कृष्ण प्रधानबोक्सी+फोक्सी = महाभाइरस
हाङ सी यिङ्गी सी महाभाइरस । (दुवै मरिमरि हाँस्छन् । एकाअर्का अङ्कमाल गर्छन् । शेङपेङ पनि के गरुँ कसो गरुँ हुन्छ)। करेक्ट । हण्ड्रेड पर्सेण्ट करेक्ट । म गोर्खाहरूलाई लाभ कोर्छु । मेरो दिलकै पिस भएकाले समोस्तो गोर्खाहरूको मुटु कलेजाको तकियामा घुम्नो चाहन्छु ।

कृष्ण प्रधान :
दृश्य विवरण : समय साँझपख । हुटर बजाउँदै इन्सपेक्शन बङ्लोमा फोक्सी र उनको व्यक्तिगत सचिव शेङपेङको प्रेवश । उनीहरूलाई बोक्सी, उनका व्यक्तिगत सचिव र अङ्गरक्षक लठिबज्रेले स्वागत गर्छन् । न्यानो अभिवादन आदान-प्रदान ।
फोक्सी – (जम्ले हात गर्दै) नि हाव सुसु ! (बोक्सी कुरा नबुझेर शेङपेङलाई पुलुक्कै हेर्छे)
डुकुलण्ठ – (लजाएर लठीबज्रेलाई हेर्दै) म्याजडमलाई सुसु आयो कि क्यो हो ? यति टाढ़ाबाट हाँकिएर आउनुभएको …गाड़ीले उफारेर उफारेर….
शेङपेङ – (कुरा काट्दै) ….नो…नो नो सुसु । सी सेड गुड इभिनिङ ।
लठिबज्रे – (बोक्सीलाई हेर्दै) म्याडम शुभो सोन्ध्या अरे ।
बोक्सी – ओ…गुड इभिनिङ । गुड इभिनिङ । ( दुवैको मुस्कारन कोठाभरि़ छरिन्छ) ।
फोक्सी – सिङ्गिअनि तबिन यम्बो हाव ।
डुकुलुण्ठ – अनि त विनय पो भन्दैछ कि क्या हो !
शेङपेङ – अरे ! सर…कुरा बुझ्नोस् पैला । प्याच्चै नबोल्नोस् न हजूर ।
फोक्सी – (नकरात्मक मुण्टो हल्लाउँदै) सुङ्गेबि मलथोङ्गी ह ।
लठिबज्रे – बिमल पनि….
बोक्सी – उफ्…बाजे लोकेर नाम किनो लिन्छो म्यामले ? तोपाई क्लियर गरनु ।
शेङपेङ – पहिला परिचय गरिहालुँ भन्दैछिन् म्यामले ।
बोक्सी – एई द्याखो । तिमी गोर्खाहरू नाबुझ बोलछो । भेरी ब्याड । एई कारोण तिमीहरूको यो गाति भाको । पोरिचोयको कुरा कोरतेछा (आफ्नै मान्चेतिर हेर्दै) तिमीहरू बाजे लोकको कुरा गाऱ्यो भोन्छा । अरे बाबा ! माथा ठिक राखो…सोब समय बाजे लोकको कुरा नसोच्नू । (शेङपेङलाई हेर्दै) तुमीले नै पोरिचय कोराउनोस् ।
शेङपेङ – (फोक्सीलाई चिनाउँदै) यहाँको न्वारानको नाम करुणा हो तर अहिले सबैले फोक्सी भन्छन् ।
बोक्सी – वाह ! सुनदोर नाम । (फोक्सी सामान्य मुस्कुराउँछे)
शेङपेङ – मेरो नाम शेङपेङ । फोक्सी म्यामको पर्सनल सेक्रेटेरी ।
बोक्सी – भेरी गुड । (डुकुलण्ठलाई हेर्दै) अच्छा डुकुलण्ठ तुमीले हामी साबैको पोरिचय कोराइदिनोस् ।
डुकुलण्ठ – यहाँ लठिबज्रे यहाँ म्यामको बोडीगार्ड । (लठिबज्रे मस्केर भुतुक्कै हुन्छ) मेरो नाम डुकुलण्ठ… पर्सनल सेक्रेटेरी । अनि यहाँ म्यामको नाम चाहिँ बोक्सी । उनको पनि न्वारानको नाम…
बोक्सी – (बाठी भएर) लाभकुमारी…
शेङपेङ – आव ! रोमाण्टिक नेम (बोक्सी मस्किन्छे) । बट म्याम लभमा लाभ भएन शायद जीवनमा ?
