सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

महान नेताका राता जहान

अल जजिरादेखि विश्व समाचार सुन्दा क्रिमिनल ग्याङका महारथिहरूले देशको नाक काटेर अमेरिका पुर्‍याएको, छोरोलाई एकोहोरो बनाएर उतै डोर्‍याएको र जहानले पनि परिवारलाई सुर्‍याएको अवस्था र व्यवस्थाले गर्दा नेपालमा स्वर्णयुग आएजस्तो लाग्यो ।

Nepal Telecom ad

डा. बमबहादुर जिताली

जहान भन्नाले एकाघरका मान्छे, एउटै भान्छामा ज्यूनार बार्ने वा हसुर्नेहरू तथा लोग्ने र स्वास्नी भन्ने बुझिन्छ । महान नेता भन्नाले अत्याचार, भ्रष्टाचार, दुराचार व्यभिचार, तस्करको लस्करमा अगुवा भन्ने पनि बुझिन्छ भने राता भन्नाले भातमारा, सर्वहारा मारा, आकाशका तारा खसालिदिन्छु भनेर निम्छरा जनताका बङ्गारा झारिदिने, मनी, मशल र पावर देखाएर मान्छेलाई लाहोर पठाउनेका मतियार पनि बुझ्नुपर्छ । चुलीमा रहेका चार शब्दलाई एउटै गाँठो पारेर भन्नुपर्दा उन, सुन, खुन, घर, घडेरी, जग्गा, जमिन, जङ्गल, जल, जहाज, माटो, बाटोघाटो, आदि अनेक आहार- विहारमा रमाउने परिवार भन्ने पनि अर्थ लाग्छ ।

नेपाली नागरिकलाई भुटानी बनाएर दाम थुपार्ने नेता र तिनका जहानभन्दा महान यो दुनियामा कोही होला र ! यस्ता महान नेताका जहान झनै महान हुँदारहेछन् । पतिलाई आपत्तिमा पारेर पनि लुक्न सक्ने रहेछन् । करोडौं लुँड्याएर पनि नपुगेपछि छोरो भाकेर कसम किरिया समेत खाँदा रहेछन् । यस्तो अनौठो समाचार सुन्दा यस्ता अजिङ्गरले सर्लक्कै देश पनि निल्छन् भन्ने लाग्यो । काण्ड पनि कति गर्न सकेका हुन् ? तस्करीकाण्डभन्दा पहिले धमिजा काण्ड, सुनकाण्ड, लाउडा काण्ड, ललिता निवास काण्ड, ओम्नीकाण्ड, भन्सारकाण्ड आदि काण्ड, पनि व्यक्तिगत, पार्टीगत, राष्ट्रिय हुँदै हुँदै अन्तर्राष्ट्रिय स्तरका काण्ड गर्ने गराउने टाउकेहरू एउटै बाउका छोरा बराबर बनेका छन् । यस्ता काण्डै काण्डका कमाण्डर, ड्राइभर र मतियारका जहान झन् महान बनेका छन् ।

जनताको मुख मोसेर, जहानलाई पोसेर, चम्चालाई च्यापेर हसुर्दा हसुर्दै महान बनेका नेताले नेपाली नागरिकता मेटेर भुटानीलाई भेटेर भुटानी करार गरी सार्वभौमिकता बेच्ने, मानव-तस्करी गर्ने खाँटी तस्करलाई दाम्लोविना समाएर ल्याएको दृश्य देख्ता यस्ता मानव तस्करी, भ्रष्टाचारी, दुराचारी, अत्याचारी र विचौलिया कर्मचारीको महानता प्रशंसनीय मात्र नभएर उदेक लाग्दो पनि छ भन्न सकिन्छ । यस्ता महान नेताको जति गुण-गान गरे पनि थोरै हुन्छ । नक्कली हाँसो हाँसेर मुलुकै खानसक्ने हात हल्लाउने बहादुर नेताभन्दा पनि अभिनेता देखिए !

अल जजिरादेखि विश्व समाचार सुन्दा क्रिमिनल ग्याङका महारथिहरूले देशको नाक काटेर अमेरिका पुर्‍याएको, छोरोलाई एकोहोरो बनाएर उतै डोर्‍याएको र जहानले पनि परिवारलाई सुर्‍याएको अवस्था र व्यवस्थाले गर्दा नेपालमा स्वर्णयुग आएजस्तो लाग्यो । यस्ता महान नेताका राता जहानलाई धन्यवाद !

०००
नागार्जुन-१, रानीवन, काठमाडौं
९८४१४९१०८१

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मौकामा चौकाको चर्तिकला

मौकामा चौकाको चर्तिकला

डा. बमबहादुर जिताली
एनसेलको सेल

एनसेलको सेल

डा. बमबहादुर जिताली
बुढ्यौली सेलो

बुढ्यौली सेलो

डा. बमबहादुर जिताली
वर्तमान र विगतको मर्म

वर्तमान र विगतको मर्म

डा. बमबहादुर जिताली
हिजो-आज

हिजो-आज

डा. बमबहादुर जिताली
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे