साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इमानदारदेखि सावधान !

"अनि हामि इमानदारदेखि सावधान हुनैपर्ने भयो त ?"- दिनेशले आफ्नो मुन्टो बटार्दै भन्यो।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“भैगो उसका कुरै नगरौँ । जहाँ जान्छ उतै बिरोध गर्छ; मिलेर कतै बस्न नसक्ने व्यक्ति हो ऊ “- अमिलाल आफ्नो मत राख्यो।

“मानिसको अभाव भएको वेला नहुँनु भन्दा भएकै राम्रो ।”- घनश्याम बोल्यो।

” उसको अहिले राजनीति आन्दोलनमा आवस्यकता छैन भने पनि फरक नपर्ला। मेरो बिचारमा ।”-घनश्यामको कुरा बिचमै काटेर अमिलालले आफ्नै अडान राख्यो।

“मैले नचिनेको व्यक्ति होइन त्यो । म हिंजो त्यही पार्टीमा बसेको एउटै कमिटीमा थियौँ।त्यसैले त्यो हाम्रो कुनै कामको छैन् भन्ने मलाई लाग्छ । अहिले त्यहाँ पनि ऊ न्यूटलमै बसेको छ।”- अमिलालले थप्यो।

“आखिर किन यतिबिधी घृणा गर्छन् ? प्रकाशलाई मैले बुझ्न नसकेको कुरा।”- दिनेशले बुझ्न खोज्यो।

“उसलाई हरिश चन्दको औलाद हो भनिन्छ।आजको जमानामा पनि इमानदार भएर काम चल्छ त ? हाम्रो पार्टी भित्र त्यो पस्यो भने दिनदिनैको कलेस हुनेछ। न आफूले खान्छ न अरूलाई खान दिन्छ। अब आफै सोचौँ यस्ता वैगुणी नेतालाई आफ्नो पार्टी भित्र कसले ठाउँ दिन्छ। त्यो जुन पार्टीमा जान्छ नि त्यो पार्टीलाई केही वर्षमै चक्रक्कै सुकाइदिन्छ।”- अमिलालले जोड दिएर भन्यो।

“अनि हामि इमानदारदेखि सावधान हुनैपर्ने भयो त ?”- दिनेशले आफ्नो मुन्टो बटार्दै भन्यो।

०००
दाङ, घोराही – १८
०५-०१-२०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
विवाह

विवाह

सुरेशकुमार पाण्डे
चट्टान्

चट्टान्

सुरेशकुमार पाण्डे
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x