साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खलपत्रे

आज खलपत्रेहरू पनि ‘न बाँदरले आफ्नो घर बनाउछ न अरूलाई बनाउनु दिन्छ’ भने जस्तै ठ्याक्कै मिल्ने भएको उखान चै हाम्रो अम्बकको रूखमा पानीको पाइप फले जस्तै भएको छ ।

Nepal Telecom ad

कृष्ण शर्मा सुमु :

खलपत्रेको स्त्रिलिङ्ग खलपत्री हो । समानताको कुरा आउँदा लिङ्ग भेद गर्नु हुँदैन भनेर यता मैले बराबरी कुरा गर्नु थाले ।

खलपत्रे/खलपत्री भनेर मैले अब बराबर संज्ञाको सट्टामा आउने शब्दलाई दोहोर्‍याउनु नपर्ने रहेछ भन्दै खलपत्रेको पत्र उकाउनु थाले ।

जसको केही काम छैन उसको काम नै कि त अरुको तारिफ गर्नु हो कि त भैंसीले आल खेल्ने जस्तो गरेर खाल्डा खन्नु हो । खाल्डा खन्नु नसके भक्कु उन्नति देखेर जल्नु हो । जल्नु नसके त्यही म जस्तो केही गर्नु नसकेपछि कागज कलम निकाल्नु अनि शब्दकोशभित्रै नभएको शब्दलाई जोडजाड गरेर एउटा शब्द नै जन्माई दिने हो अनि जान्ने भएर यताउताको कुरा ल्याउने हो अनि भक्कु तारिफ गरे जस्तो गरेर खाल्डा खन्ने हो ।

कसैले गर्नु लागेको काम वा गर्दै गरेको काममा खुट्टा तान्नु नै खलपत्रे हो भन्दा दुईमत नहोला वा कुनै बस्तु जसको संसारमा कुनै मूल्य छैन । जसको केही काम हुँदैन उसले नै अरूको आरिस गर्छ । काम हुनेलाई त अरूको बारेमा सोच्ने थोडी फुर्सद हुन्छ र !

अब कुकुरको पुच्छर बाह्रै वर्ष ढुङ्ग्रामा हाले पनि सिधा हुँदैन भने उखान पनि मलाई ठिक लागेन । आखिर त्यो कुकुरको पुच्छर बाह्रै वर्षसम्म हेरेर बस्ने कसमा फुर्सद थियो होला र ? कि त उखान सहित कुनै प्रयोगशालामा वैज्ञानिक नै भएर बस्नु पर्छ काम नभएर कुकुरको पुच्छर हेर्दै नभए यस्ता बगमफुसे काम गर्ने पनि उस्तै हुनुपर्छ ।

अरूको सेखी गरेर म उ भन्दा राम्रो।मेरो पार्टी राम्रो भनेर हल्ला गर्नु भन्दा त बरू लेवी खोलेर साहित्यको सेवा गर्छु भन्दै बस्नु ठिक जस्तो लाग्छ । कथा, कविता, खै के के लेखेर वाह …..वाह ….गर्दै कराउनु जस्तो मज्जा त कता पो छ होला ।

आज खलपत्रेहरू पनि ‘न बाँदरले आफ्नो घर बनाउछ न अरूलाई बनाउनु दिन्छ’ भने जस्तै ठ्याक्कै मिल्ने भएको उखान चै हाम्रो अम्बकको रूखमा पानीको पाइप फले जस्तै भएको छ । न खानु दिन्छ न खानु सक्छ भनेर कम्ती आरिसे भएको होलान् र ….. ।

जे होस् कथा अनि व्यथा जति लेखे पनि नसकिने रहेछ ।

०००
सिलगडी, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तिहुन चखुवा

तिहुन चखुवा

कृष्ण शर्मा सुमु
पुरस्कार थाप्ने रहर

पुरस्कार थाप्ने रहर

कृष्ण शर्मा सुमु
कस्टमर केयर

कस्टमर केयर

कृष्ण शर्मा सुमु
मेलामा भएको झमेला

मेलामा भएको झमेला

कृष्ण शर्मा सुमु
घर न द्वार हिँडे हरिद्वार

घर न द्वार हिँडे...

कृष्ण शर्मा सुमु
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x