साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अस्ट्रेलियामा सम्पन्न भयो सिड्नी कला र साहित्य महोत्सव

महोत्सवमा महेन्द्र पौडेल, सुरेन्द्र दवाडी, मनोज रेग्मी, कुमार शर्मा, निष्प्रभ सजी, सुमन थापा संगमले कविता प्रस्तुत गरेका थिए । तुलसा पाण्डे, जितेन्द्र मल्ल, ओमकार अधिकारी, ईश्वर पौडेल, अनुभव भण्डारी र प्रवेश पौडेलले गजल प्रस्तुत गरेका थिए ।

Nepal Telecom ad

सिडनी, ०८० असार १५ । अष्ट्रेलियाको सिड्नीमा ‘पहिलो नेपाल-अष्ट्रेलिया कला र साहित्य महोत्सव’ भव्य रूपमा सम्पन्न भएको छ । वरिष्ठ पत्रकार तथा लेखक नारायण वाग्ले मुख्य आकर्षण रहेको महोत्सव दुई दिनसम्म चलेको थियो ।

महोत्सवको पहिलो दिन हर्सभिलस्थित सिभिक थिएटरमा प्रमुख अतिथि वाग्लेसँग सहभागीले साक्षात्कार गर्नुका साथै विभिन्न सर्जकहरूले आ-आफ्ना रचना प्रस्तुत गरेका थिए ।

यस्तै कार्यक्रममा कविता- गजल वाचन, गायन, वाद्यवादन र नृत्यसमेत समेटिएको थियो । कार्यक्रममा लेखक वाग्लेले आफ्नो विगतदेखि वर्तमानसम्मका अनुभवहरू सेयर गरे ।

लामो समयसम्म सक्रिय पत्रकारितामा संलग्न वाग्ले पछिल्लो समय आफ्नै गाउँमा कृषि कर्ममा व्यस्त छन् ।
उनले आफ्नो पत्रकारिता, समाजसेवा, नागरिक आन्दोलन र कृषि कर्मका बारेमा उठेका प्रश्नबारे स्ष्ट पारे ।

महोत्सवमा वणर्माला नेपाली स्कुलका विद्यार्थीले विभिन्न नेपाली मौलिक पोसाकमा सजिएर नृत्य र गायन प्रस्तुत गरेका थिए ।

अष्ट्रेलियामा जन्मिएकी दोस्रो पुस्ताकी विद्यार्थी सरिना सैजुले मौलिक नेपाली कुमारी नृत्य प्रस्तुत गरेकी थिइन् । उनले विभिन्न युट्युवमा हेरेर आफ्नो प्रस्तुती दिएको बताइन् ।

यस्तै महोत्सवमा महेन्द्र पौडेल, सुरेन्द्र दवाडी, मनोज रेग्मी, कुमार शर्मा, निष्प्रभ सजी, सुमन थापा संगमले कविता प्रस्तुत गरेका थिए । तुलसा पाण्डे, जितेन्द्र मल्ल, ओमकार अधिकारी, ईश्वर पौडेल, अनुभव भण्डारी र प्रवेश पौडेलले गजल प्रस्तुत गरेका थिए ।

सन्जिब पराजुलीले लाइभ गीत प्रस्तुत गरेको महोत्सवको दोस्रो दिन लेखकहरूले साहित्य यात्रा गर्दै महोत्सव समापन गरेको लेखक एवं महोत्सव निर्देशक निष्प्रभ सजीले जानकारी दिए । निर्देशक सजीका अनुसार महोत्सव केही वर्ष अघिनै गर्ने सोच बने पनि कोरोना महामारीका कारण रोकिएको थियो ।

‘हरेक वर्ष कला र साहित्यलाई महोत्सवको रूपमा लिएर जाने कुनै समारोह अष्ट्रेलियामा आयोजना हुन नसकेकाले यो कार्यक्रमको परिकल्पना गरिएको हो’, उनले भने, ‘महोत्सव आउँदा वर्षहरूमा अझै फराकिला र फरक विषयहरूमा बहस गर्ने थलो बन्नेमा हामी आशावादी छौं ।’

कार्यक्रममा मण्डला लिगलका प्रमुख सन्जीव पाण्डेले केही वर्षअघिदेखिको आफूहरूको योजना सफल भएको भन्दै आगामी दिनमा फरक ढंगबाट अहिले भएका कमि कमजोरी सुधारेर महोत्सवलाई निरन्तरता दिने बताए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x