साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता नबन्ने म त !

भोका पेट चिरेर डाम्छ पनि यो रातो बनाई कन, खै आदर्श समाज योग्य युगको नेतृत्त्व गर्ने गण, खै सम्मान मान सान सकियो नेता बने घातक, घाती शासक बन्न छैन क्षमता नेता नबन्ने म त ॥

Nepal Telecom ad

जगदीश्वर पोखरेल :

ढाँट्ने आदत छैन भाषण गरी उल्टा कुरा जान्दिन
जे भन्छन् जनता सुनेर म कसै गर्छू भनी भन्दिन
बोल्दा अर्थ अनर्थ लाग्दछ भने सम्झन्छु आफ्नै हित
झूटो सक्दिन बोल्न छैन क्षमता नेता नबन्ने म त ॥१

गुन्डा पाल्न सकिन्न लुट्न जनता व्यर्थै गयो जीवन
भ्रष्टाचार बजार थाप्न गतिलो गर्दैन क्यै चिन्तन
बन्दै यौन पिपासु लुट्न वनिता लागेन घाती लत
जे जे पर्दछ गर्न छैन क्षमता नेता नबन्ने म त ॥२

आमाको स्तन काट्न बेच्न कसिने आँटी नबन्ने जुनी
बन्लान् मर्द बलिष्ठ वास्तव उनै राख्छन् सबैले चुनी
लुट्ने देश अनित्य चिन्तन गरी बन्दै छ दुर्छे रत
जो चाहिन्छ सदैव छैन क्षमता नेता नबन्ने म त ॥३

रेट्ने तागत छैन बन्धु हितका छोरा र छोरी गुरु
ध्वस्तै पार्न विकास सक्छ जसले भो’ देशको आबरु
सत्ता हात लगाउँने खल बने सोझा बरा आहत
लुट्नै राष्ट्र सकिन्न छैन क्षमता नेता नबन्ने म त ॥४

भोका पेट चिरेर डाम्छ पनि यो रातो बनाई कन
खै आदर्श समाज योग्य युगको नेतृत्त्व गर्ने गण
खै सम्मान मान सान सकियो नेता बने घातक
घाती शासक बन्न छैन क्षमता नेता नबन्ने म त ॥५

०००
पाउँदीबजार, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x