बोक्सी – ठिकि हो । बचपनदेखि पार्टी पोलिटिक्समा लागेकोले लाभतोर्फ एट्रेक्शन भएऩ .
लठिबज्रे – र ता हाम्री म्याम पोल्ट्रीको कन्ये पोथीजस्तै जहिले पनि कन्येको कन्यै ।
फोक्सी – थोङ सि या निबो ।
शेङपेङ – म्याडमले जीवनमा भालेहरू भेटिनन् कि क्या हो भन्दैछिन् ।
लठिबज्रे – छिप्पेको भालेजस्तो पोथीले भाले कहाँबाट पाउँछ ता हौ हन ।
डुकुलुण्ठ – हाम्रोजस्तो कहाँ हो र हाम्री कन्ये पोल्ट्री । हाम्रा पोथीहरू पो पार्टीमा लागे कि यत्तिकै भालेहरूसित लठारेर हिँड़्न थाल्छन् ।
बोक्सी – (जिज्ञासु भावमा) अच्छा एउटा बात समझमा आएन शेङपेङबाबु । उनको बार्थको नाम करुणा फेरि किनो फोक्सी ?
शेङपेङ – उहाँ अहिले संसारभरिका जनता-जनार्दनको फोक्सो कोपर्न व्यस्त र मस्त भएकीले बोक्सी भनिएको हो । (फोक्सी स्वीकारात्मक मुण्टो हल्लाउँछे)
डुकुलुण्ठ – (भावुकतामा आएर) हो हो संसारभरिका लाखौं-लाखहरूका फोक्सो लुछिसकी । अनि हाम्रो लभकुमारी म्यामले पनि ता गोर्खाहरूको मुटु कलेजोमा आँखा गाँड़ेकी हुनाले बोक्सी भनिएको होला ।
बोक्सी – करेक्ट । हण्ड्रेड पर्सेण्ट करेक्ट । म गोर्खाहरूलाई लाभ कोर्छु । मेरो दिलकै पिस भएकाले समोस्तो गोर्खाहरूको मुटु कलेजाको तकियामा घुम्नो चाहन्छु ।
फोक्सी – सुङ्गे तोकोशी सिफोङ ढ्याङ ।
शेङपेङ – मुटुमा घुम्नु थाल्यो भने ता कुनै दिन बुङ्लुङै चित हुन्छ अरे ।
डुकुलुण्ठ – होइन फोक्सो लुछ्न तम्सिने फोक्सी म्यामले घुम्नुको अर्थ बुझ्नुभएन । म्याम भन्नुहुन्छ तमाम् गोर्खाहरूको मुटु कलेजाको सिरानमै सुत्न चाहनुहुन्छ ।
लठिबज्रे – घुम्नु भनेको म्यामहरूको भाषामा चिमिचिमि गर्नु हो ।
फोक्सी – सिया सिय सुङ्ग तोङ्कोशी…सुङ्ग तोङ्कोशी । बोङ्गी फुमठी; फोङ्गी मुमठी ।
शेङपेङ – म्याम भन्नुहुन्छ, हामी दुवै एउटै ग्वालाका गाई रहेछौं ।
बोक्सी – बोङ्गी फुमठी ; फोङ्गी मुमठी । यासको ओर्थो ?
शेङपेङ – बङ्गाल तिम्रो मुठीमा; संसार मेरो मुठीमा ।
बोक्सी – (गजक्क हुँदै) आमी कोरबो जोय…आमी कोरबो जोय ।
फोक्सी – (सोही लयमा) चिङ्गिसिसी चिङ्गि…चिङ्गिसिसी चिङ्गि…
लठबज्रे – चिङ्ग्री माछा ?
