साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो सिद्धान्त विहीन सिद्धान्त

भोलिको समस्या बारे सोच्नु भोलिको बुद्धिलाई जिम्मा लगाई यसर्थ नै मानवीय असम्पूर्ण विवेक र मेरो अपरिपक्व बुद्धिलाई आजैदेखि म सिद्धान्तको कमारो बनाएर राख्दिनँ- यही मेरो सिद्धान्त हो।

Nepal Telecom ad

रामलाल अधिकारी :

‘महान् व्यक्तिहरूको एउटा न एउटा सिद्धान्त हुन्छ’ रे । के राजनीतिज्ञ, के सङ्गीतज्ञ, के साहित्यक र के महात्मा सबैको आफ्नो सिद्धान्त हुनु स्वाभाविक र अति अनिवार्य पनि हो रे । त्यसैले एक दुईवटा रचना मात्रै लेख्ने म बबुरोलाई मेरा साथीहरू मेरा साहित्यिक मान्यता र सिद्धान्त के छ भनी सोध्छन् र उत्तर दिन अकमकाउँदा मलाई सिद्धान्तविहीन साहित्यिक पनि भन्छन् । तर मलाई भने सिद्धान्त भएको मान्छे मात्र साहित्यमा प्रवेश गर्न पाउँछन् भन्ने विश्वास पटक्कै लाग्दैन ।

सिद्धान्त भनेको एउटा गोहो हो जसलाई अनुसरण गरी हामी आफ्ना लक्ष्यमा पुग्न सक्छौँ । सिद्धान्त एउटा मुङ्ग्रो झुन्ड्याइ हो, काम र बाटो बिराउँदा आफै आई थाप्लामा आई बजारिन्छ । सिद्धान्त शिशुका अभिभावक झैं र युवकका निम्ति मार्ग दर्शक वस्तु बाहुनका छोराको व्रतबन्ध जस्तै हो।

सिद्धान्त बाटाका दुवैतिर कोरिएको सीमित रेखा हो जुन भित्रबाट मात्रै हामीले हिँड्ने अभ्यास सधैं गर्नुपर्छ तर मलाई ता संसाररूपी खुला र विस्तृत मैदानमा निर्वाध हिँड्न गोहो चाहिँदैन, झार, जङ्गल र काँडाले भरिएको बाटोमा पुगिहाले भने तिनलाई फाँडेर पनि ढिलो होस्, छिटो एक दिन अवश्य आफ्नो लक्ष्यमा पुगि छोड्नेछु । मलाई यसरी स्वच्छन्द हिँड्न र कहिले दगुर्न औ कहिले बिसाउन पनि मन लाग्छ हुनाले पनि मलाई कुनै हुन त सिद्धान्तका अवगुण मात्रै हुन्छन् भन्ने कुरो पनि होइन । यसरी अवगुण अवगुणले भरिएका कुनै कुरा संसारमा हुँदा रहेछन् भने तिनको गुण पनि अन्वेषण गरे केही ठ्याम्मै हात नलाग्ने पनि होइन । सिद्धान्त लिएर सिद्धान्त लिन मन पर्दैन ।

आफ्ना उद्देश्य र लक्ष्यमा अघि बढ्न पाए बाटो छोटो र सजिलो हुँदो हो तथापि नव विवाहिता गाउँले दुलहीले गोडामा काँडा बुट्टे कल्ली लाएजस्तो सिद्धान्त सिउरिएर यो कण्टकाकीर्ण पथमा कतै नअल्झिई सुरुसुरु लक्ष्यमै पुग्न सकिन्छ भन्ने पनि कनै किटान छैन । मलाई मेरा एक दुई जना हितेच्छुक पाठकहरूले तपाई किन लेख्नु हुन्छ ? भनेर नसोधेका पनि होइनन् । तथापि तिनका उत्तर कस्ता प्रकारले दिने हो भन्ने कुरामा मलाई सदैव अफ्ठ्यारो पर्दै जीवनका निम्ति, आफ्नै निम्ति वा प्रेमिकाका निम्ति धनका निम्ति वा ऋणका आएको हो। म यसका निम्ति वा त्यसका निम्ति लेख्छु कलाका निम्ति वा निम्ति । किन लेख्छु सो आफै पनि साँच्चै भन्नु हो भने जान्दिन ।

