साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जाफ्नाको स्याल

अलिकदिन धैर्य गर न बाबु जसरी एउटा छुद्र तथा मूर्ख प्रधानमन्त्रीले तमिलनाडुका तमिलहरूलाई श्रीलङ्काली बनाइ मारिन उक्साएर हाम्रो भोजनको व्यवस्था गरेको थियो त्यसै गरेर अर्काले विहारीलाई नेपाली बनाइ मारिन उक्साउँदै छ रे क्या...

Nepal Telecom ad

जीवन दाहाल :

‘आमा अब पनि यो देशमा बसिरहने हो भने त हाड र छालामात्र बाँकी रहेको हाम्रो ज्यान पनि न बच्ने भो त्यसैले यो देश छोडेर अन्तै जाउँ न’-श्रीलङ्काको जाफनामा बसोबास गर्दै आइ रहेका स्यालको छाउराले भन्यो आमालाई ।

‘खै कहाँ जाने होला र बाबु आजसम्म यहि जाफ्ना छोडेर त कतै गइएको हैन झन देशै छोडेर बिरानो मुलुकमा कसरी ज्यान बचाउँन सकिएला र ? खानै नपाएर देश परित्याग गरेको खिसिटिउरिका बिचमा’-आमाले द्विविधामा पर्दै भनी ।
‘सिरिया भन्ने देशमा जाउँनआमा, युद्धको सुरसार हुँदा मात्रै त त्यहाँ दिनै छ-सातसय मान्छे मारिँदै छन अरे झन् युद्धको शुरुवातै भइसके पछि त खानेकुराको छेलोखेलो नै होला जस्तो छ ।’-छाउराले कल्पनामै भए पनि मुख मिठ्याउँदै भन्यो ।

‘छिः छिः छिः छिः अधर्मी ! खान पाइएन भन्दैमा मुसलमानको मासु पनि खान हुन्छ कतै हिन्दु भएर ? अलिकति जात धर्मको पनि ख्याल राख्नु पर्दैन ?’-आमा स्यालले छोराको टाउकामा देब्रे हातले घुर्चदै हकारी ।
‘भोकले नै ज्यान जान आँटेपछी केको धर्म ? केको देश ?’-छाउरो च्याँठियो ।
छाउरो बाउँठिन थालेको देखेर आमा स्याल चिन्तित भै र फेरि छाउराको कपाल मुसार्दै छाउरालाई सम्झाइ-‘ठिकै छ बाबु, ज्यान बचाउँने नाउँमा देशसम्म त मायाँ मार्नु मुनासिवै होला तर धर्मै परित्याग गर्नेसम्मको दुष्कर्म चाहिँ गर्नु त परै जाओ सोच्नुसम्म पनि हुँदैन बाबु ।’

‘त्यसो भए बाँच्ने चाहिँ कसरी नि ? धर्म खाएर ?’-छाउरो यथावत रह्यो आफ्नो सोचाइमा ।
‘अलिकदिन धैर्य गर न बाबु जसरी एउटा छुद्र तथा मूर्ख प्रधानमन्त्रीले तमिलनाडुका तमिलहरूलाई श्रीलङ्काली बनाइ मारिन उक्साएर हाम्रो भोजनको व्यवस्था गरेको थियो त्यसै गरेर अर्काले विहारीलाई नेपाली बनाइ मारिन उक्साउँदै छ रे क्या, हो रहेछ भनेँ बरु नेपाल चाहिँ जाउँला, नेपाल जान पाए त धर्म पनि बँच्थ्यो अनि हाम्रो देशमा जतिकै खान पनि पाइन्थ्यो’- आमा स्यालले छोरालाइ आश्वस्त बनाउँन खोजी ।

०००
गौरादह-७, झापा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x