साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिङ्गापुर चाहिँदैन

यत्रो प्रगति गर्ने नेताको देश चाहिँ गरिब हुन्छ ? यति धनी नेताको देशलाई कसले गरिब भन्छ ? तर ख्याल गर, नेपाललाई सिङ्गापुर बनाउँन पाइँदैन हामीलाई हाम्रै देश प्यारो छ, सिङ्गापुर चाहिँदैन ।

Nepal Telecom ad

भानुभक्त कुभिण्डेली :

तिमी त साह्रै विद्वान् रहेछौ
एक्लै भिडेर प्रथम भएछौ
मलाई गोरु ब्याउँछ भन्यौ, पत्याएँ
तिम्रो विश्वास गरी अरूलाई लत्याएँ
आज बल्ल थाहा भो गोरु थारो रहेछ
गाईका अगाडि गोरु ब्याउन गाह्रो रहेछ ।

यो देशलाई सिङ्गापुर बनाउँछु भन्दा डर लागेको थियो
सिङ्गापुरे पो होइन्छ कि भनी डरले भोक भागेको थियो
धन्न नेपाललाई सिङ्गापुर नबनाई नेपाल नै बनायौ
नेपालीलाई संसारमा पठाएर विश्वमा चिनायौ ।

कोही भन्छन् नेपाल गरिब छ, र नेपाली गरिब छन्
अन्य देशभन्दा अविकसित र पछौटे छ झन् झन्
नेपालमा खै कहाँ गरिबी छ ? कहाँ पछौटे छ ?
अविकसित भन्नेहरूको आँखा साँच्चै धमिलो छ ।

हिजो फाटेको चप्पल लाएर दैनिक पैदल हिँड्नेहरू
वा सास अल्झाउन दस रुपियाँको पाउरोटी किन्नेहरू
आज मूल्यवान पजेरामा सवार गर्छन् ।
मार्सी चामलका स्वादिष्ट व्यञ्जनमा भर पर्छन्
विलासिताको र आनन्दको जिन्दगी बिताएका छन्
आफ्ना नाता कुटुम्बको भलो चिताएका छन्
के यो प्रगति होइन ? यो विकास होइन ?
अनि फेरि तिमी भन्छौ विकास भएन भनेर ?

जुन देशका नेताको बैङ्क खातामा खरबौँ पैसा छ
अनि, अनगिन्ती सुन र चाँदीको कारोबार छ
बस्न आलिशान भवन र हिँड्न करौडौँका पजेरा छन्
नेपालमा राख्ने ठाउँ नभएर पैसा विदेशमा राख्या छन्
यत्रो प्रगति गर्ने नेताको देश चाहिँ गरिब हुन्छ ?
यति धनी नेताको देशलाई कसले गरिब भन्छ ?
तर ख्याल गर, नेपाललाई सिङ्गापुर बनाउँन पाइँदैन
हामीलाई हाम्रै देश प्यारो छ, सिङ्गापुर चाहिँदैन ।

०००
भद्रपुर– १०, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गणतन्त्र आयो भन्छन्

गणतन्त्र आयो भन्छन्

भानुभक्त कुभिण्डेली
कसले के बिराए ?

कसले के बिराए ?

भानुभक्त कुभिण्डेली
मनको प्यास

मनको प्यास

भानुभक्त कुभिण्डेली
डस्नेहरू छन् यहाँ

डस्नेहरू छन् यहाँ

भानुभक्त कुभिण्डेली
भोकै बस तिमी बरु

भोकै बस तिमी बरु

भानुभक्त कुभिण्डेली
भाने ! तँ लेख्दै नलेख्

भाने ! तँ लेख्दै...

भानुभक्त कुभिण्डेली
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
नयाँ वर्ष र पुराना सपनाहरू

नयाँ वर्ष र पुराना...

प्रमोद स्नेही
0
Would love your thoughts, please comment.x
()
x