साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुत्ताभक्ति

मानिसको लात्ती खाएका दुवै मानिस दुःखी थिए तर मालिकले दिएको लात्तीले सुखको अनुभूति गरे । भनिन्छ, त्यही दिनदेखि मानिसको गाला पुक्क फुलेको हो रे ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

एउटा गाउँमा एउटा कुत्ताले मान्छे पाल्यो । कुकुरले चाहिँ भक्त मान्छे चाहेको थियो । कतैबाट आउँदा कुत्ताले मान्छेको प्रेम खोज्थ्यो । कुत्ता अलिक सम्पन्न थियो । मानिसले कुत्तालाई खुसी पार्न सकेको दिन आफ्नो गाडीमा घुमाउन लैजान्थ्यो । रेस्टुराँमा खाना पनि खुवाउँथ्यो ।

छिमेकी कुत्ताले पनि मान्छे राख्यो । गाउँको दुई कुत्ता परिवारमा मान्छे राखिएपछि मान्छेबिच चिनजान भयो । कुकुरहरुले विचार गरे – मान्छेबिच चिनजान बढ्न दिनु हुँदैन ।

दुवै छिमेकीले मानिसलाई एक ठाउँमा राखेर अह्राए – ‘आ-आफ्नो लात्तीले मानिसको मुखमा हिर्काऊ ।’
मालिकसित प्रश्न गर्ने साहस भएन मानिसमा । एकले अर्कालाई जोरले मुखमा हिर्कायो लात्तीले । कुत्ताहरु खुब खुसी भए । र, एकचोटि फेरि हिर्काउनलाई भने अर्को लात्तीले । मानिसहरूले त्यसै गरे ।

एउटा कुत्तालाई चित्त बुझेन । त्यस कुत्ताले आफूले पालेको मानिसलाई आफ्नै लात्तले हिर्कायो । अर्को कुत्ताले पनि त्यसै गर्‍यो ।

मानिसको लात्ती खाएका दुवै मानिस दुःखी थिए तर मालिकले दिएको लात्तीले सुखको अनुभूति गरे । भनिन्छ, त्यही दिनदेखि मानिसको गाला पुक्क फुलेको हो रे ।

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x