साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाऊँ साथी हो खाऊँ !

सास हुन्जेल अक्सिजन र सासमा खाऊँ, मरेपछि कात्रो र लाशमा खाऊँ ढाटदेखि खाँदै खाँदै अर्यघाटसम्म खाऊँ खाऊँ साथी हो खाऊँ यो देशलाई अगस्तीहरूको बस्ती बनाएर जाऊँ ।

Nepal Telecom ad

लक्ष्मण गाम्नागे

खाऊँ साथी हो खाऊँ
यो देशलाई पिसेर धुलो पारेर खाऊँ
न नियमको आँखामा फुलो पारेर खाऊँ
हाब्रो सकेसम्म ठूलो पारेर खाऊँ
खाऊँ साथी हो खाऊँ
कानूनमा दुलै दुलो पारेर खाऊँ ।
सात पुस्तालाई मात्र होइन
सत्र पुस्तालाई पुग्ने गरी खाऊँ
खाँदा खाँदा आफ्नै फोहेरमा आफैं डुब्ने गरी खाऊँ
नङ्ग्याएर, दारेर, निचोरेर खाऊँ
भुत्ल्याएर, रेटेर, चिथोरेर खाऊँ
सुतेर खाऊँ, बसेर खाऊँ
खाऊँ साथी हो खाऊँ
नालीमै घुँडा धसेर खाऊँ ।
क्रान्तिकारी मजेत्रोमा लुटपुटिएर खाऊँ
गेरु वश्त्रमा गुटमुटिएर खाऊँ
दौरामा ढुकुटी लुकाएर खाऊँ
लँगौटीमा सुकुटी सुकाएर खाऊँ
हिसाव हिनामिना गरेर खाऊँ
लिनादिना मिनाहा गरेर खाऊँ
नगरिदिनुपर्ने गरिदिएर खाऊँ
गरिदिनुपर्ने नगरिदिएर खाऊँ
खाने खाडलहरू खनीखनी खाऊँ
‘खानु हुँदैन’ भनीभनी खाऊँ
प्रश्न र प्रमाणहरूका मुख सिलाएर खाऊँ
बालुवाटारदेखि खुमलटारसम्म
बालकोटदेखि सानेपासम्म सेट मिलाएर खाऊँ
शौचालयदेखि न्यायालयसम्म रेट मिलाएर खाऊँ
खाऊँ साथी हो खाऊँ ।
खबरदार !
हजार-लाख खाएर कुख्याति नकमाऊँ
करोड-अरब खाएर मान बढाऊँ
समातिए पनि बदनाम नहुने गरी खाऊँ
थुनिए पनि नाम चल्ने गरी खाऊँ
हाकाहाकी खाऊँ, भकाभकी खाऊँ
डण्डा घुमाएर खाऊँ, झण्डा हल्लाएर खाऊँ
गोकर्ण खाऊँ, टुँडिखेल खाऊँ
सास हुन्जेल अक्सिजन र सासमा खाऊँ,
मरेपछि कात्रो र लाशमा खाऊँ
ढाटदेखि खाँदै खाँदै अर्यघाटसम्म खाऊँ
खाऊँ साथी हो खाऊँ
यो देशलाई अगस्तीहरूको बस्ती बनाएर जाऊँ ।

०००
सितलपाखा, कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे
देश बनाउनेहरू

देश बनाउनेहरू

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x