक्रममा डा. गोविन्दमान सिंह कार्कीले लीलाध्वज थापाले रचना गर्नुभएको दुर्लभ कविता ‘कालो झण्डा’ वाचन गर्नु भयो । कवि ममता मृदुलले यस प्रतिष्ठानले आजसम्म सम्मान गर्नै पर्ने, ओझेलमा परेका अग्रज स्रष्टालाई खोजिखोजी सम्मान गरेको देखेको बताउनु भयो । अध्यक्ष थापाले सम्मानित स्रष्टा लामो समयदेखि नेपाली भाषा र साहित्यमा उल्लेखनीय सेवा गर्दै आउनुभएको अत्यन्त सरल र मृदुभाषी श्रष्टा हुनाकोसाथै उहाँले सम्मान ग्रहण गरेर प्रतिष्ठानलाई समेत सम्मानित गराएको छ भन्नुभयो ।

कार्यक्रममा स्रष्टा श्रीओम श्रेष्ठ, प्रा डा गोविन्दमान सिंह कार्की, मुकुन्द न्यौपाने, विजयध्वज थापा, उत्तम विचार, लव खड्का, जयराम विडारी, रूवी सत्याल, कात्यायन, सुशान्त के सी, बिन्दु अधिकारी ढकाल, कुमार नेपाल, कृष्ण प्रसाद पौडेल, बिनु बाबा घिमिरे, द्वारिका ढुंगाना, ममता मृदुल, राजेन्द्र खनाल, रुद्र अधिकारी, रविन्द्र आशिष शैली, नारायण भण्डारी जनकपुरी, वासुदेव ठकुरी, विनोद नेपाल, डा. बमबहादुर जिताली, सुन्दर खड्का, राजनप्रसाद न्यौपाने, प्रेममान डंगोल, सुशीला ढकाल अधिकारी, प्रकाश घायलले आआफ्ना रचना वाचन गर्नुभयो ।

कार्यक्रममा स्रष्टा उत्तम विचारले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । अन्त्यमा अध्यक्ष थापाले अग्रज स्रष्टाको सम्मान गर्ने अवसर पाउँदा आफू र संस्थासमेत सम्मानित हुने गरेको धारणा व्यक्त गर्दै हालसम्म पचहत्तर अग्रज तथा विशिष्ट स्रष्टालाई स्रष्टा सम्मानले सम्मानित गर्न पाउँदाको खुशी व्यक्त गर्दै उपस्थित सम्पूणर् स्रष्टाप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।

विश्व कविता दिवसको उपलक्षमासमेत आयोजना गरिएको सो विशेष कार्यक्रममा वाचन गरिएका रचनाका उच्च मूल्याङ्कन गर्दै २९ जना स्रष्टालाई कदर-पत्रले सम्मानित गरियो ।

उक्त कार्यक्रम चिल्ड्रेन मोडल स्कुल बालुवाटारमा भएको थियो । कार्यक्रमको शुरुमा राष्ट्रिय गान बजाएर कार्यक्रम शुरु गरिएको थियो ।

०००
– विजयध्वज थापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x