सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

इमानदारदेखि सावधान !

"अनि हामि इमानदारदेखि सावधान हुनैपर्ने भयो त ?"- दिनेशले आफ्नो मुन्टो बटार्दै भन्यो।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“भैगो उसका कुरै नगरौँ । जहाँ जान्छ उतै बिरोध गर्छ; मिलेर कतै बस्न नसक्ने व्यक्ति हो ऊ “- अमिलाल आफ्नो मत राख्यो।

“मानिसको अभाव भएको वेला नहुँनु भन्दा भएकै राम्रो ।”- घनश्याम बोल्यो।

” उसको अहिले राजनीति आन्दोलनमा आवस्यकता छैन भने पनि फरक नपर्ला। मेरो बिचारमा ।”-घनश्यामको कुरा बिचमै काटेर अमिलालले आफ्नै अडान राख्यो।

“मैले नचिनेको व्यक्ति होइन त्यो । म हिंजो त्यही पार्टीमा बसेको एउटै कमिटीमा थियौँ।त्यसैले त्यो हाम्रो कुनै कामको छैन् भन्ने मलाई लाग्छ । अहिले त्यहाँ पनि ऊ न्यूटलमै बसेको छ।”- अमिलालले थप्यो।

“आखिर किन यतिबिधी घृणा गर्छन् ? प्रकाशलाई मैले बुझ्न नसकेको कुरा।”- दिनेशले बुझ्न खोज्यो।

“उसलाई हरिश चन्दको औलाद हो भनिन्छ।आजको जमानामा पनि इमानदार भएर काम चल्छ त ? हाम्रो पार्टी भित्र त्यो पस्यो भने दिनदिनैको कलेस हुनेछ। न आफूले खान्छ न अरूलाई खान दिन्छ। अब आफै सोचौँ यस्ता वैगुणी नेतालाई आफ्नो पार्टी भित्र कसले ठाउँ दिन्छ। त्यो जुन पार्टीमा जान्छ नि त्यो पार्टीलाई केही वर्षमै चक्रक्कै सुकाइदिन्छ।”- अमिलालले जोड दिएर भन्यो।

“अनि हामि इमानदारदेखि सावधान हुनैपर्ने भयो त ?”- दिनेशले आफ्नो मुन्टो बटार्दै भन्यो।

०००
दाङ, घोराही – १८
०५-०१-२०८१

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मूर्खको मेला !

मूर्खको मेला !

सुरेशकुमार पाण्डे
अप्रिलफुल !

अप्रिलफुल !

सुरेशकुमार पाण्डे
समय-स्वार्थ !

समय-स्वार्थ !

सुरेशकुमार पाण्डे
शहरमा विकास भएकै छ !

शहरमा विकास भएकै छ...

सुरेशकुमार पाण्डे
हाकिमले खाने मिठाई !

हाकिमले खाने मिठाई !

सुरेशकुमार पाण्डे
के पायो ?

के पायो ?

सुरेशकुमार पाण्डे