साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेल्लो भोलेनाथ

हे भोलेनाथ स्वर्गतिर पनि अझै त्यही पुष्प विमान मात्र हो कि बुलेट ट्रेन पनि चल्याछन् यहाँ निजी जेट चढेकाहरू त्यहाँ गएर खै केमा चढ्याछन् ?

Nepal Telecom ad

प्रेम ओली ढकलपुरे :

हेल्लो भोलेनाथ
हजुरसङ्ग गर्न मन छ दुइचार बात
हजुरलाई खोज्दै
कहिले पशुपति गए, कहिले डोलेश्वर गए
कहिले काशी गए त, कहिले बाराणासी गए
तर कतै हजुरको दर्शन पाइन
कैलाशतिर होइसिन्छ कि हजुर अचेल
तर त्यतातिर म आइनँ ।

हजुरले पनि रकेट बनाइस्यो होला
पजेरो ल्यन्डक्रुजर बनाइस्यो होला
कि अझै त्यही नन्दी नै चडिसिन्छ ?
अब त नन्दी पनि बूढो भयो होला
बुढो नन्दीमा कसरी सवारी गरिसिन्छ ?
कि व्पापारीलाइ भनेर एउटा पजेरो पठाइ देऊ
ट्राइल न दिए पनि साथमा लाइसेन्स पठाइ देऊ
फेरि पशुपतितिर घुम्न आउँदा
ट्राफिकले भेट्यो भने रसिद कटाउला
हजुरलाइ पनि भोलेन्टेरी गर्न सडकसम्म खटाउला ।

हुन त हजुर र यमराजलाई
न लाइसेन्स चाहिने, न पेट्रोल चाहिने
घासपात त खोज्यो भने जहाँ पनि पाइने
हाम्रोतिर त झन खेतबारी बाँझो रहेर
घाँसपात जति पनि पाइन्छ
चाहिन्छ भने घरै पठाइे दिउँला
बरु भनिस्यो कति चाहिन्छ ?

पठाउन पनि अली समस्यै छ
डेलीभरी गर्ने सबै बाजेहरू मात्र छन्र
थाह छैन उता पठाउछन्र कि आँफै चट्काउछन्
हरेक वर्ष श्राद्धमा गौदान गराउछन्र नदी तर्न भनी
तर त्यही नदीमा लगेर सधैं लट्काउछन्
न बाले पाएर भनेर ट्रङ्कल गर्छन् न चिट्ठी पठाउछन्
श्राद्धमा यति चहियो उति चाहियो भनेर
त्यही बाजेसँग खबर पठाउँछन् ।

ह्जुरलाई खै के लाग्छ
मलाई त यसमा ठुलै घोटाला भाजस्तो लाग्छ
चित्र गुप्तले एक एक पाइ हिसाब मागेर कडा कारबाही गर्नु पर्छ
हजुरलाई सुटुक्क एउटा चुकुली गरेको प्रभु
यहाँका चित्र गुप्तहरू त फटाहसँग मिलेर
सोझा सोझा न्याय नपाई मर्नु पर्छ ।

हे भोलेनाथ
स्वर्गतिर पनि
अझै त्यही पुष्प विमान मात्र हो कि बुलेट ट्रेन पनि चल्याछन्
यहाँ निजी जेट चढेकाहरू त्यहाँ गएर खै केमा चढ्याछन् ?
मलाई त अनौठो लागि छ प्रभु
यो मान्छेले कसरी यस्तो यस्तो चिज बनाउछ होला ?
शङ्का पनि लागिराछ यो मान्छेको
कुन दिन यसले राम, सिता, गणेश, पार्वती पनि बनाउछ होला ।

०००
घट्टेकुलाे, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
एउटा मच्छेर

एउटा मच्छेर

प्रेम ओली ढकलपुरे
भ्यालेन्टाइम्सै मनाइनँ

भ्यालेन्टाइम्सै मनाइनँ

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x