सुलसुलेमनोहरा साहित्य समाजको ७५ औं शृङ्खला
मनोहरा साहित्य समाजका अध्यक्ष डिल्लीराज अर्यालको सभापतित्व लेखक प्रमोद प्रधानको प्रमुख तथा साहित्यकार प्रतीक ढकालको विशिष्ट आतिथ्यमा समाजको ७५औं शृङ्खला सम्पन्न भयो ।

काठमाडौं, ०७९, चैत ११ । मनोहरा साहित्य समाजका अध्यक्ष डिल्लीराज अर्यालको सभापतित्व लेखक प्रमोद प्रधानको प्रमुख तथा साहित्यकार प्रतीक ढकालको विशिष्ट आतिथ्यमा समाजको ७५औं शृङ्खला सम्पन्न भयो । सदस्य सुमन पुडासैनीको सञ्चालनमा ग्लोबल पब्लिक स्कूलको सभाहलमा सम्पन्न सो कार्यक्रममा सभाध्यक्ष अर्यालले उपस्थित स्रष्टाहरूलाई स्वागत गर्दै आफ्नो रचनावाचन गरेर रचनावाचनको प्रारम्भ गर्नुभएको थियो ।
कार्यक्रममा दीनानाथ पोख्रेल, भावना न्यौपाने, लीलाराज दाहाल, खोलाघरे साहिंलो, अनुराग अरुण, प्रेमनाथ घिमिरे, सम्पत् काफ्ले, ओम आचार्य, सुनील पुरी, राजेशमान केसी, नूरदेव खनाल, रत्ननिधि रेग्मी शुक्राचार्य, केशव ज्ञवाली, सुमन पुडासैनी, लगायतका स्रष्टाहरूले आआफ्ना कविता, लघुकथा गजल प्रस्तुत गर्नुभएको थियो ।
अतिथि मोहन पन्थीले कार्यक्रमको उपयोगिताबारे आफ्ना भनाइ राख्नु भएको थियो भने विशिष्ट अतिथि प्रतीक ढकालले उमेरले नम्रता दिने, रचना सिर्जनाको लागि अध्ययन चाहिने र विद्रोह पनि सिर्जनशील हुनुपर्ने कुराको चर्चा गर्नुभएको थियो । अन्त्यमा प्रमुख अतिथि प्रधानले कविता विषयवस्तु, शैली र भाषाका दृष्टिले हेर्नुपर्ने र पुस्तकसँग प्रेम हुनैपर्ने, नहुने साहित्यकार हुन नसक्ने कुराको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा छत्रभूषण दाहाल, एल.पी पौड्याल, कपिल अर्याल, गोविन्द चापागाईं, लक्ष्मणप्रसाद खनाल, हरिओम श्रेष्ठ, कृष्णप्रसाद पन्थी लगायतका सभ्य श्रोताहरूको उपस्थित रहेको थियो ।
साहित्यका मुख्य चार विधामध्येको राजा विधा कविता विधाको चर्चासितै यसको प्रयोग कतिवेला अझ सार्थक हुन्छ भन्ने समेतको चर्चा गरिएकोले कार्यक्रम रोचक र सार्थक पनि भएको थियो ।
०००
– डिल्लीराज अर्यालबाट
Subscribe
Login
0 Comments
Oldest












































