साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिन्दगी : अनेक अनुभूति

तै पनि मलाई आँसु बेचेर हाँसो किन्ने एउटा बजार चाहिएको छ लाजै मात्र छोप्ने टालो किन्न एउटा हजार चाहिएको छ बिचरा भनेर गोहीका आँसु नझार सरकार सक्छस् भने दे न त मलाई मेरै माटोमा बाँच्न तेरो नजर चाहिएको छ ।

Nepal Telecom ad

गोपेन्द्रप्रसाद रिजाल :

मलाई आँसु बेच्ने एउटा
बजार चाहिएको छ ।
नुन चामल किन्न एउटा
हजार चाहिएको छ
बुझ्नु है !
कहिले नायकको
कहिले खलनायकको
अभिनय मात्र गर्छ जिन्दगीले
यसो हेर्दा
घाँटी खुइलिएको भाले जस्तो
बच्चाको घाँटीमा झुन्डिएको राले जस्तो
सेक्युरिटीमा खटिएको पाले जस्तो ।
गोलियामा टाँचा हान्ने वनपाले जस्तो
या
जुवामा हारेर डबका निथार्ने खाले जस्तो
जेमा पनि जतापनी मिल्ने
आलु, गुन्द्रुक, टमाटर जस्तो
अनि त यो जिन्दगी
कहिले साहुको भोजमा पुग्छ
कहिले झुप्राको भतेरमा पुग्छ
पाहुना लाग्न जान्दैन यो जिन्दगी
साहुको कुम्लो झोला बोक्दा कुम्ले बन्छ
गधाले भारी नतान्दा सिर्कनु खाएर
सुम्ले बन्छ
कहाँ पाउँछ र तातो न्यानु ताप्न
सधैँ सधैँ तुसारो झर्ने लुम्ले बन्छ
खै के भन्नू र ए जिन्दगी !!
तँ त उखुको खोइला होस्
नेवारी खाजा घरको छोइला होस्
बासी भातको चोइला होस्

तै पनि मलाई
आँसु बेचेर हाँसो किन्ने
एउटा बजार चाहिएको छ
लाजै मात्र छोप्ने टालो किन्न
एउटा हजार चाहिएको छ
बिचरा भनेर गोहीका आँसु नझार सरकार
सक्छस् भने दे न त
मलाइ मेरै माटोमा बाँच्न
तेरो नजर चाहिएको छ ।

०००
मैतीदेवी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x