साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गफहीन भव्य गफ !

मान भव्य ! पद भव्य । सिरक भव्य । पाखी भव्य । जाडो भव्य ! न्यानो भव्य ! मुख भव्य ! उन्नति भव्य ! अवनति भव्य ! फाप भव्य ! अफाप भव्य ! गफविहीन गफ भव्य ! काम भव्य ! कुरा भव्य ! यो भव्य ! ऊ भव्य ! क्रियाविहीन, गफविहीन गफ भव्य !

Nepal Telecom ad

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

सिरकभित्र

जाडो । सिरक । न्यानो । ए चिसो पनि । अभाव, असन्तुष्टि । यो आकाशवाणी हो । लोकसभा चुनाउमा यति हजार उम्मेदवार । नाम फिर्ता । हल्ला । प्रहरी डपडप ढपढप ढपढप । बिहान । घामको मिही प्रकाश । हिमालका दृश्य । भव्य कार्यकर्ता हुने । एक ठाउँको वसाइ-बोर । जिन्दगी सिरकमा बसेपछि खतम । कति जाडामा डुगडुग । घरैघर । घरविहीन कति । मेरो पनि घर घरविहीन घर । गफडी-लेखक-विनासित्तीको । जीवन क्षणिक । मृत्यु अवश्यम्भावी । जिद्धी विचित्र । भव्य विविध । विचित्रता ।

काममा

गरे पनि काम नगरे पनि काम । स्वर सुकाइ कराएर । व्यस्त कामले । टाउको दुखाइ खुप । नगर्नेको पदोन्नति । गर्ने यथावत् । मूल्याङ्कन-उपहासको विषय- शोषण गर्न सक्नेले नसक्नेउपर । किसान चुप । मजदुरलाई बोराको थिचाइ । गर्ने गरिरहने । नगर्ने चैन गर्ने । रेडियोको बज्ने काम । शिक्षा यौटा विडम्वना । जिउन सिक्नै पर्ने । हाहा हाहा । भान्सामा श्रीमतीले पकाउनै पर्ने । जे भए पनि पर्ने । कार्यालय । भिड । कर्मचारीले जोतिनु पर्ने । जोतिनैपर्ने । जोताइ । चैन । चिप्ले कार । हजुर । पैसाको अभाव । पियुनले पेस्की अग्रिम । भोलि के नि ? शून्य शून्य । शून्य । बाध्यता जिउनुपर्ने ।

भेला ! गोष्ठी ! सेमिनार !

भव्य । जमघट । एकता। फाटो । सङ्घर्ष । उदार । प्रजातन्त्र । गोष्ठी । कागत । प्रवचन । सिद्धान्त । विश्वास । आशा। आश्वासन । दक्षिणपूर्व एसिया । फाप । अफाप । इरान । भारतको अस्त-व्यस्तता । राजनीति । बोली । भाषण । भेला । गोष्ठी । एकता-अनेकता । अगाडि कामधन्दा गोष्ठी भेला । खेत उजाड । वारी हाहा । खेती किसानी भेला, मेला । पैसा सिँचाइ, खाली उद्योग । माड छैन-मुखमा । मुखको सिप । कुराका खेती । टी.ए.डी.ए । पुच्छर भएर पनि मोटर गुडाइ । सक्रिय कार्यकर्ता । कर्मठ । जागरुक भोज । भ्रमण । व्यस्तता ।

पातमा पात ! बातमा बात ।

गफडी-गँजडी-मस्त-रमिते तिन-न-तेरको मान्छे । पातमा पात बातमा बात । एकदम पछौटे । नागो । आसे पुच्छर । विकामे । सबैसँग ठिक । सबै बेठिक । जल्दा- बल्दा समस्यावाट पर रहेको महान् देशभक्त । कर्मठ । भव्य गतिविधि ! हिमाल भव्य । झोडा भव्य ! सहायता भव्य ! वचत भव्य ! ठेक्का भव्य ! जागिर भव्य ! मान भव्य ! पद भव्य । सिरक भव्य । पाखी भव्य । जाडो भव्य ! न्यानो भव्य ! मुख भव्य ! उन्नति भव्य ! अवनति भव्य ! फाप भव्य ! अफाप भव्य ! गफविहीन गफ भव्य ! काम भव्य ! कुरा भव्य ! यो भव्य ! ऊ भव्य ! क्रियाविहीन, गफविहीन गफ भव्य ! विहीनता- भित्र भव्यता, आजको गफ यस्तै ! आगे फेरि ।

०००
‘गफडीका गफ’ (२०६३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x