साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तँ

तँ भनेर सानो बनाउने जुन एउटा विचारधारा बोकेर हिँडेको समाज छ नि लाग्छ उसले मात्रै संसारमा इज्जत बोकेर हिँडेको छ अरु त संसारमा भात खानु मात्रै जन्म लिएको हो ।

Nepal Telecom ad

कृष्ण शर्मा सुमु :

यो गोरुलाई भनिने शब्द मान्छेमा प्रयोग हुँदा मलाई पटक्कै मन पर्दैन । धनीले गरीबलाई शिक्षितले अशिक्षितलाई भनिने यो शब्दले समाजभित्र ठुलो खाल्डा खन्ने काम गरेको छ । हुन पनि हो । मालिकले नकुरलाई ञओई तँ यता आइज भन्दा कति नमिठो सुनिन्छ ।

मलाई कसैले तपाईं भन्नू मन परेन भने कसलाई तँ भन्ने अधिकार पनि दिँदिनँ । तँ भनेर एउटा पशुको तुलनामा लानु खोज्ने मानिस त नबोलेको ठिक होला जस्तो लाग्छ । कसैको नैतिक अधिकार माथि जबर्जस्ती हेपाइको कालचक्रमा मोलेर कुल्चिनु खोज्छ भन्ने त्यस्ता मान्छेको छेउ नपरेको बेस हो ।

एउटा शिक्षित व्यक्तिले अशिक्षितलाई तँ भनेर बोल्छ भने उसले पढेको सबै ज्ञान नै अहम् बोकेर फुलेको घमण्ड जस्तो लाग्छ । एउटा अफिसरले एउटा चप्रासीलाई तँ भन्छ भने उसले आज सम्म त्यस ठाउँमा प्रजातन्त्रको बीउ रोप्नु नसकेर अझै दासत्व नै स्वीकार भनेर बोलिको छडी लगाएको हो।एउटा प्रिन्सिपलले एउटा नानीलाई तँ भन्छ भने उसले आउने दिनमा कुन प्रकारको नैतिक शिक्षा दिन्छ होला र ? यहाँ ठुलोले सानोलाई हेप्नु नै पर्छ भन्ने शिक्षा दिएको जस्तो लागेन र तपाईंलाई ?

एउटै परिवारमा पति चँै हजुर, ज्यु, तपाईं अरे ! अनि त्यही श्रीमतीलाई तँ शब्द प्रयोग गर्दा तपाईंलाई नारी समानताको कुरा ठिकै हो जस्तो लाग्छ र ? कतै नारीलाई अप्रत्यक्ष रुपमा नै सही दबाउनु खोजेको जस्तो लाग्दैन र ? घरभित्रबाट बाउले तँ शब्द प्रयोग गर्दा बाउले नानीलाई दबाउनु खोजेको जस्तो लागेन र ? तिमी शब्द प्रयोगमा कति नै बल खर्च हुन्छ र ?

नेपाली व्याकरणको शब्दकोषमा भएको यो तँ शब्दलाई त उहिले नै फाल्नुपर्ने हो । तँ शब्दको प्रयोगमा हजुर, ज्यू, तिमी, तपाईं कति मिठो छैन र ? फेरि यो शब्दले कति पो गरिमा बोकेको छ र ?
तँ भन्दा त आफन्त जस्तो लाग्छ रे तब तपाईं, तिमी भन्दा चँै हल गोरु जस्तो लाग्छ र ? गोरुको बरू इज्जत छ जस्तो लाग्छ तर यहाँ तँ शब्द प्रयोग गर्दा नि मलाई रिस उठेर आउँछ । नआउनु पनि किन र हेप्नु सक्नेलाई एउटा अफिसरले पनि तँ भन्छ । निकै सुटबुट लगाएको मान्छे होस न उहीँ अफिसरले ज्यू, हजुर भन्छ । यहाँ कानुनको पुजारीले पनि धनी र गरीब तराजुमा नाप्छ ।

तँ भनेर सानो बनाउने जुन एउटा विचारधारा बोकेर हिँडेको समाज छ नि लाग्छ उसले मात्रै संसारमा इज्जत बोकेर हिँडेको छ अरु त संसारमा भात खानु मात्रै जन्म लिएको हो । एउटा शिक्षित जमातले आफ्नो इज्जत जस्तै अरूको इज्जतलाई समान गर्छ । तँ शब्द शिक्षित जमातको शब्द नै होइन भन्छु म त।एउटा सभ्य समाजको निर्माण गर्दा यस्ता शब्दलाई बिस्तारै हराउनु पर्छ । तँ शब्दले आफन्त, प्रेम, माया बढ्छ होइन उल्टै एउटा पवित्र सम्बन्धलाई बिगार्ने काम पनि गर्छ ।

०००
सिलगढी, भारत ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिहुन चखुवा

तिहुन चखुवा

कृष्ण शर्मा सुमु
पुरस्कार थाप्ने रहर

पुरस्कार थाप्ने रहर

कृष्ण शर्मा सुमु
कस्टमर केयर

कस्टमर केयर

कृष्ण शर्मा सुमु
मेलामा भएको झमेला

मेलामा भएको झमेला

कृष्ण शर्मा सुमु
घर न द्वार हिँडे हरिद्वार

घर न द्वार हिँडे...

कृष्ण शर्मा सुमु
0
Would love your thoughts, please comment.x
()
x