साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रियता

टाउको उठाएर गुरुका आँखामा हेर्दै बोल्यो, ‘मेरो तन नेपालमा छ । रगतको नाता अन्तरदेशीय स्थानमा फैलिएको छ । अनि मेरो मन तीनतिर बाँडिएको छ । अब तपाईं भन्नुहोस् गुरु मेरो राष्ट्रियता के हो ?’

Nepal Telecom ad

डा. कुसुमाकर शर्मा गौतम :

सामाजिक पढाउने गुरुले आज पढाउने शीर्षक कालोपाटीमा लेख्नु अघि विद्यार्थीहरूलाई सोध्नु भयो, ‘हामी कुन देशका नागरिक हौँ ?’

‘नेपाल’ सबैले एक स्वरमा जवाफ दिए । ‘हामी नेपालका नागरिक हौँ भने हाम्रो राष्ट्रियता के हो?’ गुरुले दोश्रो प्रश्न सोध्नु भयो ।

‘हाम्रो राष्ट्रियता नेपाली हो ।’ सबैले एकै स्वरमा उत्तर दिए ।

गुरुले कालोपाटीमा आज पढाउने शीर्षकको नाम लेख्नु भयो ‘राष्ट्रियता’ । लेखिसकेर विद्यार्थीतिर फर्कनु भयो । यसो हेर्दा पीटर गोर्खाली कुनै उत्तर नदिएर चुपचाप बसेको देख्नु भयो । गुरुले पीटरलाई सोध्नु भयो, ‘तिमी किन चुपचाप छौ पीटर ?’

‘मेरो बुवा चाइनिज हुन र मेरी आमा मलयाली (केरलाकी) हुन् । बुवाले पच्चीस वर्षदेखि नेपालमा जलविद्युत उत्पादनको कम्पनीमा काम गर्नुहुन्छ । मेरी आमा त्यही जलविद्युत कम्पनीको एकाउन्टेन्ट भएर पन्ध्र वर्षदेखि नेपालमा काम गर्दै हुनुहुन्छ । दश वर्षअघि उहाँहरूले विवाह गर्नु भयो । म जन्मनुअघि मात्र उहाँहरूले नेपालको नागरिकता पाउनु भयो । त्यसैले म जन्मदै नेपालको नागरिक हूँ । नेपालमा जन्मिएकोले मेरो थर गोर्खाली राखे ।’ एकै सासमा पिटरले आफ्नो कथा बतायो ।

‘तिम्रो नागरिकता नेपाली भएपछि त तिम्रो राष्ट्रियता पनि नेपाली नै भयो नि । हैन र?’ गुरुले फेरि सोध्नु भयो ।

पीटरले अनुहारमा मुस्कान ल्याउँदै भन्यो, ‘म चाइनिज हजुरआमालाई धेरै माया गर्छु । उहाँ बुद्धको पूजा गर्नुहुन्छ । अनि प्रत्येक गर्मीको छुट्टीमा उहाँलाई भेट्न चीन जान्छु । हजुरआमाको हातको खाना यति मीठो हुन्छ कि ? सम्झँदै मुख रसाउँछ । भारतको केरलाका बाजे बज्यै मलाई असाध्यै माया गर्नु हुन्छ । उहाँहरू क्रिश्चियन हुनुहुन्छ । मलाई केरलको समुद्री किनार, त्यहाँको नाचगान र संस्कृति मनपर्छ । त्यसैले प्रत्येक जाडो याममा म केरला जान्छु । म चाइनिज बोल्छु, मलायली पनि मज्जासँग बोल्छु । म नेपालमा जन्मिएको हुनाले यहीँ नेपालीमा शिक्षा दिक्षा लिदै छु ।’

टाउको उठाएर गुरुका आँखामा हेर्दै बोल्यो, ‘मेरो तन नेपालमा छ । रगतको नाता अन्तरदेशीय स्थानमा फैलिएको छ । अनि मेरो मन तीनतिर बाँडिएको छ । अब तपाईं भन्नुहोस् गुरु मेरो राष्ट्रियता के हो ?’

०००
रुकुमकोट रुकुम पूर्व
हाल एडमन्टन, क्यानाडा

कार्टुन साभार : नागरिक न्युज डटकम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुखियाको पार्टी

मुखियाको पार्टी

डा.कुसुमाकर शर्मा गाैतम
नक्कली झोला

नक्कली झोला

डा.कुसुमाकर शर्मा गाैतम
फोन कल

फोन कल

डा.कुसुमाकर शर्मा गाैतम
सम्मान

सम्मान

डा.कुसुमाकर शर्मा गाैतम
इच्छा मरण

इच्छा मरण

डा.कुसुमाकर शर्मा गाैतम
सल्लाहकार

सल्लाहकार

डा.कुसुमाकर शर्मा गाैतम
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x