साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बा

बाको निधारमा मैले कहिल्यै थकान देखिनँ काँधमा जिम्मेवारी र कर्तव्यको भारी बोकेर सन्ततिका रहरहरूलाई गोडमेल गर्दै अभावहरूसँग हाँस्दै जुधिरहनु भो ।

Nepal Telecom ad

किशन पौडेल :

बा
अभावका पहाडहरू बोकेर
मुगलानतिर भासिनु भो
दस नङ्ग्रा खियाएर
सन्ततिका सुन्दर भविष्य गोडमेल गर्दै
सुस्केरामा मिठो भाका भर्दै
सारङ्गीका तारहरूझैँ रेटिनु भो ।

बा
पौरखी हातहरू लिएर
दरिलो छाती फैलाएर
फौजीमा भर्ती हुनु भो
सन्ततिहरूको भविष्य सुनिश्चित गर्न
अरूकै शत्रुहरूसँग लड्दै
बहादुर बन्नु भो ।

बा
एक हल गोरुहरू नारेर
पाटेबारीमा दिनभरि
गोरुसँगै नाचिरहनु भो
सन्ततिका सपनाहरू बुन्दै
खेतका गह्राहरूमा
कोदालीसँग परेड खेलिरहनु भो ।
दिनभरि बाउसे गरेर थाक्नु भएको
बाको निधारमा
मैले कहिल्यै थकान देखिनँ
काँधमा जिम्मेवारी
र कर्तव्यको भारी बोकेर
सन्ततिका रहरहरूलाई गोडमेल गर्दै
अभावहरूसँग हाँस्दै जुधिरहनु भो ।

खै पीडाहरू पनि
कहाँ लुकाउनु हुन्छ बा
कहिल्यै बाँड्ने कोसिस गर्नुभएन
गुजमुज्ज परेका पन्नाजस्तै
चाउरी परेका बाका अनुहारमा
पीडाका वक्र रेखाहरू देखिन्छन्
खोपिल्टा परेका गालाहरू
दुःखका गहिरो सागर जस्तै लाग्छ ।

ती पौरखी हातहरू
बहादुर छाती
त्यो स्वाभिमानी शिर
आदर्श र सङ्घर्षको प्रतीक बनेर
पहाड झैँ अटल भएर उभिएको छ
मेरो मानसपटलमा
मेरो स्मृतिमा !

०००
हेटौंँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अग्निपरीक्षा

अग्निपरीक्षा

किशन पाैडेल
नियति

नियति

किशन पाैडेल
नियति

नियति

किशन पाैडेल
झोला

झोला

किशन पाैडेल
कमरेडहरू

कमरेडहरू

किशन पाैडेल
ख्याल गर्नुस्

ख्याल गर्नुस्

किशन पाैडेल
अब आसिकले परिपूर्ण भयौँ

अब आसिकले परिपूर्ण भयौँ

दीनानाथ पाेखरेल
सधैँ ज्येष्ठसाथ !

सधैँ ज्येष्ठसाथ !

कविराज घिमिरे
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

बिन्दु दहाल ‘मूकदर्शक’
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

चेवनचन्द्र बस्नेत
दसैँ मान्न पाऊँ सधैं ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैं...

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x