रामशरण न्याैपानेनरोऊ न आमा खसालेर आँसु
म चाहन्छु सँगै जिऊँ रोज हाँसू नरोऊ न आमा खसालेर आँसु ॥ पुजारी म बन्नेछु मेरी मुमाको गरी रोज आराधना झैँ उमाको म होमिन्छु कर्तव्यमा छैन चाँचुँ नरोऊ न आमा खसालेर आँसु ॥
रामशरण न्यौपाने :
लगी व्यर्थ वृद्धाश्रमैतर्फ फालेँ
विदेशी धरामा पसी देह गालेँ
म कर्तव्य मेरो चुलीमै उकासूँ
नरोऊ न आमा खसालेर आँसु ॥१
विदेशी धराको गयो मोह मेरो
म फर्केर आएँ लगाएर फेरो
म पुज्दै मुमा देश हाँसेर बाँचू
नरोऊ न आमा खसालेर आँसु ॥२
गृहस्थी चलाएर राख्नेछु राम्रो
बनाएर नै स्वर्ग झैँ गेह हाम्रो
मुमाको दया प्रेम बेजोड साँचू
नरोऊ न आमा खसालेर आँसु ॥३
किशोरी यतै गाउँकी एक ल्याई
बसूँला मुमाकी बुहारी बनाई
म माया सधैँ नै तिनैसङ्ग गाँसू
नरोऊ न आमा खसालेर आँसु ॥४
सजाएर त्यो गाउँको गेह हाम्रो
फिँजाएर अत्यन्त सौन्दर्य राम्रो
म चाहन्छु सँगै जिऊँ रोज हाँसू
नरोऊ न आमा खसालेर आँसु ॥५
पुजारी म बन्नेछु मेरी मुमाको
गरी रोज आराधना झैँ उमाको
म होमिन्छु कर्तव्यमा छैन चाँचुँ
नरोऊ न आमा खसालेर आँसु ॥६
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest





































