कृष्ण शर्मा सुमुइंग्लिसको मार
ठुटे इंग्लिस निकै समालिँदै भन्यो, ‘होइन कि भाइ त्यो विदेशीले मलाई यसो भन्यो यति राम्रो इंग्लिस बोल्ने यस्तो ज्ञानी मानिस किन यो गाउँमा बसेको भनेर भन्यो ।’

कृष्ण शर्मा सुमु :
एकजना मानिस विदेशबाट घर फर्केछ । उसले धेरै अनुभव भन्दा पनि धेरै नक्कल सिकेर आएछ । जोसँग बोल्दा पनि ठुटे इंग्लिसमा बोल्ने भएर होला, उसको इंग्लिस नबुझेर गाउँ घरका साधारण छिमेकी अनुहार मात्रै हेरेर हाँस्थे । यसरी इंग्लिसमा ज्ञान भएको ऊ मात्रै थियो भन्दा हुन्छ त्यो गाउँमा …..।
एकदिनको कुरा गाउँको समस्या अनि समस्याको हल गर्नुको निम्ति एकजना विदेशी यात्री त्यही गाउँमा आएछ । विदेशी यात्रीले भनेको कुरा कसैले नबुझेपछि गाउँले त्यही ठुटे इंग्लिस बोल्नेलाई विदेशीसित बोल्ने अनुरोध गरेछन् ।
उसले पनि भाव खोज्दै भए पनि विदेशीसित बोल्नु पुगेछ । जे भने पनि थभक थभक, लय लय मात्रैे भनेको थिएछ ।
विदेशीले बुझ्यो यसलाई इंग्लिस नआउने रहेछ । यसले गाउँलाई ठगेको अनुमान लगाएपछि विदेशीले उठेर एक झापट दिएछ ।
विदेशीसित गाउँको समस्याको विषयमा कुरा हुनू नसकेको विषय लिएर विदेशी त्यस गाउँबाट गयो ।
यता ठुटे इंग्लिस बोल्नेले मार खाएको देखेर एउटा भाइले सोध्यो, ‘दाजु तपाईंलाई झापट हानेर गयो, आखिर तपाईं दुईको बीचमा के बात भयो र ?’
ठुटे इंग्लिस निकै समालिँदै भन्यो, ‘होइन कि भाइ त्यो विदेशीले मलाई यसो भन्यो यति राम्रो इंग्लिस बोल्ने यस्तो ज्ञानी मानिस किन यो गाउँमा बसेको भनेर भन्यो ।’
तब झापट चैँ किन हानेको त दाजु ?
मलाई विदेश हिँड भन्यो । मैले भनिदिए गाउँ नै प्यारो छ भन्दा मोराले हिँड कि हिँड, यो लठुवाहरूसित नबस भन्यो । तब मलाई रिस उठ्यो गाउँमा यो कुरा भने तेरो पाता कस्छ भनेपछि तँ लाटा रहेछस् भनेर हानेको भन्दै घरतिर लाग्यो ।
०००
सिलगडी, भारत
Subscribe
Login
0 Comments
Oldest







































