साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चम्चा

चम्चाले खुसी हुँदै भन्यो - भान्छामा जहाँबाट भए पनि आउने सबै राम्रा र मिठा खानामा पहिले म नै स्वाद लिन्छु । मेरो स्वादबिना मालिकले स्वादै पाउँदैनन् । मेरो मूल्य यत्ति धेरै छ कि हरेक मिठो खानेकुरासित मालिकले मलाई पनि मुखमा हाल्छन् ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

चम्चाले धाक लगायो- म बिना कसैको काम चल्दैन । जहाँ म छैन, त्यहाँ बज्रस्वाँठहरू मात्र रहन्छन् । र, जहाँ बज्रस्वाँठहरू हुन्छन्, त्यहाँ म एकछिन टिक्दिनँ । चिनेको भाँडोले चम्चालाई मुखभरिको जवाफ दिनै सक्दैन । बरु चुप लाग्यो भने दुवैले आफ्नै विजय भएको ठान्छन् । यद्यपि एउटा अपरिचित नयाँ भाँडोले चम्चाको कुरो सुनेर बोल्यो – चम्चा साहै्र कमलो हुन्छ । घामपानी हेर्नुपर्दैन । घरभित्रैको काम गर्छ । यसैले सबैको प्रिय हुन्छ । चम्चाजस्तो सुकुमारले त बाहिरको घाममा काममा सक्दैन होला ।

अलिकति आँखा तरेर तर चमकले चम्काएर चम्चाले चर्चा गर्‍यो – चम्चाको जातले सधैँ सेवा गर्छ । सेवामा नै मेवा देख्छ । पाकेको मेवालाई पनि काट्छ । जति काटे पनि र जति खाए पनि चम्चा कहिल्यै मोटाउँदैन । अपरिचित भाँडो अलिक मूर्ख थियो क्यारे । चम्चाले आफ्नो इज्जतको बखान आफैँले गरेको हो कि आफूलाई नै हेपेको हो, छुट्याउन सकेन ।

उसले सोध्यो – चम्चाज्यू, तपाईं कसरी यत्ति धेरै काम गर्नुहुन्छ ?

चम्चाले खुसी हुँदै भन्यो – भान्छामा जहाँबाट भए पनि आउने सबै राम्रा र मिठा खानामा पहिले म नै स्वाद लिन्छु । मेरो स्वादबिना मालिकले स्वादै पाउँदैनन् । मेरो मूल्य यत्ति धेरै छ कि हरेक मिठो खानेकुरासित मालिकले मलाई पनि मुखमा हाल्छन् । मैले मालिकको मुखमा पनि विश्वास जमाएको छु । मालिकको लागि मिठो खानाको मालिक म नै हुँ ।

चम्चाको मालिक भक्ति देखेर नयाँ अपरिचित भाँडोले भन्यो- तपाईँको महिमा अपरम्पार छ । मलाई कुनै काम मिलाइदिन सक्नुहुन्छ कि ? मलाई त ठुलो पसलबाट मालिकले उठाएर ल्याउनु भएको छ ।

चम्चाले सगर्व उद्घोष गर्‍यो – म जुन भाँडोमा हुन्छु, त्यसैलाई रित्याउँछु । तिमी के गर्न सक्छौ ?
नयाँ भाँडोले केही बुझ्नै सकेन । निस्कन खोज्दै उसले जवाफ दियो – मैले जवाफ दिने हिम्मत जुटाएर फेरि आउने छु कुनै दिन । बाटोभरि नयाँ भाँडोको मनमा खेलिरह्यो – चम्चाजस्तो भक्तको जीवन सार्थक हुन्छ ।

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x