साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाह्रो छ नेता हुन

जाबी थाप्न हिँडूँ कठै म कसरी निर्दोष मान्छे चरा पासो पार्न सके म हाँस्नु कसरी रुन्नन् र आमा धरा ? आफ्नै नाक मुहारमा रहरले को दल्छ कालो कुन ? नेता बन्न ठुलो भयो मनसुवा गाह्रो छ नेता हुन ।

Nepal Telecom ad

बिन्दु दहाल मूकदर्शक :

चोर्ने आदत छैन साधु परियो ढाँट्ने न बानी छ यो
भ्रष्टाचार म गर्न जान्दिनँ कुनै साह्रै नमज्जा भयो
कालो देख्छु सफेद भन्नु कसरी तम्सिन्छु मैलो धुन
नेता बन्न सकिन्न झैँ अब भयो गाह्रो छ नेता हुन ।

ल्याए स्वणर् विमानमा म कसरी चाँदी भनूँ हे हरि
हेर्दा देख्छु म प्रष्ट त्यो सय किलो साठी भनूँ के गरी
कन्या राशि म हुन्न भन्छ मनले मर्दैन मान्छे कुन ?
नेता बन्न ठुलो भयो मनसुवा गाह्रो छ नेता हुन ।

जाबी थाप्न हिँडूँ कठै म कसरी निर्दोष मान्छे चरा
पासो पार्न सके म हाँस्नु कसरी रुन्नन् र आमा धरा ?
आफ्नै नाक मुहारमा रहरले को दल्छ कालो कुन ?
नेता बन्न ठुलो भयो मनसुवा गाह्रो छ नेता हुन ।

अल्छे धूर्त बनी उघूँ सदनमा मान्दैन मेरो मन
सीमासाँध मिचे म चुप्प कसरी रोकी बसूँ धड्कन
आफ्नो राष्ट्र जलाउँदै हृदयले नीरो हुने हो सुन
नेता बन्न ठुलो भयो मनसुवा गाह्रो छ नेता हुन ।

मर्कीको उपचार गर्न कसरी जाऊँ म सिङ्गापुर ?
पारी ध्वस्त सिसी फुटेज कसरी ढाटूँ बनूँ आसुर
बेची नित्य युवा विदेश यसरी सक्ला र को अग्लिन ?
नेता बन्न ठुलो भयो मनसुवा गाह्रो छ नेता हुन ।

०००
दमक, झापा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हामी

हामी

बिन्दु दहाल ‘मूकदर्शक’
देखिन्छ चाल ढर्रा

देखिन्छ चाल ढर्रा

बिन्दु दहाल ‘मूकदर्शक’
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x