साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नव जिन्दगानी

हामी नहाँसे किन हाँस्छ फूल हामी सुके सुक्तछ दिव्य मूल । आशाभरोसा युग सुम्सुम्याई बाँचौँ सधैँ हर्षित भै रमाई ॥

Nepal Telecom ad

जीवनाथ अधिकारी :

नौलो छ आशा छ नयाँ उमङ्ग
पाको छ खासा मनको तरङ्ग ।
अनेक छन् जीवनका कहानी
रच्तै छु जैले नव जिन्दगानी ॥१॥

देखेँ जगत्का अति धेर चाला
सफा, कुनै हिर्दयभित्र काला ।
दागी थिए क्वै परमार्थ भुल्ने
त्यागी थिए क्वै उपकार खुल्ने ॥२॥

आकाशको भार कतै उठाएँ
निधारको चिह्न यतै कटाएँ ।
उमेरले मात्र म हैन ज्येष्ठ
छ दीर्घ यात्रा म भएँ वरिष्ठ ॥३॥

शरीर मात्रै सबथोक हैन
उमेरले अड्चन मानिँदैन ।
उत्साहको खर्पन बोक्छु साथी
धर्ती उचाल्दै म चढूँ कि माथि ॥४॥

यी चाउरी हुन् युगका निसानी
यी बाहुली हुन् बलका सिरानी ।
फुलेर सेतो हिम पाक्न लाग्दा
लाली पहेँलो रसरङ्ग जाग्दा ॥५॥

बोकेँ अझै ढाकर जिन्दगीका
फुल्दो जवानी सुखदुःख भाका ।
भरेर सङ्गीत थपेर ऊर्जा
कसेँ सबैका शिथिलाग्नि पुर्जा ॥६॥

नबिर्स मेरा सिप-शिल्प गाथा
म सिर्जना खोल्दछु भव्य माथा ।
बनाउने मानिस दिव्य आँखा
कालीगढी मै सुरताल भाका ॥७॥

हामी नहाँसे किन हाँस्छ फूल
हामी सुके सुक्तछ दिव्य मूल ।
आशाभरोसा युग सुम्सुम्याई
बाँचौँ सधैँ हर्षित भै रमाई ॥८॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका सारद हुन्

पाका सारद हुन्

जीवनाथ अधिकारी
मालामाल कमाल

मालामाल कमाल

जीवनाथ अधिकारी
थुक्क मान्छे ! तँ मर्छस्

थुक्क मान्छे ! तँ...

जीवनाथ अधिकारी
सन्तोष /असन्तोष

सन्तोष /असन्तोष

जीवनाथ अधिकारी
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x