बोक्सी – धूर बाद देऊ । चिङ्गरीको कुरा नोकार्नु । लाक़डाउनमा माछमासु साभी बान्दो भाको सोमोयमा चिङ्गरीको नाम लिँदा जिबभरि थुथु आन्छ ।
शेङपेङ – नो चिङ्गरी फिस । सी इज सिङ्गिङ ।
बोक्सी – आई सी…आई सी । स्टार्ट प्लिज । (गीत गाउँछे)
चिङ्गिसिसी चिङ्गि…चिङ्गिसिसी चिङ्गि…
बङ्गसोङ स्वाङ भ्वाङ्ङ….लातोङ पाव बाठङ्ङ
फाङ्फुङ जिन झ्याङ ढ्याङ ।
लठीबज्रे – (भावुकतामा) फोक्सी म्यामको गीत सुनेर ता मलाई ब्रुस लीको झल्झली याद आयो नारायण ! (कराटेको पोज लिएर) आ…उ…हा…झिङा…
(लय हालेर) हेर झिङा भित्तामा लड़्दै पर्दै चढ़्दैछ
पखेटा कस्तो छ इन्द्रेणी रङको छ ।
डुकुलुण्ठ – हेर गोर्खा विचारा परेको छ ट्र्यापमा
सपना कस्तो छ संसारै फाँड़्ने छ ।
शेङपेङ – त्यसका दुइवटा खुट्टामा
राजनीति फेभिकोला टाँस्या छ ।
फोक्सी – स्याङसुङ प्याङ्…स्याङ्सुङ प्याङ
शेङपेङ – यताउति गर्यो कि ल्याङ्फ्याङ ।
बोक्सी – हे माछी मेरो मुठीमा
यताउति कोरन पान्दैन
आटेरी गार्यो उलिकुति पुनि
उठीवास नलाई छोड़्देना छोड़्देना
कोरोनाभन्दा पुनि डेञ्जार मो
आजीवन नतड़्पाई छोड़्देना ।
शेङपेङ – सही सही बिसही बिसही बोक्सीको
कोरोनाले भन्दा पनि आगर हेपेको
के यस्तो भाग्य तिमारको
एक चम्ची पानीमा डुबेर मरेकै राम्रो ।
फोक्सी – सिया सिया सोङ्गी सुङ्ग डिनरसी
शेङपेङ – म्यामले डिनर गर्छु भन्दैछिन् ।
बोक्सी – नो प्रोब्लेम । डिनरमा के लिनुहुन्छ ?
शेङपेङ – (फोक्सीलाई हेर्दै) सुङ्ग डिनरसी खाबा घुसुरे
फोक्सी – सुङतोकचासि राइसिङ भ्यागु घुसुरे ।
लठिबज्रे – यस…यस…भोकचासि थोङ्गी सी ।
डुकुलुण्ठ – होकसिङ थो…
शेङपेङ – म्यामले राइस र भ्यागुती खाने रे ।
बोक्सी – ओ मा । मार्छे गो ।
फोक्सी – साङ हाव तिमी निम्बो खसखस थो ? माई बोडी माई वीस ।
शेङपेङ – तपार्इंले किन यो भन्नुभएको अरे ? किन खसखस परेको भन्दै छिन् ।
बोक्सी – धुर छागोल ।
फोक्सी – ओ माई गाड नो छागोल फ्रग..फ्र्ग…प्यूर इण्डियन फ्रग ।
डुकुलण्ठ – आमामा दाउ पऱ्यो भने ता यो राँड़ीले तिमारको गोर्खा खान्छु भन्नु बेर लाउँदैनजस्तो छ है । (ईशाराले यो के भनेको भनेर शेङपेङलाई सोध्दा उनले कानेखुशी गर्छ )
फोक्सी – नाङ्सु नाङ्सु यूज एण्ड थ्रो हाङ्स्याङ फु । मुखथाङ रामसाङ बगलीङ छुराहाङ नाङ्सु ।
लठिबज्रे (छक्क परेर) मुखथाङ र जिब्रोथाङ, जोरथाङ, अरिथाङ खै के के पो भन्छे ता ।
शेङपेङ तिमारली यूज एण्ड थ्रो गरेजस्तो अनि मुखमा राम रामा बगलीमा छुरा गर्ने खाल्की चै होइन भनेकी नि ।
डुकुलुण्ठ – खै कसरी पत्याउनू ? जुनै जोगी आए पनि कानै चिरेको ।
बोक्सी – अच्छा तिमीहरू डिनार कोरनु जाने । ओके । म एकदोटा कुरा कोरछु । (तीनैजना प्रस्थान) म्याम आई एम प्राउड अफ य़ू ।
फोक्सी – जेङसिङ…जेङसिङ तिङसिङ दोबर थ । (आई एम मोर प्राउड अफ यू डार्लिङ)।
बोक्सी – क्यान आई आस्क यू अ पोर्सोनाल कोइस्चान ?
