साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा सम्मान र रचना वाचन सम्पन्न

प्रगतिशील लेखक सङ्घ नेपाल उदयपुर जिल्ला शाखाले शनिबार एक कार्यक्रमको आयोजना गरी स्रष्टा सम्मान र रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

Nepal Telecom ad

उदयपुर गाईघाट, २०७९ चैत्र ११ । प्रगतिशील लेखक सङ्घ नेपाल उदयपुर जिल्ला शाखाले शनिबार एक कार्यक्रमको आयोजना गरी स्रष्टा सम्मान र रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

प्रगतिशील लेखक सङ्घ नेपाल उदयपुर जिल्ला शाखाका अध्यक्ष माधव पोखरेल गोज्याङ्ग्रेको अध्यक्षतामा र प्रलेस नेपालका केन्द्रीय सदस्य बोध कुमार घिमिरेको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा स्रष्टा टङ्क बहादुर आले मगरलाई सम्मान गरिएको थियो ।

नेपाली भाषा साहित्य कला संस्कृतिमा स्रष्टा आलेले गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो । इलाका तीन थान कृति प्रकाशित छन भने अमूर्त चित्रकलमा लामो समयदेखि कलम कुची चलाउँदै आएका छन् ।

कार्यक्रम प्रमुख अतिथि बोध कुमार घिमिरेले स्रष्टालाई सम्मान गर्ने कार्यले निरन्तरता पाउनु पर्ने र समाजमा लुकेर बसेका प्रतिभा पहिचान गरी बाहिर ल्याउनु पर्ने कुरामा जोड दिदै मार्क्सवादी चिन्तनका साहित्यकारहरू समाजमा छन् तर पछाडि परेको अवस्था रहेको बताउनु भयो ।

कार्यक्रममा अर्का विशिष्ठ अतिथि प्रगतिशील लेखक सङ्घ नेपालका पूर्व राष्ट्रिय परिषद् सदस्य एवम् साहित्यकार पुन्य कार्कीले सम्मानित स्रष्टाका बारेमा चर्चा गर्नु भयको थियो । अर्का विशिष्ठ अतिथि त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटमा प्रमुख डाड्ड कैलाश कुमार राईले प्रगतिशील लेखक सङ्घ नेपाल उदयपुर जिल्ला शाखाले स्रष्टालाई प्रोत्साहन गर्न सम्मान गर्ने परम्परा आफैँमा महत्वपूणर् रहेको र यो क्रम ले निरन्तरता पाउनु पर्ने कुरामा जोड दिनु भयो ।

सो अवसरमा निरज कोइराला, पुन्य कार्की, उद्वव घिमिरे, कुमार कोइराला, माधव पोखरेल गोज्याङ्ग्रे,सम्झना राई असफल,डाड्डकैलाश कुमार राई, सम्मानित स्रष्टा टङ्क बहादुर आले मगर,बोध कुमार घिमिरे, चन्द्रनारायण चौधरी, निर्मला पुरी, सरिता पौडेल गुरागाईं, खिला घिमिरे बुइपाखिरी,श्याम कणर् राई, पावल पन्थ राई, फडिन्द्र बि क, अनिल घिमिरे सिमा मास्के लगायतकाले आ आफ्नो रचना प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रम संचालन अनिल घिमिरे र सरिता पौडेल गुरागाईंले गरेका थिए ।

०००
– माधवप्रसाद गोज्याङ्ग्रे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x