साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अफाप

एकसाँझ यही भजन घन्किरहेको उसका घरबाट उसलाई सतर्कता विभागका पुलिसले भ्रष्टाचारको मुद्दामा पक्रेर लगे । मलाई लाग्यो, यो भगवानको भक्ति पनि सबैलाई फाप्तैन रहेछ ।

Nepal Telecom ad

डिल्लीप्रसाद अधिकारी :

उसको सामाजिक महानता नापिनसक्नु थियो । तर एकपल्ट उ श्रीमद्भागवत महापुराण सुन्न पुगेछ । त्यसपछि ऊ कृष्णको भक्ति पनि जीवनको एउटा गर्नैपर्ने कार्यमा लाग्ने भएको सनसनी फैलियो ।
“कृष्ण एकमात्र भगवान रहेछन्” -उसले भन्यो र अझै थप्यो- “भगवान भनेका निडर र निर्भीक हुन्छन्, भगवानलाई शस्त्रको जरुरी हुँदैन । कृष्णले शस्त्र लिएका छैनन् । बाँसुरी बोकेका छन्। त्यसैले कृष्ण भगवान हुन् ।”

उसको कुरा ठिकै थियो । तर उसको पाखण्डीपना र नास्तिकता कसरी अचानक कृष्ण भक्तिमा परिणत भयो यो भने आश्चर्यचकित हुने कुरा थियो । जे होस् यो सार्वजनिक महापुराणको आयोजनाले उसको जीवनशैली बद्लियो ।
“हैन, तपाईं त भगवानको अस्तित्व छैन भन्नुहुन्थ्यो त ?”- सोधेँ ।
“मलाई थाहा थिएन कि यो प्रकृतिको सञ्चालनमा पनि कसैको हात छ । तर अब बुझेँ संसार त कृष्णमय रहेछ ।” एल.बी. सरका नाममा चिनिने, उसले भन्यो ।
“सर, राम्रो भयो । तपाईंले उमेरको अर्धशताब्दी नाघेर भएपनि कृष्णलाई चिन्नुभयो ।”- भनिराखेर म छुट्टिएँ ।

एल. बी. सरको जीवनशैलीमा यो व्यापक परिवर्तन समाजका निम्ति पनि सञ्चको कुरा थियो । उसले रक्सी छोड्यो । मासु अभक्ष भन्न थाल्यो । कति राम्रो ।
“भनेपछि सर तपाईं साँझ बिहान पूजा पनि गर्नुहुन्छ होला नि अचेल त ?” – अर्कोपल्ट भेट्दा सोधेँ ।
“भक्तिका लागि पूजा आवश्यक छ र ?” -उसले उल्टै मलाई सोध्यो ।

“आवश्यक नहोला र पनि पूजापाठ पनि भक्तको एउटा चिनारी होइन र ?” -मैले पनि प्रश्न नै गरेँ ।
“अज्ञानीका लागि मात्र । ज्ञानीजनले त भगवानलाई सम्झेर आफ्नो कर्म गरिरहन्छ । कर्म गर फलको आशा नगर भनेर गीतामा भनेको छ ।” -एल.बीले भन्यो ।
“सर, कर्ममा तिम्रो अधिकार छ । फलमा छैन- पो भनिएको छ नि गीतामा ।” – यतिमात्र भनेर उसँग छुट्टिएँ।

अचेल एल. बी. सरको घरमा झगडा छैन । गाउँमा यही हल्ला छ । उनको आर्थिक सम्पन्नता पनि बढ्दै गएकामा उसका छिमेकीले भने कि कृष्णको भक्तिले उ दिनदिनै समृद्धशाली भइरहेछ ।

देशमा सरकार फेरियो । नयाँ सरकारले भ्रष्टाचारको छानबिन थालेपछि एल.बीको कृष्ण भक्ति झन् चुलियो । “श्रीकृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेव”- भजन उसका घरमा साँझ बिहान बज्न थाल्यो ।
एकसाँझ यही भजन घन्किरहेको उसका घरबाट उसलाई सतर्कता विभागका पुलिसले भ्रष्टाचारको मुद्दामा पक्रेर लगे ।
मलाई लाग्यो, यो भगवानको भक्ति पनि सबैलाई फाप्तैन रहेछ ।

०००
सिलगुडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
विभाजन

विभाजन

डिल्लीप्रसाद अधिकारी
जीवन थिङलाई भनेर

जीवन थिङलाई भनेर

डिल्लीप्रसाद अधिकारी
भावना

भावना

डिल्लीप्रसाद अधिकारी
अफाप

अफाप

डिल्लीप्रसाद अधिकारी
सूचना

सूचना

डिल्लीप्रसाद अधिकारी
चरित्र

चरित्र

डिल्लीप्रसाद अधिकारी
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x