साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रस्टीकेट

नत्र यो देशमा चिट नचोर्ने को छ ?” अहमद, बियरको तालमा । “त्यही त, कुन नैतिकताले दुस्साहस गर्‍यो, म पनि जिल्ल ! खैर, बियर थप्ने ? मलाई तिमीहरूको समर्थन चाहिन्छ ।

Nepal Telecom ad

धनराज गिरी :

“मबाट यो काम हुन्न ।” क्याम्पसप्रमुख विद्यासत्यानासप्रसाद बकम्फुसेलालनारायण हडबडे बोले, मर्जी भयो । नाम अचम्मको, काम अचम्मको । अचम्मसित बनेका संस्थानायक । यसको कथा बेग्लै । भएको के भने चलिरहेको परीक्षामा एउटा अलि बेग्लै स्वभावको केटोले चिट चोरेछ । गार्ड बसेका शुद्धनाथ चतुरे सरको नजरमा परेछ । माफी मागेको भए हुने, मुख होइन, मुख छोड्ने मूर्खता गरेन, हात नै सदुपयोग गरेछ । शुद्धजीलाई अशुद्ध रीस उठ्यो । ल्याए अफिसमा । “किन सर ? यस्तो उदण्डले सजाय नपाए कसले पाउने ? निर्दोषले ?” चतुरे बोल्यो ।

“चतुरे सर, यो देशमा यो ‘खोस्टो’ प्राप्त गर्ने हामी सबै ९९.९९% चिट चोर ! हजुरले चिट चोरेको कुरा कसलाई थाहा छैन ? यो उमेर यस्तै हो । म कसैको जीवन बर्वाद बनाउन कति तिकडम गरेर यहाँसम्म पुगेको होइन । सजिलो छ” “चीफ” हुन ? “चीप” हो र ? ३० लाख रुपैयाँको बियर खुवाइयो । अध्यक्षलाई पल्सर, आफ्नो खल्तीलाई अल्सर ! “सर, हजुरले पनि चिट चोरेको हो ?” चतुरेलाई झोक चल्यो । “हा हा हा, चतुरेजी, मेरो त नौ विषय नै एउटा महात्माले लेखिदिएको । आनन्द ! मेरो कुरा नगर्नुहोस् । यो बालकलाई लिएर कोठामा जानुहोस् । “रस्टीकेट” हुन्न । आज कार्वाही गरेमा राजनीतिमा लागेर भोलि उही व्यवस्थापन समितिको अध्यक्ष भएर आउनेछ । उसैले दिन्छ उपदान र प्रमोसन, अनि कुर्नू २२ र १४ महिना !” लुत्रुक्क परेर गयो चतुरे ।

“होइन, त्यो चतुरेले तिम्रो चिट किन खोस्यो अहमद ?” चिट चोर विद्यार्थी र चीफ सर एउटा बारमा, बियरसाथमा । अहमद नेपाली आमा र इस्लाम अब्बाजानको साझा प्रकाशन । “गुरुदेव, मेरी दिदी सायमा अति राम्री, लभ गर्न खोज्यो त्यो चतुरेले । अब्बाजान आगो हुनुभयो । त्यसैको बदला हो । नत्र यो देशमा चिट नचोर्ने को छ ?” अहमद, बियरको तालमा । “त्यही त, कुन नैतिकताले दुस्साहस गर्‍यो, म पनि जिल्ल ! खैर, बियर थप्ने ? मलाई तिमीहरूको समर्थन चाहिन्छ । जे चाहिन्छ, भन्नू ! पाँच बर्ष टिकेर देखाउनु छ ।”

“ह्या चीफ सर, जब तक हम हैं, त्यो क्या गम है ! हजुर ढुक्क भएर प्रशासन चलाउने,म छु । हप्तामा एकचोटि यहाँ आउन पाए भयो । सर, मलाई २५ हात्ती पनि चाहिएको थियो, बकरीद मनाउन !” तुरुन्त गोजीमा हात हाल्यो । गनेर दियो । “हजुरको जय होस् चीफ सर !” “देश नै यस्तै छ, म एक्लोले के गर्ने ?” चीफ सरको मनमा ! हरेक शुक्रवार यो जोडी यही स्थानमा हाजिर ।

०००
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सल्लाहकारहरू !

सल्लाहकारहरू !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x