फोक्सी – जेङसिङ जेङसिङ । यूसिड क्यूड नङ ? (येस येस । ह्वाई नट ? )
बोक्सी – क्यान यू गिभ मी लिटाल बिट आफ योर भाइरस ?
फोक्सी – (आँखा ठूल्ठूला पार्दै) बट ह्वाई ? वाई सूड आई गिभ यू माई भाइरस ?
बोक्सी – ओह… माई गाड ! किप साइलेन्स । दिस इज कान्फिडेन्सियाल ।
फोक्सी – ओह सरी । तोङ सि सोओ थोङ भाइरस (यू अलरेडी ह्याभ मोर भाइरस द्यान मी।)
बोक्सी – रियाल्ली !
फोक्सी – जेङसिङ जेङसिङ । ह्वान ह्वाङ ? (येस येस । ह्वाई नट ?)
बोक्सी – बाट हाउ क्यान यू प्रुफ ?
फोक्सी – तोङ सिसोओ जिया जिन फ्याक्ल्याकोङ बोर्ड भाइरस । (एउटा सिङ्गो जातिलाई सात आठ फ्याक्ला पारेर बोर्ड भाइरस छरिनौ !?)
बोक्सी – ओ…द्याट इज माई स्ट्र्याटिजी ।
फोक्सी – लोङ सिसो मोङ मिसो सेमङ्याङसो कुङभिङडोस्योङ (तिमी र म एकै ड्याङका कुभिण्डौ रहेछौं) । (शेङपेङको प्रवेश)
बोक्सी – ओ माई गाड । (दुवै मुस्कुराउँछन्) शेङपेङबाबु म्याम र म एउटै एउटै भाइरस रहेछौं । कमिङ इलेक्शनमा मो टिकाट दिन्छो । (फोक्सी कुरा नबुझेर शेङपेङको मुख हेर्छे)
शेङपेङ – (फोक्सीलाई देखाउँदै) ने (बोक्सीलाई देखाउँदै) सी तोङ्कोशी भाइरस…सुङ्गे इलेक्शन ने थोगी टिकट सिओसो ।
फोक्सी – (खुसी हुँदै) आऊ माई प्लेजर ।
शेङपेङ – (गजक्क हुँदै) बोक्सी प्लश फोक्सी इक्वाल्टु महाबोक्सी ।
फोक्सी – हाङ सी यिङ्गी सी महाभाइरस ।
बोक्सी – (सोही संवाद दोहोऱ्याउँदै) हाङ सी यिङ्गी सी महाभाइरस । (दुवै मरिमरि हाँस्छन् । एकाअर्का अङ्कमाल गर्छन् । शेङपेङ पनि के गरुँ कसो गरुँ हुन्छ)।
शेङपेङ – (पछिल्तिरबाट दुवैलाई अङ्कमाल गर्न तर्खरिँदै) हाङ सी यिङ्गी सी हाम्रो चैं मुटु, कलेजो, फोक्सो, किडनी छिल्लीबिल्ली ल्याङ्फ्याङ ढ्याङ्सी । (पछिल्तिरबाट अङ्कमाल गर्छ)
बिस्तारै पर्दा खस्छ ।
०००
सिलिगुड़ी (भारत)
Subscribe
Login
0 Comments
Oldest








































