जाफ्नाको स्याल
अलिकदिन धैर्य गर न बाबु जसरी एउटा छुद्र तथा मूर्ख प्रधानमन्त्रीले तमिलनाडुका तमिलहरूलाई श्रीलङ्काली बनाइ मारिन उक्साएर हाम्रो भोजनको व्यवस्था गरेको थियो त्यसै गरेर अर्काले विहारीलाई नेपाली बनाइ मारिन उक्साउँदै छ रे क्या...
जीवन दाहाल :
‘आमा अब पनि यो देशमा बसिरहने हो भने त हाड र छालामात्र बाँकी रहेको हाम्रो ज्यान पनि न बच्ने भो त्यसैले यो देश छोडेर अन्तै जाउँ न’-श्रीलङ्काको जाफनामा बसोबास गर्दै आइ रहेका स्यालको छाउराले भन्यो आमालाई ।
‘खै कहाँ जाने होला र बाबु आजसम्म यहि जाफ्ना छोडेर त कतै गइएको हैन झन देशै छोडेर बिरानो मुलुकमा कसरी ज्यान बचाउँन सकिएला र ? खानै नपाएर देश परित्याग गरेको खिसिटिउरिका बिचमा’-आमाले द्विविधामा पर्दै भनी ।
‘सिरिया भन्ने देशमा जाउँनआमा, युद्धको सुरसार हुँदा मात्रै त त्यहाँ दिनै छ-सातसय मान्छे मारिँदै छन अरे झन् युद्धको शुरुवातै भइसके पछि त खानेकुराको छेलोखेलो नै होला जस्तो छ ।’-छाउराले कल्पनामै भए पनि मुख मिठ्याउँदै भन्यो ।
‘छिः छिः छिः छिः अधर्मी ! खान पाइएन भन्दैमा मुसलमानको मासु पनि खान हुन्छ कतै हिन्दु भएर ? अलिकति जात धर्मको पनि ख्याल राख्नु पर्दैन ?’-आमा स्यालले छोराको टाउकामा देब्रे हातले घुर्चदै हकारी ।
‘भोकले नै ज्यान जान आँटेपछी केको धर्म ? केको देश ?’-छाउरो च्याँठियो ।
छाउरो बाउँठिन थालेको देखेर आमा स्याल चिन्तित भै र फेरि छाउराको कपाल मुसार्दै छाउरालाई सम्झाइ-‘ठिकै छ बाबु, ज्यान बचाउँने नाउँमा देशसम्म त मायाँ मार्नु मुनासिवै होला तर धर्मै परित्याग गर्नेसम्मको दुष्कर्म चाहिँ गर्नु त परै जाओ सोच्नुसम्म पनि हुँदैन बाबु ।’
‘त्यसो भए बाँच्ने चाहिँ कसरी नि ? धर्म खाएर ?’-छाउरो यथावत रह्यो आफ्नो सोचाइमा ।
‘अलिकदिन धैर्य गर न बाबु जसरी एउटा छुद्र तथा मूर्ख प्रधानमन्त्रीले तमिलनाडुका तमिलहरूलाई श्रीलङ्काली बनाइ मारिन उक्साएर हाम्रो भोजनको व्यवस्था गरेको थियो त्यसै गरेर अर्काले विहारीलाई नेपाली बनाइ मारिन उक्साउँदै छ रे क्या, हो रहेछ भनेँ बरु नेपाल चाहिँ जाउँला, नेपाल जान पाए त धर्म पनि बँच्थ्यो अनि हाम्रो देशमा जतिकै खान पनि पाइन्थ्यो’- आमा स्यालले छोरालाइ आश्वस्त बनाउँन खोजी ।
०००
गौरादह-७, झापा ।