साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बा

बाको निधारमा मैले कहिल्यै थकान देखिनँ काँधमा जिम्मेवारी र कर्तव्यको भारी बोकेर सन्ततिका रहरहरूलाई गोडमेल गर्दै अभावहरूसँग हाँस्दै जुधिरहनु भो ।

Nepal Telecom ad

किशन पौडेल :

बा
अभावका पहाडहरू बोकेर
मुगलानतिर भासिनु भो
दस नङ्ग्रा खियाएर
सन्ततिका सुन्दर भविष्य गोडमेल गर्दै
सुस्केरामा मिठो भाका भर्दै
सारङ्गीका तारहरूझैँ रेटिनु भो ।

बा
पौरखी हातहरू लिएर
दरिलो छाती फैलाएर
फौजीमा भर्ती हुनु भो
सन्ततिहरूको भविष्य सुनिश्चित गर्न
अरूकै शत्रुहरूसँग लड्दै
बहादुर बन्नु भो ।

बा
एक हल गोरुहरू नारेर
पाटेबारीमा दिनभरि
गोरुसँगै नाचिरहनु भो
सन्ततिका सपनाहरू बुन्दै
खेतका गह्राहरूमा
कोदालीसँग परेड खेलिरहनु भो ।
दिनभरि बाउसे गरेर थाक्नु भएको
बाको निधारमा
मैले कहिल्यै थकान देखिनँ
काँधमा जिम्मेवारी
र कर्तव्यको भारी बोकेर
सन्ततिका रहरहरूलाई गोडमेल गर्दै
अभावहरूसँग हाँस्दै जुधिरहनु भो ।

खै पीडाहरू पनि
कहाँ लुकाउनु हुन्छ बा
कहिल्यै बाँड्ने कोसिस गर्नुभएन
गुजमुज्ज परेका पन्नाजस्तै
चाउरी परेका बाका अनुहारमा
पीडाका वक्र रेखाहरू देखिन्छन्
खोपिल्टा परेका गालाहरू
दुःखका गहिरो सागर जस्तै लाग्छ ।

ती पौरखी हातहरू
बहादुर छाती
त्यो स्वाभिमानी शिर
आदर्श र सङ्घर्षको प्रतीक बनेर
पहाड झैँ अटल भएर उभिएको छ
मेरो मानसपटलमा
मेरो स्मृतिमा !

०००
हेटौंँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नियति

नियति

किशन पाैडेल
झोला

झोला

किशन पाैडेल
कमरेडहरू

कमरेडहरू

किशन पाैडेल
ख्याल गर्नुस्

ख्याल गर्नुस्

किशन पाैडेल
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
छ हाइकु

छ हाइकु

किशन पाैडेल
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x