
हेल्लो भोलेनाथ
हे भोलेनाथ स्वर्गतिर पनि अझै त्यही पुष्प विमान मात्र हो कि बुलेट ट्रेन पनि चल्याछन् यहाँ निजी जेट चढेकाहरू त्यहाँ गएर खै केमा चढ्याछन् ?

प्रेम ओली ढकलपुरे :
हेल्लो भोलेनाथ
हजुरसङ्ग गर्न मन छ दुइचार बात
हजुरलाई खोज्दै
कहिले पशुपति गए, कहिले डोलेश्वर गए
कहिले काशी गए त, कहिले बाराणासी गए
तर कतै हजुरको दर्शन पाइन
कैलाशतिर होइसिन्छ कि हजुर अचेल
तर त्यतातिर म आइनँ ।
हजुरले पनि रकेट बनाइस्यो होला
पजेरो ल्यन्डक्रुजर बनाइस्यो होला
कि अझै त्यही नन्दी नै चडिसिन्छ ?
अब त नन्दी पनि बूढो भयो होला
बुढो नन्दीमा कसरी सवारी गरिसिन्छ ?
कि व्पापारीलाइ भनेर एउटा पजेरो पठाइ देऊ
ट्राइल न दिए पनि साथमा लाइसेन्स पठाइ देऊ
फेरि पशुपतितिर घुम्न आउँदा
ट्राफिकले भेट्यो भने रसिद कटाउला
हजुरलाइ पनि भोलेन्टेरी गर्न सडकसम्म खटाउला ।
हुन त हजुर र यमराजलाई
न लाइसेन्स चाहिने, न पेट्रोल चाहिने
घासपात त खोज्यो भने जहाँ पनि पाइने
हाम्रोतिर त झन खेतबारी बाँझो रहेर
घाँसपात जति पनि पाइन्छ
चाहिन्छ भने घरै पठाइे दिउँला
बरु भनिस्यो कति चाहिन्छ ?
पठाउन पनि अली समस्यै छ
डेलीभरी गर्ने सबै बाजेहरू मात्र छन्र
थाह छैन उता पठाउछन्र कि आँफै चट्काउछन्
हरेक वर्ष श्राद्धमा गौदान गराउछन्र नदी तर्न भनी
तर त्यही नदीमा लगेर सधैं लट्काउछन्
न बाले पाएर भनेर ट्रङ्कल गर्छन् न चिट्ठी पठाउछन्
श्राद्धमा यति चहियो उति चाहियो भनेर
त्यही बाजेसँग खबर पठाउँछन् ।
ह्जुरलाई खै के लाग्छ
मलाई त यसमा ठुलै घोटाला भाजस्तो लाग्छ
चित्र गुप्तले एक एक पाइ हिसाब मागेर कडा कारबाही गर्नु पर्छ
हजुरलाई सुटुक्क एउटा चुकुली गरेको प्रभु
यहाँका चित्र गुप्तहरू त फटाहसँग मिलेर
सोझा सोझा न्याय नपाई मर्नु पर्छ ।
हे भोलेनाथ
स्वर्गतिर पनि
अझै त्यही पुष्प विमान मात्र हो कि बुलेट ट्रेन पनि चल्याछन्
यहाँ निजी जेट चढेकाहरू त्यहाँ गएर खै केमा चढ्याछन् ?
मलाई त अनौठो लागि छ प्रभु
यो मान्छेले कसरी यस्तो यस्तो चिज बनाउछ होला ?
शङ्का पनि लागिराछ यो मान्छेको
कुन दिन यसले राम, सिता, गणेश, पार्वती पनि बनाउछ होला ।
०००
घट्टेकुलाे, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest