साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हजुरआमाबाट नातिलाई डिजिटल सन्देश

लुगा धुन सिकिराख्नू, बढार्न नि जानिराखेस् जुग उल्ट्यो हेर केटा मैँ हुँ भो नठानिराखेस् । नातिनीबुहारी आफ्नै हो खप्की सहन्छु गुना न है टुङ्टुङ् म्यासेज आइसक्यो मलाई पनि सुना न है ।

Nepal Telecom ad

संप्रस पौडेल :

फेसबुक हेर् न मोरा को-को छन् अनलाइनाँ
अरूका देब्रे होलान्, तेरा होउन् भौमान् दाहिना ।

राम्री स्वभावकी खोजी भित्र्याउनु नातिनी बुहारी
मायालु रिप्लाई अर्नु, नअर्नु अनलाइने जुहारी ।

राम्रो होस्, फ्रेन्ड सर्कल नहेर्नु भो जातपात
बात मारौँ न एकचोटी लाइदे स्काइपबाट ।

पाइन्ट च्यातेकै लाओस्, भोटो उध्रेकै होस् बरू,
बिग्रेको हैन नाति, रिह्याबमा सुध्रेकै होस् बरू ।

प्यारी हेर्नु आफ्नालागि, काली या गोरी कलर,
मोमकी प्यारी मो, बुढी सासुकी हुँदा के होला र !

फोटोमा पाउट मुख अरे नि ट्याग धेरै नअरेको होस्,
बानी केही छुच्ची भए नि प्याचअप अन्त नपरेको होस् ।

गाली नै गरे पनि, माया नमार्ने भैदिए
ढुक्कले मर्थेँ नाति ‘ब्लक नहान्ने’ भैदिए ।

खान केही चाहिएन आमोई भन्दे पुग्छ हे,
व्हाट्स एप लाइदे न, सर्कलमा कुन छ हे ।

बुद्धी यस्तो नहोस्, कपालमा जुम्रा भगाउन भनी
एकै भाँडो किराको दबाई नघुट्काउने तन्तनी ।

डाक्टर भन्ला दुई घण्टा अघि नै ल्याउनुपर्दर्थ्यो,
बीष खाएकै आधि घण्टा भो, अरू के गर्नुपर्दथ्यो?

घरैभरि चुईँचुईँ मुसाले खुबै सताए बुढो भनी
नलाओस् आगो घर सिध्देला, मुसा मर्दैनन् तैपनि ।

टिकटकमा लाइभ बसोस् कि, बरण्डाबाट खसोस्,
चियामा बेसार नहालोस्, इन्स्टामा कम नै फसोस् ।

पीँढी बढार्दै माइतीमा कम्मर भाँच्यो सिधै नभनोस्
जागिर खान गएकै दिन हाकिमले बिदाई नगरोस् ।

तैँले पनि नाति घरको काम सिक्दै गर्नु अब
गोलभेँडा पोल्दैकन अचार पिस्दै गर्नु अब ।

लुगा धुन सिकिराख्नू, बढार्न नि जानिराखेस्
जुग उल्ट्यो हेर केटा मैँ हुँ भो नठानिराखेस् ।

नातिनीबुहारी आफ्नै हो खप्की सहन्छु गुना न है
टुङ्टुङ् म्यासेज आइसक्यो मलाई पनि सुना न है ।

०००
मनहरी-५, मकवानपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x