साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गमला दिवस

खोजेर हिँडे देउता भेटिएलान् तर धानको बिउ भेटिएन । चाहिएकै हो भने कुरियरबाट मगाइदिन्छु भनेको छ दोकानेले ।’ यसरी मैले भएको कुरा बताउँदा उनी केहीबेर रिसाइन् ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

‘आजका यी बच्चालाई संस्कृति कुन चराको नाम हो थाहै छैन ।’ अमेरिका बीस वर्ष बसेर फर्केकी मीरा भाउजू गनगनाइन् ।

कम्प्युटरमा गेम खेलिरहेका छोराछोरीले उनको कुरा एक कानले सुनेर अर्कोबाट उडाइदिए । ल्याउनुपर्ने समानको सूची मेरो हातमा थम्याएर भाउजू स्नानघर पसिन् । लेखिएका कुरा लिएर म आँगनमा उभिँदा उनी मगमग बासना आउने गरी सिँगारपटार गरेर बाहिर निस्किन् । हेर्दाहेर्दै पानीकल नजिक खनखान पारिन् । पानी हालेर हिलो बनाइन् । आफैँले हिलो दलदाल पारेर आफ्नो सुन्दर शरीर कुरूप पारिन् । मलाई भने क्यामेरा म्यानमा नियुक्ति गरेकी थिइन् ।

‘खै; ल्याउनुस् मैले मगाएका सामान !’ यसो भन्दै उनले कौसीको एक छेउमा गमला राखिन् । हिलोले भरिन् । फूलमालाले सजाइन् । धानको बिउ मागिन् ।

‘खोजेर हिँडे देउता भेटिएलान् तर धानको बिउ भेटिएन । चाहिएकै हो भने कुरियरबाट मगाइदिन्छु भनेको छ दोकानेले ।’ यसरी मैले भएको कुरा बताउँदा उनी केहीबेर रिसाइन् । मौलिक संस्कृतिलाई भुल्ने भन्दै मेरो नाम भुलक्कड राखिन् ।

अड्को पड्को तेलको धुप भन्दै उनले धानको बिउको साटो दुबो रोपेर सेल्फी लिइन् ।

‘भाउजू, गमला दिवस यसरी पो मनाइन्छ र ?’ मैले सोधेको प्रश्न बिनाउत्तर हावामा विलायो ।

०००
२०८०.०३.१५
सिद्धार्थटोल, उदयपुर । हाल- सिर्जनाकुटी, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x