डिल्लीप्रसाद मूलतिहुनधरोधर्म गर्छु (६)
बन्चरो, खुकुरी, खुर्पा, भाला, चक्कुहरू सबै यिनैले हो बिगारेको म बिर्सन्न बुझ्यौ कवै । नौलो जुक्ति लगाएर नयाँ कानुन ल्याउँछु आफ्नो गल्ती हुनासाथ यस्तै अर्थ लगाउँछु ।।

डिल्लीप्रसाद मूलतिहुन :
आफै चोर भगाएर भन्नुपर्छ समाउँछु
आत्मा भन्छ इमान्दार च्यापेपछि रमाउँछु (५१)
थैलो दिन्छु कुनैबेला तिनै चोर जगाउँछु
ल्यायो भने कमाएर अंशबण्डा लगाउँछु (५२)
रित्याइ निमुखा आफ्नो थैलो सधैं म भर्दछु
गर्छु समाजको सेवा भन्ने नाटक गर्दछु (५३)
बाँच्नेका सामुमा पर्दा बात मार्छु बँचाउँने
मरेका लाशमा टेकी मैहूँ नाच्न रुचाउने (५४)
दुखीका घरमा पुग्दा दुखीछु भन्न भ्याउने
मेरो जिब्रो चमत्कारी सबैथोक मिलाउने (५५)
हत्याहिंसा बढाएर अशान्ति खोज्छु ल्याउन
मार्नेलाई पुरस्कार लागि पर्छु दिलाउन (५६)
सम्झाउने कला मैले सिकेकोछु बडो नयाँ
शोकनै शक्ति हो भन्दै फकाउँछु जहाँतहाँ (५७)
मरेको फर्कने हैन नखोज परिवारले
गल्ती मानिसको छैन गरेको हतियारले (५८)
बन्चरो, खुकुरी, खुर्पा, भाला, चक्कुहरू सबै
यिनैले हो बिगारेको म बिर्सन्न बुझ्यौ कवै (५९)
नौलो जुक्ति लगाएर नयाँ कानुन ल्याउँछु
आफ्नो गल्ती हुनासाथ यस्तै अर्थ लगाउँछु (६०)
क्रमशः
०००
चाँगुनारायण, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest








































