साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली (काव्य अंश- ५)

भाग्यो जोस सबै र जाँगर गयो आएन खै हिम्मत, आँटेका कति योजना रुमलिए बन्दै गए विस्मित, इच्छा शक्ति हुँदा र बैँस रहँदा गर्ने कुरा छन् जति, बाँकी राख्नु हुँदैन है सुजन हो अन्योल होला पछि ।

Nepal Telecom ad

कविराज घिमिरे :

बुढ्यौलीका लक्षणहरू

वृद्धाभै रहँदा अनेक थरिका हुन्छन् समस्याहरू
छाला तन्किनगै भरेर नमजा देखिन्छ यस्तै अरू
खुम्चिन्छन् र नशा बटारिन गई चल्नै नसक्ने हुँदा
गोडाले पनि काम गर्न नसकी पर्नेछ आफैँ थला
॥ ३३ ॥

के हुन्थ्यो रुचि हट्छ खानपिनमा काँचो कचिलो झनै
पच्ने छैन र तागती बढिकुरा होला विषैलो अझै
खाऊँ खान यथेष्ट हुन्न सजिलै अड्किन्छ है गाँस नि
टोक्ने आँट हुँदैन हल्लिन गई झर्दै गए दाँत यी
॥ ३४ ॥

आँखाका सब ज्योति सुस्त हुनगै ठम्मिन्न केही पनि
आफ्ना चिन्न सकिन्न सन्ततिहरू टाढा भए ती पनि
गुम्दै होस गयो बिरानु सबभै पर्देश भो आँगन
थर्थर् काम्दछ देह नै गलिगयो गाह्रो छ उभ्याउन
॥ ३५ ॥

कट्कट् ढाड दुखेर कायल भई ऐया र आत्थो भनी
बाँच्ने हो कति दुःख क्रन्दन गरी काट्तै निचो जीवनी
आफ्नो दर्द सुनाउदा सुनिदिने कोही भएनन् अझ
ज्यूदो जीवन मृत्यु तुल्य बनिगो गर्दै बित्यो छट्पट
॥ ३६ ॥

खोकी लाग्दछ घ्यार घ्यार्र बहुतै र्‍याले सिंगाने हुने
बड्दो भो दम झन् हुरुक्क बनिदै लाचार भै तड्पिने
खुट्टा हात तिखा भए करङ झन् छाला उतै टाँसियो
झर्दो भो गहिराइमा दिनदिनै चोला उधै भासियो
॥ ३७ ॥

सुन्ने शक्ति गएर मन्द गतिका यी कान बन्दा भए
चिच्याईकन बोल्नु पर्दछ सधैँ झर्को र फर्को हुने
कालो केश हराउँदै दिनदिनै सम्पूणर् सेतो भयो
लौरो बोक्न छ बाध्य हात अहिले चट्टान फोथ्र्यो हिजो
॥ ३८ ॥

स्याँ स्याँ हुन्छ सकिन्न बोल्न सहजै पुग्दैन आवाज नै
जिब्रो लट्पट हुन्छ बुझ्न नसकी तर्किन्छ मान्छे उतै
हा ! हा ! वृद्धपना कसिङ्गर बन्यो जाहान हैरान छन्
खेप्ने हो कसरी भनेर मनमा चिन्ता लिई बस्तछन्
॥ ३९ ॥

भाग्यो जोस सबै र जाँगर गयो आएन खै हिम्मत
आँटेका कति योजना रुमलिए बन्दै गए विस्मित
इच्छा शक्ति हुँदा र बैँस रहँदा गर्ने कुरा छन् जति
बाँकी राख्नु हुँदैन है सुजन हो अन्योल होला पछि ।
॥ ४० ॥

०००
भक्तपुर,

बुढ्याैली खण्डकाव्य (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x