साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महान नेताका राता जहान

अल जजिरादेखि विश्व समाचार सुन्दा क्रिमिनल ग्याङका महारथिहरूले देशको नाक काटेर अमेरिका पुर्‍याएको, छोरोलाई एकोहोरो बनाएर उतै डोर्‍याएको र जहानले पनि परिवारलाई सुर्‍याएको अवस्था र व्यवस्थाले गर्दा नेपालमा स्वर्णयुग आएजस्तो लाग्यो ।

Nepal Telecom ad

डा. बमबहादुर जिताली

जहान भन्नाले एकाघरका मान्छे, एउटै भान्छामा ज्यूनार बार्ने वा हसुर्नेहरू तथा लोग्ने र स्वास्नी भन्ने बुझिन्छ । महान नेता भन्नाले अत्याचार, भ्रष्टाचार, दुराचार व्यभिचार, तस्करको लस्करमा अगुवा भन्ने पनि बुझिन्छ भने राता भन्नाले भातमारा, सर्वहारा मारा, आकाशका तारा खसालिदिन्छु भनेर निम्छरा जनताका बङ्गारा झारिदिने, मनी, मशल र पावर देखाएर मान्छेलाई लाहोर पठाउनेका मतियार पनि बुझ्नुपर्छ । चुलीमा रहेका चार शब्दलाई एउटै गाँठो पारेर भन्नुपर्दा उन, सुन, खुन, घर, घडेरी, जग्गा, जमिन, जङ्गल, जल, जहाज, माटो, बाटोघाटो, आदि अनेक आहार- विहारमा रमाउने परिवार भन्ने पनि अर्थ लाग्छ ।

नेपाली नागरिकलाई भुटानी बनाएर दाम थुपार्ने नेता र तिनका जहानभन्दा महान यो दुनियामा कोही होला र ! यस्ता महान नेताका जहान झनै महान हुँदारहेछन् । पतिलाई आपत्तिमा पारेर पनि लुक्न सक्ने रहेछन् । करोडौं लुँड्याएर पनि नपुगेपछि छोरो भाकेर कसम किरिया समेत खाँदा रहेछन् । यस्तो अनौठो समाचार सुन्दा यस्ता अजिङ्गरले सर्लक्कै देश पनि निल्छन् भन्ने लाग्यो । काण्ड पनि कति गर्न सकेका हुन् ? तस्करीकाण्डभन्दा पहिले धमिजा काण्ड, सुनकाण्ड, लाउडा काण्ड, ललिता निवास काण्ड, ओम्नीकाण्ड, भन्सारकाण्ड आदि काण्ड, पनि व्यक्तिगत, पार्टीगत, राष्ट्रिय हुँदै हुँदै अन्तर्राष्ट्रिय स्तरका काण्ड गर्ने गराउने टाउकेहरू एउटै बाउका छोरा बराबर बनेका छन् । यस्ता काण्डै काण्डका कमाण्डर, ड्राइभर र मतियारका जहान झन् महान बनेका छन् ।

जनताको मुख मोसेर, जहानलाई पोसेर, चम्चालाई च्यापेर हसुर्दा हसुर्दै महान बनेका नेताले नेपाली नागरिकता मेटेर भुटानीलाई भेटेर भुटानी करार गरी सार्वभौमिकता बेच्ने, मानव-तस्करी गर्ने खाँटी तस्करलाई दाम्लोविना समाएर ल्याएको दृश्य देख्ता यस्ता मानव तस्करी, भ्रष्टाचारी, दुराचारी, अत्याचारी र विचौलिया कर्मचारीको महानता प्रशंसनीय मात्र नभएर उदेक लाग्दो पनि छ भन्न सकिन्छ । यस्ता महान नेताको जति गुण-गान गरे पनि थोरै हुन्छ । नक्कली हाँसो हाँसेर मुलुकै खानसक्ने हात हल्लाउने बहादुर नेताभन्दा पनि अभिनेता देखिए !

अल जजिरादेखि विश्व समाचार सुन्दा क्रिमिनल ग्याङका महारथिहरूले देशको नाक काटेर अमेरिका पुर्‍याएको, छोरोलाई एकोहोरो बनाएर उतै डोर्‍याएको र जहानले पनि परिवारलाई सुर्‍याएको अवस्था र व्यवस्थाले गर्दा नेपालमा स्वर्णयुग आएजस्तो लाग्यो । यस्ता महान नेताका राता जहानलाई धन्यवाद !

०००
नागार्जुन-१, रानीवन, काठमाडौं
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
फोकटलालको ज्ञानोपदेश

फोकटलालको ज्ञानोपदेश

दामाेदर न्याैपाने
दुईतिहाइको ठेडी

दुईतिहाइको ठेडी

फित्काैली डटकम
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x