साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली (काव्य अंश- ४)

को सक्ला अनुमान गर्न सहजै माया गरेको क्षण गालीमा र पिटाइमा पनि दिने आश्चर्य माया किन आमाको ममता ननाप अहिले गल्ने छ नाप्ने कर हार्ने छौ जति नाप हे सुजन हो तन्किन्छ झन् झन् पर ।

Nepal Telecom ad

कविराज घिमिरे :

बाबाको दिल छाम सन्तति भई नाप्दै छिटो धड्कन
बिल्ला चाल सिनित्त ज्येष्ठ जनको आई कुनै अड्चन
बेलामा गर होस बित्छ पछिता रोएर फर्किन्छ र ?
निभ्दा अग्नि कदापि पाक नहुने यो मान्यता हैन र ?
॥ २५ ॥

आमाको महिमा नलेख कवि हो सक्छौ कहाँ लेख्न र
भेटिन्नन् कहिल्यै अभाव कटुता पत्ता कहाँ लाग्छ र
भक्कानो मुटुको फुटेर दिलमा बेहोस आमा हुँदा
के सक्छौ र तिमी उठाउन त्यहाँ निस्सारकै थन्कँदा ।
॥ २६ ॥

झर्छन् आँसु तरक्क सूक्ष्म तहले भित्री दिलैमा बसी
लेख्ने हो कसरी ढिका नयनका हाल्ने छ कल्ले मसी
देखिन्नन् मनका उभार सहजै छड्केर बस्लान् उतै
आमाका सपना सजाउन सकुन् सन्तानले साच्चिकै ।
॥ २७ ॥

मोको पेट मुहारमा टलटली टल्किन्छ देख्ने छ को
पानीको छ, अभाव देह सुकिगो खै ख्याल गर्ने छ को
मायाको छ अभाव वृद्ध वनिता आमा भनी बस्छ को
आमाको मनमा खडेरी हुनगो वर्षा गरी दिन्छ को ?
॥ २८ ॥

आमा नै मन प्राण भाव सगुनी यो जिन्दगीकी धनी
धर्तीमा नव पाइला छमछमी टेकाउने हो तिमी
हामी माझ डुबेर अर्पण गर्‍यौ त्यो जिन्दगी खार भो
वृद्धा आश्रममा पुर्‍याउन गर्‍यौ सन्तान के सार भो ?
॥ २९ ॥

पीडा सख्त सहेर जीवन सक्यौ त्यो वेदनामा परी
जन्मायौ अति कष्टले अरुणिमा बन्दै भरोसा गरी
आमाको ममता नबिसं कहिल्यै सन्तान राम्रो बुझ
आमा जीवन हुन् प्रश्वास दिलकी धौता बनाई पुज ।
॥ ३० ॥

को सक्ला अनुमान गर्न सहजै माया गरेको क्षण
गालीमा र पिटाइमा पनि दिने आश्चर्य माया किन
आमाको ममता ननाप अहिले गल्ने छ नाप्ने कर
हार्ने छौ जति नाप हे सुजन हो तन्किन्छ झन् झन् पर ।
॥ ३१ ॥

पानी बन्न सकिन् र अग्नि पनि भै जल्ने खरानी बनी
आमाको म बयान गर्नु कसरी बग्ने नदी हुन् यिनी
लेख् भन्छन् कतिले नलेखूँ कसरी सामर्थ्य नै देखिनँ
यो संसार बुझेँ कतै पनि अरू आमा सरी भेटिन ।
॥ ३२ ॥

क्रमशः

०००
भक्तपुर
‘बुढयौली’ खण्डकाव्य (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x