साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ब्याक पेन

बाउको कुरा सुनेर छोरालाई थोरै खल्लो लाग्यो तर कहाँको देशप्रेम, कहाँको ब्याक पेन । थोरै हाँसो पनि लाग्यो । सोच्यो- ‘सत्य सधैँ तीतो मात्र हैन, फन्नी पनि हुँदो रैछ ।’

Nepal Telecom ad

सुरेश राई :

बाउछोरा सोफामा बसेर सँगै टेलिभिजन हरिरहेका थिए । टेलिभिजनमा बाउकै अन्तर्वार्ता चलिरहेको थियो । बाउ जल्दाबल्दा सामाजिक अभियन्ता हुन् । के युट्युब, के टेलिभिजन, के पत्रपत्रिका जताततै उनकै चर्चा छ आजभोलि । प्रश्नकर्ताले सोधे-
‘हजुर त देशको मायाले गर्दा अमेरिका जस्तो सुख सम्पन्न देश छाडेर आउनु भो हगि ? त्यति बिधि माया लाग्छ यो देशको ?’

उनले गम्भीर मुद्रामा जवाफ दिए ‘हेर्नुस् न, अमेरिकामा मेरा लागि थुप्रै अवसरहरू थिए । तर देशले मलाई बोलाइरहे झैँ लाग्यो भन्छ नि जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी !’

छोरालाई आफ्नो बाउ देखेर गर्व लाग्यो । टिभीबाट नजर हटाएर एकपटक पुलुक्क बाउलाई हेर्‍यो र सोध्यो ‘ड्याड, डिड यु रियल्ली केम ब्याक जस्ट बिकज अफ लव फर दिस कन्ट्री ?’ बाउ बेस्सरी हाँस्यो र भन्यो- ‘नो सन, इट्स माइ ब्याक पेन । अमेरिकामा मेरो एक स्टोरमा बसेर गर्नु पर्ने काम थियो । बसेर लगातार छ वर्ष एउटै शैलीको काम गरेपछि मेरो ढाड खुस्कियो । डाक्टरले शारीरिक काम नगर्नू भनेको छ त्यसपछि मैले अमेरिका छाडेको हुँ ।’

बाउको कुरा सुनेर छोरालाई थोरै खल्लो लाग्यो तर कहाँको देशप्रेम, कहाँको ब्याक पेन । थोरै हाँसो पनि लाग्यो । सोच्यो- ‘सत्य सधैँ तीतो मात्र हैन, फन्नी पनि हुँदो रैछ ।’

०००
बाम्राङ, खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x