साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रश्नै प्रश्नको देशमा

भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण सय किलो सुन प्रकरण होस् वा यस अघिका अनेकौ प्रकारका भ्रष्टाचारका पुष्ट्याईँहरू लगायतका दर्जनौ काण्डहरू देशले थेग्न सक्छ ?

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे  :

संसदमा कुर्सीलाई ओछ्यान बनाएर पल्टन पल्केकाहरू
मन्त्रालयमा बेकौसममा खिर मासु मिठाई खान
मुख मिठ्याउनेहरूसँग केही प्रश्न छ
देशको माटोले के मागेको छ ?
जनता हिड्ने बाटोमा उल्झन किन भैरहेको छ ?
विकासको परिभाषालाई कहिले स्पष्ट पार्ने ?
शिक्षामा व्यापार किन गर्नु हुन्छ ?
वा राजनीति सेवा होकि मेवा खाने भाडो हो ?
राजनीति पेशा हो कि कालो व्यापार हो ?
परिवर्तन कस्का लागि हो ?
श्रीमती छोरा छोरीका कारण राजनीति कहाँ पुगेको छ ?
आफन्तवाद अंगीकार गर्दा के भैरहेको छ देशमा ?
शहीदका सपना कहिले पुरा हुन्छ ?
गणतान्त्रिक संस्कृति निर्माण कहिले हुन्छ ?
बिरालो बाँधेर श्राद्ध गर्ने संस्कृति कहिले अन्त्य हुन्छ ?
हामी तीन करोड नेपालीलाई जवाफ चाहियो ।
अनि उच्च संस्कार युक्त संस्कृति निर्माण गर्न
ढाँडे बिरालो बनेका, ब्वाँसो र गीद्ध बनेका स्वाँठहरू
समाजमा के भैरहेको छ ? देश कता जाँदैछ ?
विनास काले विपरित बुद्धि भन्थे बुढापाकाहरू
अहिले किन चरितार्थ भैरहेको छ ?
काण्डै काण्डको जालोमा फँसेर
के खरानी घसेर हिड्ने मन छ कि ?
भ्रष्टाचार किन मौलाउँदै छ ?
भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण
सय किलो सुन प्रकरण होस् वा यस अघिका
अनेकौ प्रकारका भ्रष्टाचारका पुष्ट्याईँहरू
लगायतका दर्जनौ काण्डहरू देशले थेग्न सक्छ ?
देशलाई स्वीटजरल्याण्ड, सिंगापुर अमेरिका
बनाउन के यस्तै प्रकरण वा काण्डले
सहयोग पुग्छ कि ?
म यो प्रश्नै प्रश्नको देशमा हुर्किए पनि
जवाफ कोसँग छ ? म खोजिरहेको छु ।

०००
गाईघाट, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x