साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महापुराण

अब मैले यो कथा लेखिसकेपछि एल. बी. सरका घरमा आयोजना गरिएको महापुराणमा सक्रियता देखाउनु छ । दुनियाँ अहिले देखावटी त गर्दछ ।

Nepal Telecom ad

डिल्लीप्रसाद अधिकारी :

भक्ति अफाप भएको एल. बी. सर जेलमा ६ महिना पनि बसेन । मुक्त भइहालेछ । खबर सुनियो । मलाई उसले केही दिनपछि फोन गर्‍यो-
“भरे साँझमा फूर्सद निकालेर आउनुस् न बातचित गरौँ ।”
“मलाई त फूर्सदै छ । तर विशेष कारण के होला यो निम्तोको ? – सोधेँ ।
“हैन, त्यस्तो विशेष त क्यै छैन । पोहोर सार्वजनिक श्रीमद्भागवत महापुराणका पण्डितलाई पनि बोलाएको छु । सरसल्लाह छ । खाना पनि यतै खाउँ र सरसल्लाह गरौँ भनेर नि !”- फोनमा उसले भन्यो। अब पक्कै एल. बी. सरले घरमा पुराण लगाउने विचार गरेछ भन्ने मैले बुझेँ ।

साँझमा म उसकामा पुगेपछि मेरो बुझाइ सही रहेछ भन्ने चाल पाएँ । सरकारी काम पनि गर्ने समय समयमा पुराणको आयोजना पनि गर्ने पण्डित उसका घरमा विराजमान थिए । प्रणाम गरेँ । उनले बस्ने सङ्केत गरे । एल. बी. सरले चिया मगाएपछि बातचित शुरू भयो ।

“तपाईंको निणर्य सही नै लाग्यो मलाई त । अहिले तपाईंजस्ता विद्वान मानिसको सत्तारूढ दललाई खाँचो पनि छ । त्यसैले नोकरीबाट ऐच्छिक अवकाश लिएर तपाईं सक्रिय राजनीतिमा आउनुस् । देशका लागि काम गर्नु त नागरिकको सौभाग्य हो ।”- चिया पिउँदै पण्डितले भनेपछि मैले थाहा पाएँ कि एल. बी. सरले अब सरकारी नोकरी छोडेर राजनीतिमा प्रवेश लिने भएछ ।

उसले भन्यो- “मैले मेरो जेल बसाइमा भगवद्गीताको अध्ययन गरेँ । र थाहा पाएँ कि हामीले कर्म गर्नुपर्छ । समाजका लगि र देशका लागि पनि । कर्म गर फलको आशा नराख भनेर भनिएको रहेछ गीतामा । मैले सरकारी नोकरी पनि राम्रोसँग गरेँ तर यसमा मलाई षड्यन्त्र गरेर जेलमा हाल्यो पहिलाको सरकारले ।”

अनि मतिर फर्केर एल.बी. मुखातिब भयो- “कसो भन्नुहुन्छ तपाईं ?”
“ठिकै हो । जसरी पनि देशको सेवा गर्नु हो । तर एउटा कुरा चैँ मलाई के लाग्यो भने गीतामा भगवान कृष्णले कर्ममा तिम्रो हक छ फलमा छैन- भनेका होइनन् र ?” – मैले भनेँ ।
पण्डितले “कुरा एउटै त हो”- भने ।

हो रहेछ । एल. बी.ले राजनीतिमा पस्ने निधो गरेछ । पस्नअघि उसले घरमै श्रीमद्भागवत महापुराण लाउने सर-सल्लाह गर्न बोलाएको रहेछ । मैले अनुमोदन गरेँ, चाहिएको त थिएन होला तैपनि । म एल.बी.कै घरमा रातिको खाना निलेर घर फर्केँ ।

महापुराणको निमन्त्रणा कार्ड छापिएको र उक्त अवसरमा देशका एक माननीय मन्त्रीले प्रमुख अतिथिको अभिभारा बहन गरेको कार्डमा उल्लेख रहेछ ।
अब मैले यो कथा लेखिसकेपछि एल. बी. सरका घरमा आयोजना गरिएको महापुराणमा सक्रियता देखाउनु छ । दुनियाँ अहिले देखावटी त गर्दछ ।

०००
रिनाक, सिक्किम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विभाजन

विभाजन

डिल्लीप्रसाद अधिकारी
जीवन थिङलाई भनेर

जीवन थिङलाई भनेर

डिल्लीप्रसाद अधिकारी
भावना

भावना

डिल्लीप्रसाद अधिकारी
अफाप

अफाप

डिल्लीप्रसाद अधिकारी
सूचना

सूचना

डिल्लीप्रसाद अधिकारी
चरित्र

चरित्र

डिल्लीप्रसाद अधिकारी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x