साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

कहिले कुन व्याधालाई बोकेर खोला तार्नुपर्छ कहिले कुन गधालाई पिर्का चढाउनु र झार्नुपर्छ ए बा ! हलो जोत्छु बरु बुट बजार्न जान्न, त्यहाँ त निर्दोषलाई डण्डा र अपराधीलाई सलोट मार्नुपर्छ !

Nepal Telecom ad

डा. रुपक श्रेष्ठ :

१.
अस्ति मिर्गौला पीडित दाजू निलहरि देखेँ तिम्रै याद आयो
तीजमा भाउजूको मादलजत्रै तिलहरि देखेँ तिम्रै याद आयो
खै, किन किन आजकाल तिम्रो यस्तो झल्को आउँछ के भनूँ
आज बिहानै फेरि पशुपतिको जलहरि देखेँ तिम्रै याद आयो !

२.
हेर्दाहेर्दै कहिले प्रियसी कहिले आमा बनाइदिन्छ
परेवालाई रुमाल र रुमाललाई जामा बनाइदिन्छ
अद्वितीय छन् हाम्रा जादुगर पी सि सरकार पनि
त्यही धातु समाउँदा सुन र बुझाउँदा तामा बनाइदिन्छ !


कहिले कुन व्याधालाई बोकेर खोला तार्नुपर्छ
कहिले कुन गधालाई पिर्का चढाउनु र झार्नुपर्छ
ए बा ! हलो जोत्छु बरु बुट बजार्न जान्न, त्यहाँ त
निर्दोषलाई डण्डा र अपराधीलाई सलोट मार्नुपर्छ !


रोकि दे ! भनेपछि थाना रोकिन्छ अदालत रोकिन्छ
तोकि दे भनेपछि निर्दोष नै होस् सजाय तोकिन्छ
होलि वाईन छर्किएर आजकालका दुर्वासाहरूले
चोखि दे ! भनेपछि जस्तै अपराधी पनि चोखिन्छ ।

०००
बेलायत ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x