नढाँटी भन्नु हो भने साहित्यिक उद्देश्यको कुनै सिद्धान्त पनि मेरो पक्षमा मिल्ने खालको छैन । म न ता जीवनका निम्ति लेख्छ, न कलाका निम्ति । फेरि मेरा लेखाइमा कला हुन्छ नै भन्ने पनि त कुनै तोक छैन । यशका निम्ति लेख्छु भनौं भने हाम्रो जातिमा मरेमछि कलाकार र साहित्यकारहरूले यश प्राप्त गर्ने गरेको तथ्यसँग पनि परिचित छदैछ । त्यसैले चाँडै यश प्राप्त गरिहालूँ भन्ने हतारमा कहीं आत्महत्या गरेर ‘नरहे बाँस नबजे बाँसुरी’ होला कि भन्ने डर छदैछ किनभने म चाहिँ यो संसारमा यशविहीन भएरै भए पनि धेरै दिन बाँच्न चाहने हुँ।

र म ता लेख्छु तब मात्र जब मलाई केही कुरा भन्न भित्रैबाट साह्रै मुख चिलाएर आउँछ । त्यसबेला म अर्थ न बर्थका कुरा पनि लेख्छु । सायद यो निबन्ध पनि त्यस्तै हुन सक्ला !) दिनै कार्यक्रम बनाएर लेख्ने मेरो फुर्सद पनि छैन, गिदी पनि छैन । जब लेख्ने कुत्कुती चलेर आउने, खाता र कलम आफूसँग हुने स्थितिको योग फुर्सदसँग हुन्छ तब मात्र लेख्छु । अनि जे मनमा आयो त्यही लेख्छु- जे पनि लेख्छु – आखिर मेरो कुनै सिद्धान्त नै ता छैन ।

म त संसारमा डुलीडुली रमिता हेर्न आएको । मलाई भगवान्ले उनको घरसौदा किनाउनलाई यहाँ पठाएका होइनन् । त्यसैले ढिलो भए कसैको गाली सहनु पर्ला भन्ने डर पनि ता छैन । फलानाको पसलबाट फलानो थोक लिएर आएस् सिलगढीमा हर्र रिक्सामा चढेर हिँड्नु पर्छ । सके अझ जल्दीले लिएर चलो पनि भन्नु पर्छ । सिद्धान्त जस्तो रिक्सावालालाई तर मलाई त रमिता हेन पठाएको जीवनरूपी सडकमा घुम्घुम्ती पैदले हिँड्दा जेजस्तो देख्छु, त्यस्तै लेख्छु । म हिँड्दै गरेका बाटोमा मदारीले बाँदर नचाउँदै गरेको देखे एकछिन त्यहीँ भुलिएर म हास्यरसमा लेख्छु । अलिक पर पुगेर कसैको चिता सल्किरहेको देख्दा भएको प्रतिक्रिया व्यक्त भएको निराशावादी कविता पढेर मलाई कसैले निराशावादी नभनुन् जब कि अलिक वरै मैले विवाहको जन्ती देखेर आशावादी रचना गरिसकेको हुन्छु । 

त्यसैले म त भन्छु सिद्धान्तको र बाल विवाहको समस्यामा कति पनि फरक छैन । सिद्धान्त लिएर मानिलियौं, हामी दार्जिलिङबाट कलकत्ता । घण्टाभित्रमा पुग्न सकौंला अरे तर सिलगढी पुग्दा अलि पर जलपाइगढीमा आदिकवि भानुभक्त आचार्य पुनः अवतार लिएर आई रेलवे स्टेसनमा बसेका छन् अरे भन्ने सुने कुन हुस्सू नेपाली साहित्यप्रेमी होला उनको दर्शन गर्न छोडी कलकतै ताक्ने।

मैले जब कुनै समस्याको समाधान गर्नुपर्छ म सिद्धान्त विहीन विवेकले मात्र त्यसो गर्ने चेष्टा गर्छ । मैले जब केही सोच्नुपर्छ, एउटा स्वतन्त्र उन्मुक्त भएर सोच्ने र आफ्नो निर्णय दिने गर्छ । संसार नै परिवर्तनशील छ भने मेरो बुद्धि र चेतना पनि त परिवर्तनशील नै होला । मेरो विवेक शक्ति र बुद्धिको जति तागत र उमेर छ, त्यसैमा निर्भर म सोच्छु । भोलिको समस्या बारे सोच्नु भोलिको बुद्धिलाई जिम्मा लगाई यसर्थ नै मानवीय असम्पूर्ण विवेक र मेरो अपरिपक्व बुद्धिलाई आजैदेखि म सिद्धान्तको कमारो बनाएर राख्दिनँ- यही मेरो सिद्धान्त हो।

मान्छे भएर जन्मिएपछि मान्छेसँग सिङ नजोडी शान्तिपूर्वक बाँच्नु र बाच्न दिनुछ भने सिद्धान्त विहीन भई बाँच्न सक्नुपर्छ- यस्तै छ मेरो सिद्धान्त विहीन सिद्धान्त।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x