साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वार्थी दुनियाँ

हलोले सत्य ओकलेको थियो । सत्यले सजाय पाउँछ र स्वीकार गर्छ । त्यस दिनदेखि विस्तारै हलो लोप हुन थाल्यो र दुनियाँमा स्वार्थको सर्वत्र बोलबाला बढ्न थाल्यो ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

एक युगको एक थोपा समयको कहानी हो । दुनियाँभरको कुनै एक सानो कुनामा भएको घटना हो यो ।

एउटा खेतको कुनामा हलो र कोदालो मिलेर बसेका थिए । दिउँसोको घाममा दुवै जना सुस्ताइरहेका थिए ।
सुरुमा दुवै जना खूब मिल्ने कुरा गरे । हामी दुवै जनाको जात एउटै हो, काम एउटै हो- माटो खन्ने । उत्पादन गर्ने र दुनियाँलाई पाल्ने । दुनियाँ कति स्वार्थी छ, अन्न उब्जेपछि हामीलाई सोध्दैन, गोरुको पूजा गर्छ ।

हलोले कोदालीलाई भन्यो- तिमी पनि स्वार्थी छौ ।
कोदालो- म कसरी स्वार्थी ? अनि तिमी कसरी अस्वार्थी ?
हलो – तिमी धर्ती खन्छौ र सबै आफूतिरै तान्छौ । यताउति दिँदैनौ । अनि भएनौ त स्वार्थी ? तर म चाहिँ जति पनि माटो जोत्छु, आफ्नोतिर अलिकति पनि तान्दिनँ । दुवैतिर दायाँ र बायाँ बाँड्छु । त्यसैले म अस्वार्थी र तिमी स्वार्थी ।
कोदालो – तिमीले भनेको यहाँ कसैले सुनेन, त्यसैले तिम्रो कुरो सही हो भनेर म पनि भन्छु तर तिम्रो मनमा पाप जाग्यो । तिमीले मलाई गल्ती साबित गर्‍यौ । अब म तिमीलाई सराप दिन्छु- ‘आजको दिनदेखि तिम्रो सत घट्ने छ । अब तिमी विस्तारै लोप हुनेछौ । यो दुनियाँ स्वार्थीको हो । तिमीजस्तो परमार्थीलाई बाँच्ने अधिकार छैन ।’

हलोले सत्य ओकलेको थियो । सत्यले सजाय पाउँछ र स्वीकार गर्छ । त्यस दिनदेखि विस्तारै हलो लोप हुन थाल्यो र दुनियाँमा स्वार्थको सर्वत्र बोलबाला बढ्न थाल्यो ।

अहिले पनि परोपकारी हार्छ र स्वार्थी विजयी हुन्छ ।

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
गालीको बाली

गालीको बाली

हरि खनाल
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
मन्त्री बिलौना

मन्त्री बिलौना

ध्रुव नेपाल
0
Would love your thoughts, please comment.x
()
x