साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाङ्दुरेहरूको चर्चा

पाङ्दुरेहरू तम्सिन्छन् चाकरी गर्न नै अति राष्ट्रधात उनै गर्छन् बन्छन् बेकुफ दुर्मति । छैन आफ्नो निजी बुद्धि कार्यकर्ताहरू प्रति भन्छन् चन्दन नेताले बिस्टा झारे पनि रती ।

Nepal Telecom ad

रामशरण न्यौपाने :

पाङ्दुरेहरूको चर्चा हिजो आज छ देशमा
नाक ठाडोगरी हिँड्न साह्रै लाझ छ देशमा ।

अत्याचारी खुनीलाई तक्मा ताज छ देशमा
चराको हेर गोठालो कालो बाज छ देशमा ।

पाङ्दुरेहरू नै बस्छन् बनी सम्भ्रान्त केशरी
अत्याचार र अन्याय चारैतर्फ छ बेसरी ।

बल्यो शोषणको आगो जता हुर्केर व्यापक
सत्ताको फाँटमा चर्ने लिन्छन् दाम टकाटक ।

पाङ्दुरेहरू नै धेरै बने खुँखार शोषक
ऋण लागेर नेपाली मर्नथाले भकाभक ।

दलको पिँजरा भित्र बस्छे कानुनकी चरी
भत्ता तलवमा मात्रै पैसाको बग्छ निर्झरी ।

पाङ्दुरेहरू पार्टीको बनी दास दलाल नै
देशलाई थलापार्ने गर्छन् दुर्जन चाल नै ।

स्वार्थका वशमा हुन्छन् भएका सब निणर्य
फैसला छ सधैँ उल्टो जनता देशमा भय ।

पाङ्दुरेहरूको ज्यादा भान्छा चल्दछ देशमा
जनता छन् सधैँ भोका फस्ने नाहक केसमा ।

बुज्दैनन् दलका नेता कैल्यै देश र काल नै
सक्दैनन् देशको निम्ति घोटेर गाल्न दाल नै ।

पाङ्दुरेहरू तम्सिन्छन् चाकरी गर्न नै अति
राष्ट्रधात उनै गर्छन् बन्छन् बेकुफ दुर्मति ।

छैन आफ्नो निजी बुद्धि कार्यकर्ताहरू प्रति
भन्छन् चन्दन नेताले बिस्टा झारे पनि रती ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x