साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चेली र परदेश

भाग्यरूपी चेहरामा आमाको आशिकी स्पर्शले छुँदा साङ्केतिक मर्मले अधरमा आहाल जमेहोलान् । छोरी ! तिम्रो झरेका आँखाका आँसुले नसम्झ मलाई तिम्रो त्यो परदेशमा ! वेदनाको गाँठो धड्कनले धकेल्दै

Nepal Telecom ad

भीम गौतम :

छोरी !
तिम्रो झरेका आँखाका आँसुले
नसम्झ मलाई
तिम्रो त्यो परदेशमा !
वेदनाको गाँठो
धड्कनले धकेल्दै
आज परेको छ
तीजको दर खाने मध्यरात
हिक्क हिक्क आँसुले भिजेका परेला
नयनको मध्यबिन्दु डिलबाट
विरक्तिका अश्रुले भिज्दै
तिम्रो अभाव र कल्पनामा

बलिन्द्र आँसु
तर्कुलामा पुर्‍याएर
रोदनको दर खाने भएकी छु ।
सृष्टि रचेर आमा बने
क्षितिजको घुम्टोले
छोपिएको तिम्रो
भाग्यरूपी चेहरामा
आमाको आशिकी स्पर्शले छुँदा
साङ्केतिक मर्मले अधरमा
आहाल जमेहोलान् ।

छोरी !
विवशको खडेरीले
खोला खोल्सा सुकिरहेको यो
पट्यारिलो समयमा
धर्तीलाई नै बगाउला जस्तो गरी
विछोडका आँसु भलहरू
नयनका पटेलामा
समुन्द्र ज्वार बनेका छन् ।
तसर्थ
छोरी !
तिम्रो त्यो झरेका आँसुले र
हिक्क हिक्क हृदयले
नसम्झ मलाई
तिम्रो त्यो परदेशमा …
आज तीजको दर खाने रात ।

०००
भरतपुर, चितवन
२०८०/०५/२९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ल्वाँठहरूले

ल्वाँठहरूले

भीम गाैतम
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
घैँटे शासक

घैँटे शासक

भीम गाैतम
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
0
Would love your thoughts, please comment.x
()
x